बकैया टाईम्सको विमोचन
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं सांसद थापाले बकैया टाईम्स सवैको साझा पत्रिका बनोस भन्दै सहि समाचार र विश्लेषण दिन सुझाब दिनुभएको छ । सांसद थापाले राप्रपाले विकासको मुद्धा लिएर अघि बढेको बताउदै क्षेत्र नं १ मा राष्ट्रिय स्तरको खेल मैदान निमार्णमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापति दामोदर खनाल, नेकपा माओवादी केन्द्रका गाउपालिका ईन्चार्ज भक्त बहादुर खत्री, नेकपा एमालेका सल्लाहकार बेलप्रसाद दाहाल, राप्रपाका राजाराम अर्यालले पत्रिकाको निरन्तरताको शुभकामना दिनुभयो । पत्रिकाका प्रकाशक यादव चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकाका प्रतिनिधी बलराम घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses