अब पत्रकारहरुको लेखनी र गतिविधी सार्वजनिक सुनुवाइको विषय बनाइनुपर्छ
किशोर श्रेष्ठ, सम्पादक, जनआस्था साप्ताहिक तथा वरिष्ठ उपाध्यक्ष, विश्व प्रेस काउन्सिल
|
वरिष्ठ पत्रकार तथा चर्चित साप्ताहिक पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठ अहिले प्रेस काउन्सिल नेपालका सदस्य तथा विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । नेपाली पत्रकारिता जगतमा ‘रिक्स’ उठाउन सक्ने र खोजमुलक सामग्री पस्कन सक्ने सम्पादकको रुपमा अलग्गै पहिचान बनाउन सफल हुनुभएको छ ।
उहाँ पत्रकारितामा नयाँ प्रयोग र अभ्यासका कारण चिरपरिचित मात्र होइन सधैं चर्चाको पात्र बन्नुभएको छ । २५ वर्षको उमेरदेखि ०५१ सालमा ‘जनआस्था’ साप्ताहिक शुरु गर्नुभएका श्रेष्ठले त्यसलाई नेपालको नम्बर एक साप्ताहिक पत्रिका मात्र बनाउनुभएन, अहिले दैनिक पत्रिका, रेडियो र टेलिभिजनको नेतृत्वमा पुगेका कैयौँ पत्रकार पनि उत्पादन त्यही जनआस्थाका माध्यमबाट गर्न सफल हुनुभएको छ ।
सानै उमेरदेखि वामपन्थी राजनीतिमा लागेर दुःख–कष्ट उठाँउदै पछि राजनीति छाडेर पत्रकारितामा सक्रिय रहनुभएका श्रेष्ठ स्रोतसँगको व्यापक पहुँच, ‘एक्स्क्लुसिभ’ समाचार खोज्ने रुचि र त्यसलाई अरूले भन्दा भिन्न शैलीमा पस्किने कलाका लागि पत्रकारिता क्षेत्रमा स्थापित हुनुहुन्छ ।
उहाँसंग दामन पोष्ट साप्ताहिक तथा समाचार पोर्टल दामन पोष्ट डटकमका सम्पादक शन्तराम बिडारीको केही हप्ता अघि लामो कुराकानी भएको थियो । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको शोधकार्यका लागि साप्ताहिक पत्रिकामा आचारसंहिता कार्यान्वयनको अवस्था विषयमा आचारसंहिताको समग्र अवस्था र जनआस्था साप्ताहिकका केही समाचार प्रसंगबार लामो कुराकानी भएको थियो ।
उक्त प्रयोजनका लागि भएका धेरै लामो अन्तरवार्ता मध्येका केही अंश आम पाठक र पत्रकारिताका विद्यार्थी तथा शोधार्थी समेतलाई उपयुक्त हुने ठानेर यहाँ प्रकाशन गरिएको हो । जुन शुक्रबार प्रकाशित भएको दामन पोष्ट साप्ताहिकमा पनि प्रकाशित भएको छ ।
साप्ताहिक पत्रिकामा पहिले र अहिले पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थामा कस्तो फरक पाउनु भएको छ ?
हामीमा एउटा दरिद्र संस्कार छ र पत्रकारले जे लेखेपनि हुन्छ भन्ने मान्यता बनेको छ । त्यतीमात्र होइन कानुन फितलो छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने कानुन कमजोर छ र हाम्रा छिमेकी देशहरुमा भन्दा हाम्रो कानुन निक्कै उदार पनि छ । हाम्रो मौजुदा कानुनले छापाखाना बन्द गराउन मिल्दैन । सेन्सरशीप लाग्दैन । केही सामग्री प्रकाशित भए वापत कसैले जेल जानु पर्दैन ।
यसका साथै योग्यता र प्रशिक्षणको अभाव छ । पढेर, विशेष ज्ञान आर्जन गरेर भन्दा पनि ‘एकचोटी रहर मेटी हालौं न त’ भनेर पत्रकारिता गर्ने चलन छ । तर यो समस्या अहिले छापा माध्यम भन्दा पनि बढी विद्युतीय माध्यममा छ । जे लेखे पनि हुने । पछिल्लो समय आचार संहिता उल्लंघन सबैभन्दा बढी अनलाइनमा देखियो । फेसबुक र ब्लगहरुको त कुरा नगरौं ।
त्यसो त प्रिन्ट मिडीयाहरुमा पनि छँदैछ । आफुले भनेको कुरा पुरा भएन भने त्यसका विरुद्धमा लेखिहाल्ने प्रवृती हामीकहाँ नभएको होइन ।
किन यस्तो प्रवृती भएको होला त ?
एक त योग्यताको कमी र अर्को कसैको डर भर पनि भएन । बिहान कुनै पुलिसको बारेमा लेख्यो, बेलुका उसैसंग बसेर दनादन दन्कायो ।
पछिल्लो समय केही पत्रिकाका सामग्रीहरुमा केही ट्रेन्ड बदलीएको पाउनुभएको छ ?
हिजोका दिनमा साप्ताहिक पत्रिकाहरुले लेख्ने ट्रेन्ड आज ब्रोडसिट दैनिकहरुले लिइसकेको छ । बरु अब साप्ताहिकहरु चाँही अलि जिम्मेवार भएजस्तो देखिन्छ । व्यवसायिक धर्म निर्वाह गर्नुपर्छ भन्ने चेत आएको छ ।
हुनत दैनिकहहरुमा बढी प्रतिश्पर्धा र चर्को होडबाजी भएर पनि होला । एकैदिको कान्तिपुर हे¥यो लोकमानको विपक्षमा देखिन्छ, एकैदिनको अन्नपूर्ण हे¥यो लोकमानको पक्षमा देखिन्छ । पुरै समर्थनमा देखिन्छ ।
सबैभन्दा बढी आचार संहिता उलंघन गर्नेदेखि सहप्रकाशन बनाएर नग्न तस्बिर प्रकाशन गर्ने र हुँदो नहुँदो गर्ने काम त अहिले दैनिकहरुबाट नै भएको छ ।
अनुजा बानिया, रसेन्द्र भट्टराई जस्ता थुप्रो केस हाम्रा सामु छन् । डा. भक्तमान श्रेष्ठ अपहरण काण्ड पनि त्यसैको नमुना हो । त्यो बारेमा मिडीयाले उक्त विषयलाई कसरी लगातार प्रश्तुत ग¥यो र वाश्तविकता के रहेछ भन्ने कुरा हाम्रा सामु छ ।
अहिले दण्डहिनता भयो , दोषीहरु कानुनी दायरामा आाउदैनन् भनेर हामी दिनहुँ भन्छौं तर पत्रकारहरु विशुद्ध पत्रकारिता गरेर मर्ने मैले ३५ जनामा एउटा पनि पाएको छैन । भन्दा अलि अफ्ठेरो भएपनि यो हाम्रो सामु तितो तस्बिर हो ।
कृष्ण सेनको बारेमा हामीले समाचार ब्रेक ग¥यौं । त्यो नगरेको भए उहाँ अहिलेसम्म वेपत्ताको सुचीमा नै हुनुहुन्थ्यो । कृष्ण सेनलाई मारेको मामलामा पत्रकार सेनलाई मा¥यो भन्ने कि माओवादीको उपत्यकाञ्चल व्युरो प्रमुख कमरेड कबिन्द्र प्रहरीको कव्जामा परेको र त्यस क्रममा यातना दिएर मारिएको भन्ने ?
उहाँको पार्टीले मेरो पार्टीको कार्यकर्ता ‘यो यो मारिनुभयो’ भनेर त्यो सुचिमा राखेको छैन । आफु सत्तामा पटक पटक गएको छ, त्यो मार्नेलाई कारवाही गरिएको छैन । हामी पत्रकार लगातार भनिरहेका छौं ‘हाम्रो साथी मारिनुभयो ।’ यहाँ हाम्रो भूमिका विरोधाभाष छ ।
हामीले समाजको ३ वटा अंगलाई निगरानी गर्ने भएर चौंथो अंग भनिएको तर हामीलाई निगरानी गर्ने कुरामा कतैकतैबाट कमजोरी छ । त्यसैले हामी अलि बढी छाडा भयौं की भन्ने लाग्छ ।
के त्यसो भए कानुनमा कडाई गरेर यो नियन्त्रणमा आउला ?
सबैभन्दा ठूलो कुरा आफैं संयमित हुनुपर्छ । स्वसमिक्षा गर्नुप¥यो । आफैप्रति निर्मम हुनुप¥यो । भारतकै न्यायधिश पि सावन्त भन्नुपर्ने ठाँउमा पि सामन्त भनेर ‘म’ एउटा उल्टा पर्दा एक खर्ब दण्डित गर्ने आदेश पनि गरेको छ । त्यसले गर्दा त्यो मिडीया बन्द नै भयो ।
त्यसैले अन्य देशसंग दाँज्न मिल्दैन । सकिँदैन । त्यस्ता कुरा हाम्रा पत्रिका र पत्रकारिताले थेग्न सक्दैन । किनकी राज्यको प्रवद्धन गर्ने नीति छैन । विज्ञापन बजार ठूलो छैन । विक्रीको उस्तै ताल छ । यो रहरको पेशा भएको छ । यसबाट केही आउटकम आँउछ र पेट पालिन्छ भन्ने समस्याबाट मुक्त भइनसकेको पेशा भएको हुनाले ठ्याक्कै दण्डै लगाएर ठेगान लगाउने भन्ने कुरा हुँदैन ।
हाम्रो समाजका विभिन्न अंग अस्तव्यस्त भएकाले हामीले फाइदा उठाउन पाएको हो । किनकी हाम्रो अदालत भ्रष्ट छ । जसले दण्डित गर्ने हो । हाम्रो प्रहरी प्रशासन त्यस्तै छ । समाजका सबै अंग सफा भइदियो भने अनि हामीलाई पनि कसैले केही गरिदियो भने न्यायिक होला ।
सबैभन्दा ठूलो कुरा हाम्रो योग्यताको परिक्षा नै भएन । क्वालिटी कन्ट्रोल भएन । भारु प्रमाण पत्र लिएका, नपढेका र नलेख्ने मान्छेहरु पत्रकारितामा चर्चित छन् । पत्रकार महासंघको चुनावमा पनि विशुद्ध पत्रकारिता गर्ने मान्छेले जित्नै सक्दैन ।
योग्यता परिक्षाको पाटोबाट पनि जान सक्नुपर्छ । लोकसेवा पास नगरी सरकारी जागिर खान नपाउने, गाडी चलाउन पनि ट्रायल दिनुपर्छ तर हाम्रो पत्रकारितामा खोइ परिक्षा प्रणाली ? अहिले पहिले जस्तो लेख्दैमा सबैले सबै कुरा पत्याउने अवस्था छैन । शायद मिडीया साक्षरताको कारणले होला । ए त्यो झुर पत्रकार, त्यसको पनि कुरा गर्ने भनेर कुरा गरेको सुनिन्छ ।
अब पत्रकारहरुको लेखनी र गतिविधीबारे सार्वजनिक सुनुवाइको विषय बनाइनुपर्छ । त्यसो गरियो भने पत्रकार पनि मर्यादित र जिम्मेवार हुन पाउने भए । समाजले पनि पत्रकारले उत्तरदायित्व वहन गरेको अवस्था देखिने भयो । नत्र त सुनुवाई हुने ठाँउ नै भएन जे लेखे पनि भयो, जे गरे पनि भयो ।
तपाँइ आवद्ध मिडीयाको समाचार सामग्री जो पत्रकार आचारसंहिताको कारणले बदलाव आएको अनुभव छ की ?
म नमरेसम्म वा पत्रिका बन्द नभएसम्म मलाई चिन्ने एकमात्र आधार हुन्छ ‘श्रीषा कार्कीको आत्महत्या प्रकरण’ । मान्छेलाई सकारात्मक भन्दा नकारात्मक कुराले बढी चिनीन्छ ।
मैले राजतन्त्रलाई जनतासम्म एक्सपोज गर्नमा मिडीया मार्फत खेलेको भुमिका कसैले गणना गर्छ ?
पारशको, दिपेन्द्र वा ज्ञानेन्द्रको ज्याजतीबारे भित्रको सुक्ष्मकुरा ल्याएर मैले के गरें । सेना भित्रको अनेक भ्रष्टाचारहरु बाहिर ल्याएर गरेको कुरा कसले सम्झन्छ ? त्यो बेला त्यतातिर फर्किएर औंला ठड्याउने हिम्मत नै कसैको हुँदैनथ्यो ।
प्रधान न्यायधिश दिलिप पौडेलको बारेमा जनआस्थामा एउटा स्टोरी आयो । त्यसका केही तथ्यगत त्रुटीहरु छन् तर त्यो कागजातमा आधारित भएर बनाइएको हो । त्यसमा अदालत आफैं चुकेको छ ।
जेलमा एउटा कैदी छ । तयो कैदीले जेलरको प्रक्रियाबाट छाप लगाएर औपचारिक प्रक्रियाबाट सर्वोच्च अदालतमा उजुरी दर्ता गरेको छ । त्यो उजुरी यस्तो छ है भनेर हामीले छापेका छौं । हो, त्यो उजुरी अदालतमा परेको छ भने अदालतका रजिष्टारले बनाएको प्रतिवेदन छ । समाचार निस्कियो, त्यसपछि जेलर पनि कारवाहीमा प¥यो, दर्ता गर्ने कर्मचारी पनि कारवाहीमा परे । मुद्दा हामी विरुद्ध सात वर्ष लम्बियो । कोही न्यायधिशले फैसला गर्न नमान्ने । जसको बेन्चमा परेपनि एक थरी आदेश गरिदिने । कलिे जेलरलाई झिकाउने भन्ने, कहिले प्रतिवेदन झिकाउने भन्ने । फैसला नै गर्न डराउने । आखिर डिभिजन बेन्चबाट फैसला भयो । सफाइ दिइयो । प्रधानन्यायधिशलाई नै अट्याक गर्दाखेरीको पनि स्थिति आखिर त्यस्तो हो नी त ।
तपाँइले सम्पादन गर्दै आउनु भएको जनआस्था साप्ताहिकमा समाचार निस्किएपछि श्रीषा कार्कीले आत्महत्या गरेको प्रकरण के हो ?
२०५९ साल जेठ १३ गते कृष्णसेनलाई मारियो भनेर हामीले एक्स्पोज ग¥यौं । महेन्द्र पुलीस क्लवमा कुटेर मारिएको हाम्रो दावी थियो । मारे पछि इन्काउन्टर देखाउन छातिमा २ वटा गोली दागेर विष्णुमतीमा लाश डढाइयो । त्यो मार्दा महेन्द्र पुलीस क्लवका चिफ इन्चार्ज विक्रमसिंह थापा थिए ।
अमरशिंह शाह उपत्यका डिआइजीले कुटेको हो भनेर पनि लेख्यौं । आइजीपी प्रदीप शम्शेर जवरा थिए । प्रदीप शम्शेरको छोरो दिपशम्शेरको नक्सालको जंग थापाको छोरी सम्झनासंग भएको बिहे टुट्यो किनभने दिपको समलिङ्गी सम्वन्धवाला स्वभावका कारण । त्यसको ३ महिना पछि लोकेन्द्रबहादुर चन्दको सरकार बन्यो । धर्मबहादुर थापा गृहमन्त्री बने ।
पुलीस आइजीपी तिनै । त्यतीनै बेला असोज २८ गने जनआस्थामा स्टोरी आयो । फोटो पनि छ । त्यो फोटोमा जसले खिचेको हो, प्रहरीका सइ उद्धव भण्डारी, उसले सावीती वयान दिएका छन् मैले ८ हजार रुपिँया तिरेर अर्कै कामका लागि मेरो घरमा लगेर फोटो खिचेको हो भनेर । फोटो खिच्ने हामी होइनौं । त्यो स्टोरी छापिएको छ कि नेपालका कलाकारहरुको धन्दा यस्तो छ भनेर ।
त्यसमा ४५ जनाको नाम छ । लोकमानसिंह कार्की, केशव स्थापित, खुमबहादुर खड्का, कृष्ण मल्ल, शर्मिला मल्ल लगायत ४५ जनाको नाम छ, फोटो चाँही उसको मात्र हो ।
दशैंको बिदा र प्रेस बिग्रीएको कारणले त्यो पत्रिका बुधबारको सट्टा बिहीबार निस्कीयो । त्यसपछि उनी पिता दलबहादुर र भाइ राजेन्द्र सहित मलाई कार्यालयमै शनिबार भेट्न आएकी थिइन् । मैले बुवालाई कन्भिन्स गरेर पठाएको छु, कि हाम्रै केटाहरुले फोटो यता उता मिलाएर छापिदिएछन् दशैं मनाएर घरबाट आउनुस् पछि खण्डन छापिदिउला ।
श्रीषालाई पनि मैले तिनको केटासाथी कृष्णप्रसाद भट्टराईको बडी गार्ड थियो प्रकाश देउजा । त्यतीबेला क्याप्टेन थिए, अहिले कर्णेल छन् । उनलाई पनि केही वाश्तविकता नभन है भनें । किनकी फोटो उनकै हो, सर्वश्व बिग्रने हुनाले उनका मान्छेले सोधे भने ट्रिक हो भनेर ढाँट्दीनु है भनेकी थिइन् । मैले लगातार ढाँटीरहेकै छु ।
त्यो घटनाको छ दिनपछि बिहान आठ बजे उनी आफ्नो दिदीसंग ट्याक्सी बुक गरेर सिन्धुपाल्चोक घर जाने तयारीमा थिइन् दशैंका लागि । पुलीसको सई लण्डन पुगीसकेको थियो । उद्धवको श्रीमती इश्वरी भण्डारी पनि नेपाल पुलीसको हवल्दार थिइन् ।
आफ्नो व्याइफेन्डलाई श्रीषाले उद्धवको घरमा लगेर मलाई यही घरमा यसरी जर्वजस्ती ल्याएर फोटो खिचेको भनेर हेल्मेटले हानिछन् । त्यसपछि उद्धवको श्रीमतीले श्रीमानलाई रुदै लण्डनमा फोन गरेपछि उद्धवले श्रीषालाई फोन गरेर त्यो रिस फेर्न तेरो अरु पनि बाँकी छ, सिध्याइदिन्छु भनेर फोन गरेको छ । त्यसको लगत्तैं उनी दिदिसंग घर जना छोडेर घरको माथी गएर झुण्डीएकी छिन् ।
पोष्ट मार्टम रिपोर्टले झुण्डीएर मरेको र पेटमा बच्चा भन्ने देखाएको छ । राजाले भर्खर टेक ओभर गरेको अवस्थामा सबै मण्डलेहरु मेरा विरुद्ध एक भैदिए । त्यो ४५ जना मध्ये स्टोरीमा कृष्ण मल्लले सोल्टी होटेलमा आफ्नै श्रीमतीलाई गाडीमा लोड गरेर पु¥याउँछ भन्ने पनि उल्लेख थियो । त्यसलगत्तै कृष्ण मल्ल, बसुन्धरा भुषालहरु जुलुसमा निस्कीएका छन् । राजाले टेक ओभर गरेको अवस्था । सबैले बदला लिने मौका यही हो भन्ने सोचे । जनआस्था विरुद्ध पहिले टपेन्द्र हमालले सार्वजनिक अपराधमा केश दर्ता गरेको रहेछ ।
पछि त्यसलाई ज्यानमुद्दामा परिणत गरियो । म दुई वर्ष फरार नै भए नी । भेटेको भए मलाई पुर्पक्षका लागि जेल हाल्थ्यो ।मेरा सहकर्मी तितर बितर भए । सिताराम बराल राजीनामा दिएर भागीसक्या थिए । चुडामणी भट्टराई दशैं मनाउन घर गएको उता उता वेपत्ता थिए । कसले आएर पत्रिका चलाउने, बन्द गराउने नै अवस्था थियो । कार्यालय आएर तोडफोड गरिदिएको छ ।
त्यही संकटको बेला मैले ९० प्रतिशत मान्छे चिन्न र छान्न मौका पाए । मैले लुकेर पनि पत्रिका निकालीरहें । जे जस्तो अवस्थामा पनि बन्द गरीन । कोही मान्छे न्युजको कारण आफैं झुण्डीएर मर्छ भने के म ज्यानमारा हुन सक्छु र ?
नेपालको पत्रकारितामा त्यो एउटा टेस्ट केश त थियो नी । त्यतीबेला दरबारलाई सबैभन्दा बढी टाउको दुखाइको विषय नै जनआस्था पत्रिका थियो । किनकी जनआस्थाले दरबारले गरेको सानो बदमासी पनि तत्कालै उजागर गरिदिन्थ्यो ।
जनआस्थाको कन्टेन्ट केही बनिबनाउ हुन्छ, विश्वसनीय हुन्न, आरोपितको भनाइ राखीएको हुन्न, एकतर्फीजस्तो लाग्छ भनिन्छ नी ?
म आम मान्यता भन्दा फरक कुरामा विश्वास गर्छु । हाम्रो आचार संहीताले दुबै पक्षको भनाइ राख्नुपर्छ भन्छ । तर यवहारीकतामा त्यसले समस्या ल्याँउछ । कुनै व्यक्तिको सन्दर्भमा प्राप्त सुचनाका आधारमा पुष्टी गर्नलाई फोन ग¥यो भने कल डिटेल रिर्पोट लिएर फोन गरेर फाइदा माग्यो, नदिएपछि लेख्यो भन्छ । अझ त्यसअघि सकेसम्म सारा मान्छे लगाएर समाचार रोक्न घेराबन्दी गर्छ ।
हामीलाई बदनाम गर्ने त्यो उनीहरुको राम्रो हतियार बन्छ । मलाई विश्वास छ की मैले लेखेको कुरा सत्य हो, परेको कुरा म झेल्छु , कुटाइ खान परे पनि खान्छु, मुद्दा खेप्न परेपनि खेप्छु भन्ने आत्मविश्वास छ भने किन डराउने ?
आचारसंहिता त त्यस्तो अवस्थामा हुन्छ जो काल्पनिक न्युज र पूर्ण गलत समाचार लेख्नुभयो भने मात्र हो ।
होला १०–१५ प्रतिशत फ्रब्रकेशन हुनसक्छ । तर त्यसको मेरुदण्ड नै ठिक छ भने आचारसंहीता लगाएर कसी लगाएर हेर्नुपर्छ भन्ने कुरा म चाँही व्यत्तिगत रुपमा विश्वास नै गर्दिन । भर्खर भर्खरका शिकारु पत्रकारहरुले चाँही त्यो बाटोबाट जानु ठिक छ ।
तर मैले यो जीवनको ३० वर्षको पत्रकारिता आरोह अवरोहको क्रममा यस्तो धेरै बेहोरेको छु । धेरै पात्र र सन्दर्भ देखेको हुनाले यो दुइपक्षको भनाइ जुधाएर राख्ने हो भने न्युज नै कम्प्लीट हुँदैन ।
श्रीषाको केसमा पनि कोट लिएको भए पछि उसका तर्फबाट पनि भन्ने ठाँउ रहदैनथ्यो भन्ने लाग्दैन ?
त्यतीबेला भर्खर भर्खर कल डिटेल हेर्ने सिस्टम आइसकेको थियो । कान्तिपुरले श्रीषा कार्कीसंग जनआस्थाले आर्थिक, शारिरिक, मानसिक,भौतीक शोषण ग¥यो भनेर लेख्यो । त्यो सन्दर्भमा श्रीष कार्कीसंग हाम्रो एक वाक्य मात्र पनि कुरा भएको भए त्यो आरोप पुष्टी हुन्थ्यो नी झनै ।
गुणराज लुइटेल समाचार सम्पादक र युवराज घिमीरे प्रमुख सम्पादक थिए । अजय दाश र सोहन श्रेष्ठ भएर मसंग २२ मिनेटको अन्तरवार्ता लिएका थिए । सात दिन लगातार त्यो इस्युलाई उसले उछाल्यो । तर एक सेकेन्ड पनि ठाँउ दिएन ।
त्यो पत्रिकाबाट पिडित म पनि हुँ नी । जनआस्थाका पुरानो फाइल पल्टाउँदा तपाइले भेट्नुहुन्छ , तिनका विरुद्ध हामीले लेखेको । यो कैलाश सिरोहीया र विनोद ज्ञवाली के काम गर्थे, कहाँ कहाँ जान्थे, यिनका फर्नीचरको धन्दा कहिलेबाट सुरु भयो भन्ने सारा केस ३ अंक लगातार कृष्ण अविरलले जनआस्थामा लेखेका थिए । त्यो मुद्दा जिल्ला अदालत हुँदै पुनरावेदन अदालतमा अहिले पनि छ । त्यसैको प्रतिशोध मसंग लिन प्रयास गरेको भन्ने मलाई लाग्छ ।
पत्रकारिता समाजका लागि भनिन्छ, तर अधिकांश व्यत्तिको निजात्मक कथा र प्रेमिङ हुन्छ भन्ने आरोप छ नी ?
निजात्मक कुरा आउन सबैमा आँउछ । चर्चा यसमा आएपछि मात्र हुन्छ ।
निजात्मक कुरा आउन सबैमा आँउछ । चर्चा यसमा आएपछि मात्र हुन्छ ।
सम्पादकीय नीति नै त्यस्तो हो तपाँइको ?
त्यस्तो नीति नै भन्ने त होइन । जनआस्था टिम थरीथरीका फुलवारी हो । जिम्मा त मेरो नै हो । मैले जिम्मेवारीबाट भाग्न खोजेको होइन । तर म बाहिर गएको बेला त्यतीखेर विशेषगरी महिलाहरुको बारेमा अलि निर्ममतापूर्वक समाचार आँउछ । यो मैले एकदम महशुस गरेको छु ।
तर घमण्ड, गर्व वा दावीका रुपमा यसलाई लिनुहुन्न तर समाजका प्रतिष्ठीत भन्नेहरु नै बढी ढोंगी हुन्छन् । कसैले त्यस्तो धन्दा गरेका छन् भने जसले जे भनेपनि तिनका बारेमा लेख्नबाट म रोकिन्न । भेटेपछि म ठोकिहाल्छु । त्यसकारण म विवादास्पद पनि छु ।
0 comments
Write Down Your Responses