Powered by Blogger.
युवा पलायनका बहुआयामिक प्रभाव


प्रमेश पोखरेल
नेपालमा युवा जनशक्ति विदेशिने क्रम बढ्दो छ । पछिल्लो वर्ष प्रतिदिन लगभक १५०० को आसपास अथवा वार्षिक सवा पाँच लाख जनशक्ति विदेशिएको तथ्य छ । यतिमात्र होइन विगत एक दशकमा प्रत्येक वर्ष करीव १० प्रतिशतको औशतमा थप शैक्षिक जनशक्ति अध्ययनको शिलशिलामा विदेश जाने गरको छ । तथ्यलाई अझ गहन रुपमा हेर्ने हो भने डरलाग्दो छ । 

वैध र अवैध रुपमा रोजगारीका लागि विदेशिएको संख्या लगभक ३० लाख भएको मानिन्छ । यो संख्या भिसा आवश्यक बाह्य देशमा गएको हो । भारतमा मात्र थप ३० लाख जति श्रमिक रहेका छन् भने मौसमी÷अस्थाई रुपमा भारत जानेको संख्या थप करीव १० लाख रहेको मानिछ । वार्षिक ५०,००० जति विद्यार्थी अध्ययनको शिलसिलामा विदेश गएका छन् भने त्यस मध्ये आधा जति उतै बसोवास गर्ने गरेको पाइन्छ ।

 यसरी देशको जम्मा जनसंख्याको २५.५ जनशक्ति विदेशमा छ । यदि विदेशिएको जनसंख्यालाई सक्रिय जनसंख्या मान्ने हो भने जम्मा काम गर्ने जनसंख्याको एक तिहाई जनसंख्या विदेशमा छ । अझ २० देखि ४० सम्मको जनसंख्यालाई आधार मान्ने हो भने देशको ४०५ अथवा युवा मध्ये जम्मा ६०५ मात्र देशमा रहेका छन् । यसमध्ये विदेशिने पुरुषको संख्या महिलाको भन्दा धेरै छ । 

त्यसैले पनि देशमा थोरै युवकको संख्या रहेको तथ्यले बताउँछ ।  वाकी जति देशमा छन् देशमा भएका युवा पनि वेरोजगार र अर्धवेरोजगार छन् । यसमध्ये लगभक ३० प्रतिशत व्यक्ति मलेशियामा त्यस पछि क्रमश कतार, सउदी अरव र संयुक्त अरव इमिरेट्समा छन् ।  नेपालमा १,२७,००० बढी वालश्रम रहेको छ ।

देखिने एक तर कारण अनेक

नेपालमा प्रत्येक वर्ष ६ लाख बढी युवा जनशक्ति श्रम बजारमा प्रवेश गर्दछन् र तिनका लागि रोजगारको अवसर सिर्जना गर्नुपर्ने हुन्छ । आन्तरिक र बाह्य लगानीको अभावमा प्रशस्त संभावना बोकेको पर्यटन, उर्जा, कृषि, व्यवसाय, उद्यम र व्यापार लगायत औद्योगिकीरकरणको क्षेत्रमा विकास र विस्तारको अभावमा रोजगारी र आम्दानीका अवसरहरु सृजना हुन सकेका छैनन् । 

यसो भन्दैमा युवा विदेशिनुका कारण यहाँ रोजगारीका अवसर नहुनु मात्र होइनन् । अस्थिर, गतिशित र चलायमान युवा जनशक्तिलाई देशमा अवसर भएपनि रोक्न सकिदैन । देशमा शिक्षाको अवसर नभएको होइन तर पनि विदेशमा उच्च शिक्षा हासिल गर्न जानेको संख्या उल्लेख्य छ । 

त्यसैले विश्वव्यापीकरणको प्रभावले पनि युवा पलायन बढ्दो छ । गुणस्तरीय जीवनको आशा, अधिक पैसा कमाउने महत्वकांक्षा, देशप्रतिको पक्षपातपूर्ण र गैरजिम्मेवार वैमनश्यता, भ्रष्टाचार र अकुत सम्पतिको आर्जन लगायत थुप्रै पनि विदेश पलायनका कारण हुन् । 

यसको ऐतिहासिक कारण पनि छ । राणाकालीन गलत सन्धिका कारण नेपाली युवाहरु विदेशीको सेवामा लाग्नेक्रमको सुरुवात् भयो र ती गुलामी शासकहरुले यसलाइ नेपाली युवाको ठूलो अवसरको रुपमा स्थापीत गर्दै गए । यसले विदेशीको दास बन्नु ठूलो उपलब्धि ठानियो र अझै पनि भारतीय, व्रिटिस र अन्य सेना तथा प्रहरीमा जागीर पाउनु यहाँका युवाको सौभाग्य बनेको छ । 

२०४६ साल पछिको अस्थिर राजनीति, नवउदारवादी आत्मघाति नीति, खस्कदो कृषि, विकास निर्माणमा कमी र १० वर्षे हिंसात्मक युद्धले ग्रामीण क्षेत्रका युवाहरुलाई विदेश पलायन हुन वाध्य ग¥यो । देशको विकासको गति अति मन्द हुनु र राजनीतिक खिचातानी बढी भई सरकारप्रति निराशा हुनु पनि युवालाई यहाँबाट धकेल्ने कारण हो । 

ग्रामीण क्षेत्र सुविधा सम्पन्न नहुनु र सरकारले ग्रामीण विकासमा जोड नदिनु पनि यसको कारण हो । लामो समय जातीय व्यवस्थामा जकडिएको नेपाली समाजले श्रृजनशिलता, उत्पादनशिलता, उद्यमशिलता, श्रम, सीप र व्यवसायिकताको कदर नगर्ने र जागिरे मानसिकता पनि यसको कारण हो । 

वैदेशिक रोजगारीका छरपष्ट प्रभाव

ग्रामीण विकास र कृषिमा प्रभावः अहिलेको समय देशको अत्यत्त ऐतिहासिक समय हो जव युवा जनसंख्या अत्यन्त धेरै छ । तर यो जनशक्तिको पलायनले देशको विकास र परिवर्तनलाई नकारात्मक प्रभाव पारेको छ । 

देशको निर्माण, उद्यम र उत्पादनमा जुट्नुपर्ने जनशक्ति बाहिरीदा विकासमा बाधा पुगेको छ । ग्रामीण क्षेत्रमा जनशक्तिको कमीले कृषि र पशुपालन मात्र नभई समग्र क्षेत्र शिथिल र धराशायी बनेको छ । ग्रामीण क्षेत्रको विकासमा यसले ठूलो वाधा पुगेको छ ।

कृषिको महिलाकरण र महिलामा वोझः मुख्यगरी पुरुषको बसाइसराइले ग्रामीण क्षेत्रमा कृषिको महिलाकरण भएको छ । महिलामा घरधन्दा र बालबच्चाका साथै उत्पादनको क्षेत्रको समेत बोझ थपिएको छ । यसले ग्रमीण किसान तथा सिमान्तीकृत महिलाको अवस्थामा निकै असर परको छ ।

परिवार, नाता र विवाह सम्वन्धमा विग्रह तथा पारपाचुके ः वसाइसराई र विदेश पलायनले गाउँमा परिवार, विवाह र नाता सम्वन्धको विघटन भएको छ । संयुक्त परिवारहरु निकै तीव्र रुपमा टुक्रिदैछन् । 

परिवारहरु पुरुष विनाका छन् । संयुक्त परिवारका महिलाको अवस्था दयनीय छ । अन्य पुरुष विनाका एकल परिवारमा महिला माथि हिंसाको क्रम बढ्दो छ । केहि महिला जो शहरमा बसाइसरेका छन् उनीहरुमा आम्दानी बृद्धि, सामाजिक नियन्त्रणको अभाव र शहरीकरणको प्रभावमा तीव्र जीवनशैलीमा परिवर्तनले वैवाहिक, पारिवारिक र सामाजिक सम्वन्ध र अनुकुलनमा नकारात्मक प्रभाव पारेको छ । 

यसले छाडापन बढाएको छ । सामाजिक विकृति र हिंसा बढ्दो छ । कतिपय अवस्थामा विदेशबाट श्रीमान्ले दुख गरी कमाएर पठाउने र फर्कदा यहाँ श्रीमति अर्कै पुरुषसँग हिडेका वा फर्के पछि वा अगावै सम्वन्ध विच्छेद भएका घटना बढ्न थालेका छन् ।

नव संभ्रान्त बर्गको उदय र यसले बढाएको भ्रष्टाचार, फजुल खर्च तथा सामाजिक विचलन ः वैदेशिक रोजगारीको प्रभाव सामाजिक स्थान, भूमिका र हैसियतमा समेत परेको छ । समाजमा नयाँ वर्गको उदय हुँदै छ । केहि ठेकेदार, विचौलिया, नेता र व्यापारी पछि अव गाँउमा वैदेशिक रोजगारीमा गएकाहरु नव संभ्रान्त वर्गको रुपमा विकास हँुदै छन् । 

त्यसको असर प्रत्यक्ष रुपमा गाउँमा रहेका केहि शिक्षक, कर्मचारी तथा अन्य शिक्षित र दक्ष जनशक्तिमा परेको छ । एक जना १० फेलभई दुवइ गएको साथिले मासिक एक लाख पठाउँदा विद्यालयकै उत्कृष्ट सहपाठी सरकारी कर्मचारी वा डाक्टरमा पनि पढ्ने वा उद्यम गर्ने भन्दा पनि विदेशमा जानुपर्ने सोचको विकास भएको छ । 

यसले पनि देशमा भ्रष्टाचार बढाएको छ । साथै फजुल खर्च गर्ने बानीको विकास गरेको छ । समाजमा कामको आधारमा होइन दामको आधारमा मान, सम्मान र इज्जत बढ्न थालेको छ । सामाजिकता, पारस्परिकता, मानवता र आध्यात्मिकता हराएको छ । 

जोखिमपूर्ण जीवन, मृत्यृ र शारिरिक अपाङ्गताः यससँग सम्वन्धित अझ संवेदनशील कुरा के भने धेरैजसो नेपाली श्रमिकहरु विदेशमा सवैभन्दा निम्न स्तरका सफागर्ने वा फोहोरसँग सम्वन्धि, ज्यादा बल लगाउनुपर्ने वा गाह्रो ज्यालादारी र जोखिमपूर्ण काम गर्दछन् । 

तर उनीहरु देशमा आई त्यहाँको कामका दुख कष्ट र जोखिम भन्दा पनि बाहिरी परिवेश र जीवनशैलिका फुर्ति लगाउने मात्र कुरा गर्दछन् । त्यसैले पनि मलेशियामा होटलमा काम गर्ने, अरवमा भेडा चराउने, कोरीयामा श्रमिक बनेका अनुभव यहाँ सुनिदैनन् । 

यी त मात्र वार्षिक रुपमा भित्रने करीव ८०० जति शव र त्यसको दोव्वर संख्यामा हुने शारिरिक अपाङ्गताले प्रष्ट पार्दछ । या त पत्रकारले खोजेका कतारको अत्यन्त फोहोर दुर्ग्न्धित तातो कोठामा खचाखच सुतेका श्रमिकको व्यथा सहितका डकुमेन्ट्रीले बताउँछ ।

अन्त्यमा युवाको विदेश पलायनका थुप्रै नकारात्मक र केहि सकारात्मक प्रभाव छन् । रेमिट्यान्सबाट चलेको देशमा वैदेशिक रोजगारीका नकारात्मक मात्र कुरा गर्नु सान्र्द्र्भिक नहोला । यहाँ अवसर नपाएका बेरोजगार वैदेशिक रोजगारीमा गई आम्दानी र रोजगारी पाउनु राम्रै हो । 

वैदेशिक रोजगारीले गरिवी निवारणमा केहि सकारात्मक प्रभाव पारेको मान्न सकिन्छ । यसले सामाजिक गतिशिलता बढाई परम्परागत समाजलाई आधुनिक बनाउन, जातीय, लैङ्गिक भेदभाव हटाउन मात्र होइन नयाँ ज्ञान, सीप र प्रविधि भित्राउन पनि सकारात्मक भूमिका खेलेको पाइन्छ । 

तर कहिलेसम्म यो क्रम चलिरहने ? सरकारले अव दिर्घकालीन रुपमा देशमा रोजगारी सृजना गर्ने तर्फ सोच्नुपर्दछ । नेपालमा त्यसको प्रशस्त संभावना पनि छ । मात्र सरकारको त्यसतर्फ ध्यान पुगेको छैन । साचो अर्थमा हामीले विदेशिएका नौजवानकोे प्रविधि र दक्षताबाट समेत लाभ लिन सकेका छैनौं ।

 हामीले रेमिटेन्सको सहि उपयोगबारे पनि सोचेका छैनौं । विदेशबाट फर्किएकालाई हामी कहिले फर्कने र किन यहाँ बस्ने भनी उल्टो प्रश्न सोध्ने गर्दछौं मानौ उनीहरु यहाँ बस्दा हाम्रो भाग खोस्दै छन् । सरकार आफ्नो कुर्सी बचाउन तल्लीन छ । 

दलहरु सरकार गिराउने र बनाउने खेलमा छन् । देशको समृद्धिबारे, रोजगारी सृजनावारे र भविश्यमा देश विकासका आधारस्तम्भ युवा जनशक्तिलाई विदेशिन वाध्य नगर्नेबारे कसले सोच्ने ? अव नसोचे कहिले सोच्ने ? 

(पोखरेल त्रि.वि. अन्र्तगत मानवशास्त्र प्राध्यापन गर्नुहुन्छ )

0 comments

Write Down Your Responses