सिआन पूर्नस्थापना केन्द्रलाई ५० हजार सहयोग
हेटौडा उपमहा नगरपालिकाको लामसुरे हाइटमा रहेको पुर्नस्थापना केन्द्रलाई नेपाली काँग्रेस मकवानपुरका सभापति तथा पुर्व गृह राज्यमन्त्री इन्द्रबहादुर वाँणियाले नगद ५० हजार सहयोग गर्नु भएको हो ।
सिआन पुर्नस्थापना केन्द्रका परामर्शतादा तथा अभियान्ता राजु न्यौपानेलाई वाणिँयाले यस्ता कार्यको प्रशंसा समेत गर्नु भएको थियो । केन्द्रमा हाल ३१ जना लागु औषध प्रयोगकर्ता आश्रय लिईरहको सिआनका प्रमुख सौजन डिसिले दामनपोष्टलाई जानकारी दिनु भयो ।
0 comments
Write Down Your Responses