Powered by Blogger.
पहिलो पटक दमकल भित्रिएपछि थाहानगरवासीमा खुसीयाली

थाहानगर,२६ वैशाख / मकवानपुरको उत्तरी थाहानगरमा पहिलो पटक दमकल भित्रिएपछि थाहा नगरवासीमा खुसीयाली छाएको छ ।
आगलागीबाट हुन सक्ने जनधनको क्षति रोक्नको लागि नेपाल सरकारले देशका विभिन्न नयाँ नगरपालिकाहरुमा दमकल खरिदका लागि बजेट पठाएसंगै थाहा नगरपालिकाले पहिलो पटक दमकल भित्र्याएको हो ।
थाहा नगरपालिकाले खरिद गरेको दमकल उत्तरी थाहाको दामन, पालुङ, वज्रवाराहि  सँगै कुलेखानी, आग्रा, गोगने लगायतको ठाउँमा प्रयोग गर्न सकिने छ ।
थाहा नगरपालिकाका कार्यकारी अधिकृत जीवन प्रसाद आचार्यले दामनपोष्टसँग भने, आवश्यकता अनुसार जिल्लाका आसपासमा भित्र मात्र होइन जिल्ला बाहिर पनि आपतकालिन अवस्थामा पठाउन पर्ने हुन सक्छ ।
उनले भने,‘निकै मेहनत गरेर दमकल खरिद गरेका छौं, जनप्रतिनिधि नआउदा सम्म सवुज गण पालुङका शसस्त्र प्रहरीले सञ्चालन गर्ने निर्णय भएको छ ।’ ५९ लाख ५० हजारमा थाहा नगरपालिकाले खरिद गरेको दमकल दैनिक रुपमा सञ्चालन गर्न स्रोत साधनको अभाव भएपछि सो निर्णय भएको बताए ।
२२ सय ५०  लिटर क्षमता भएको दमकल २४ सै घण्टा तयारीमा राख्ने निर्णय पनि गरेको आचार्यले बताए ।तस्विर: bikas khabar.com

0 comments

Write Down Your Responses