फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव हुँदै
रुपक कालिराज
फाल्गुण ÷ राम नमवीको अवसर पारेर चैत्र ८ गते देखि मकवानपुरको बागमती गाउँपालिका फापरबारीमा “फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव” हुने भएको छ । हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल र बागमती गाउँपालिका परिवारको संयुक्त आयोजनामा मकवानपुर जिल्लाको दोश्रो व्यापारी केन्द्र बागमती गाउँपालिका वडा नं. ६ स्थित फापरवारी बजारमा हुन लागेको आज हेटौडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
चैत्र ९ गते देखि चैत्र १३ गते सम्म संचालन हुने महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक टेक बहादुर डिम्डुङले जानकारी दिनु भयो । महोत्सवमा मुख्य आकर्षणहरुको रुपमा जिल्लाकै पहिलो राष्ट्रिय दोहोरी गित प्रतियोगिता, नृत्य प्रतियोगिता, मयुरनाच, पञ्चेबाजा प्रतियोगिता, ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सँगै विभिन्न त्यहाँ उत्पादित कृषि उत्पादनहरुको प्रत्यक्ष अवलोकन रहेको आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख शंकर कुमार पराजुलीले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा संयोजक टेक बहादुर डिम्डुङले पmापरवारीको कलालाई संरक्षण गर्न, ब्ोतेनीको ताजा कफी तथा त्याहाँ उत्पादित फलफुलहरुलाई प्रचार प्रसार गर्न, त्यहाँ प्रचलित लोक भाकाहरुलाई संरक्षण गर्न,लोक संस्कृतिक झल्किने गरी कला र गलाको चिनारी गर्न, कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहनेछ भन्ने आभाष गराउर्न र स्थानीय उत्पादनलाई प्रचार प्रसार गरि त्यस भेगलाई पर्यटकको केन्द्र विन्दुको रुपमा चिनाउनको लागि यस महोत्सवको आयोजना गर्न लागेको बताए ।
महोत्सवको टिकट शुल्क नभएको बताउदै दैनिक ३० हजार देखि ४० हजार र्दशकले अवलोकन गर्ने अपेक्षा रहेको बताए । महोत्सवमा कूल २० लाख खर्च हुने अनुमान गरिएको छ महोत्सवमा राष्ट्रिय कलाकार सहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने जनाइएको छ । करिव डेड सय स्टल रहने महोत्सव अवधिभर सांगीतिक कार्यक्रम बाहेक विभिन्न खेलकुदहरु समेत रहेको आयोजकले बताएको छ ।
0 comments
Write Down Your Responses