दोस्रो चरणको निर्वाचन सम्पन्न

आज दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन भएको थियो । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने छन् ।
मतदानबारे थप जानकारी देशभरीबाटै संकलन भैरहेकाले अन्तिम जानकारी बेलुकी मात्रै दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
0 comments
Write Down Your Responses