स्थानीय चुनावमा भोट कसरी हाल्ने ? पढ्नुहोस्
१. मैले कतिजनालाई भोट हाल्नुपर्छ ?
उत्तरः तपाईले सात जनालाई भोट हाल्नुपर्छ ।
पहिलो भोटः गाउँपालिका अध्यक्ष वा नगर प्रमुखका लागि पहिलो कोलममा रहेको कुनै एउटा चुनाव चिन्हमा संकेत गर्नुस् ।
दोस्रो भोटः गाउँपालिका उपाध्यक्ष वा नगर उपप्रमुखका लागि दोस्रो कोलममा दिनुस् ।
तेस्रो भोटः वडाध्यक्षका लागि हो । यसका लागि तेस्रो कोलममा भएको कुनै एउटा चुनाव चिहृनमा स्वस्तिक छाप लगाउनुस् ।
चौथो भोटः महिला वडा सदस्यका लागि चौथो कोलममा दिनु ।
पाँचौं भोटः दलित महिला वडा सदस्यका लागि पाँचौं कोलममा दिनुस् ।
छैठौं र सातौं भोटः दुईजना वडा सदस्यका लागि मतपत्रको पछिल्ला दुई कोलममा रहेका चिन्ह मध्ये कुनै दुई चिहृनमा मतदान गर्नुहोस् ।
उत्तरः सात जनालाई मत दिन पाउने तपाईको अधिकार हो । तर, तपाईले म छनोट गरेर केहीलाई मात्रै मत दिन्छु भन्न सक्नुहुन्छ ।
३. प्रमुख वा उपप्रमुखमा फरक(फरक पार्टीलाई मत दिन सक्छु ? कसरी दिने ?
उत्तरः सात जनालाई मत दिनुपर्छ भन्नुको अर्थ एउटै तर्सो लहरमा मात्र दिनुपर्छ भनिएको होइन । छनोट तपाईको अधिकार हो । यदि तपाई प्रमुख र उपप्रमुखमा फरक(फरक दललाई मत दिन चाहनुहुन्छ भने पनि त्यसो गर्न सक्नुहुन्छ ।
तर, मतपत्रको पहिलो ठाडो कोलममा रहेका चिन्हहरु प्रमुखका लागि मात्रै हुन् । दोस्रो ठाडो कोलम उपप्रमुखको हो । प्रत्येक कोलममा भएका राजनीतिक दलको चुनाव चिहृन मध्ये कुनै एउटामा मत दिन सक्नुहुन्छ ।
उत्तरः हो । सुरुवातका पाँचवटा ठाडो कोलम एक एक पदका लागि हो । तपाईले एउटा ठाडो कोलममा भएका चुनाव चिहृनहरु मध्ये एकमा मात्रै मत दिन सक्नुहुन्छ । तर, पछिल्ला दुई ठाडो कोलममा भने तपाई एउटै वा पहिलो दोस्रो कोमलमा भएका एक(एक चुनाव चिहृनमा मत दिन सक्नुहुन्छ ।
५. पछिल्ला दुईवटा कोलममा एउटैको तलमाथि छाप लगाउन मिल्छ ?
उत्तरः मिल्छ । पछिल्ला दुई ठाडो कोलममा भने तपाईले एउटै हारमा वा पहिलो दोस्रो कोमलमा भएका एक(एक चुनाव चिहृनमा मत दिन सक्नुहुन्छ ।
उत्तरः मतपत्रको अन्तिममा भएको एउटौ कोठाभित्रका दुईवटा चिन्हहरु पनि एकैजना उम्मेदवारका लागि हो । त्यसमा लगाइएको छापले एकजनालाई मात्रै मत दिएको ठहरिन्छ । पछिल्ला यी दुई कोलमहरु वडा सदस्य खुलातर्फका लागि हो । यसमा एउटै पार्टीका दुई उम्मेदवार हुने भएकाले कुन उम्मेदवारको चुनाव चिहृन कुन हो भनेर पहिचान गर्न निर्वाचन आयोगले पहिलोमा एउटा र दोस्रोमा दुईवटा चिहृनको व्यवस्था गरेको हो ।
मानौं ए नामको पार्टीर्ले दुई वडा सदस्यमा खुलातर्फ रामबहादुर र श्यामबहादुरलाई उम्मेदवार बनाएको छ भने आयोगले एकजनालाई एउटा चिहृन दिएको छ र अर्का उम्मेदवारलाई दुईवटा चिहृन प्रदान गरेको हुन्छ ।
७. के दुईवटा चुनाव चिहृन भएको ठाउँमा दुई पटक स्वस्तिक छाप हान्नुपर्छ ?
उत्तरः पर्दैन । दुईवटा चुनाव चिहृन भएको ठाउँमा पनि एकचोटिमात्रै छाप हाने पुग्छ । तपाईले उक्त बक्सभित्र एकपटक मात्र स्वस्तिक छाप हान्नुपर्छ । नत्र रद्द हुन्छ ।
८. दुईवटा खुला वडा सदस्य पदमा मलाई बेग्लाबेग्दै पार्टीका उम्मेदवारलाई मत दिन मन छ । एउटै ठाडो लहरमा स्वस्तिक छाप हान्न सक्छु ?
उत्तरः सक्नुहुन्छ । मतपत्रको छैठौं र सातौं कोलममा मत दिँदा दुईवटा कोठामा दिनुपर्छ । तर, एउटै लहरमा नभई अलग(अलग चिहृनमा मत दिन सक्नुहुन्छ । यसो गर्दा खुल्ला वडा सदस्यमा तेस्रो वा ठाडो जता पनि रोज्न सक्नुहन्छ । तर, यसो गर्दा ध्यान दिनुस्, एउटा कोलममा अधिक मत दुई जनालाई मात्रै मत दिन सकिन्छ ।
९ः पार्टीको चुनाव चिहृनमाथि नै स्वस्तिक छाप हान्दा मत बदर हुन्छ ?
उत्तरः हुँदैन । सबैभन्दा राम्रो चुनाव चिहृन नजिकै रहेको खाली ठाउँमा मत दिनुस् । तर, यदि चुनाव चिहृनमाथि नै स्वस्तिक छाप लगाइयो भने पनि बदर हुँदैन ।
१०. कस्तो अवस्थामा मैले दिएको मत बदर हुनसक्छ ?
मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एक भन्दा बढी उम्मेदवारलाई मत दिएमा बदर हुन्छ ।
यति व्याख्या गरेपछि तपाईले बुझ्नुभयो भन्ने अपेक्ष गरेका छौ ? धन्यवाद
साभारः अनलाइनखबर
0 comments
Write Down Your Responses