संस्कृतिको संरक्षण एवं सम्वर्धन गर्न थाहामा मेन्दो समिति गठन
थाहानगर ÷ तामाङ जातीको लोप हुन लागेको संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने उद्धेश्यले थाहा ३ मा छार मेन्दो समिति गठन गरिएको छ । थाहा नगरपालिका ३ दम्कीमा तामाङ जातीहरुको भेला वसी पूर्णसिंह पाख्रिनको संयोजकत्वमा ९ सदस्यीय छार मेन्दो समिति गठन गरेको हो ।
सो समतिको सहसंयोजकमा सूर्य भ्लोन चयन भएका छन भने सदस्यहरुमा मनोज तितुङ, भरत लामा, व्रिन्दा योञ्जन, दिपा बल, समिता तामाङ, विष्णु जिम्बा र सर्वण लामा रहेका छन ।
मौलिक संस्कृति संरक्षण गर्नको लागि एउटा स्थायी संस्था समेत बनाउने संयोजक पूर्णसिंह पाख्रिनले बताए । सोहि अवसरमा राजु योञ्जनले तामाङ जातीको विशेष ज्ञान गराउने, तामाङ जातीको विषयमा लेखिएको पुस्तक समितिलाई हस्तान्तरण गरेको छ ।
0 comments
Write Down Your Responses