घर घरै धारा आएपछि हाँडिखोलाबाशी दंग
धारामा २४ घण्टा नै पानी आइरहेको छ । आवश्यकता अनुसार धारा सङ्ख्या थपिँदै जानेछ ।’ बि.सं २०६५ सालबाट निर्माण कार्य सुरु गरेको यस आयोजना २०७० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न समस्याको कारण ढिलो भएको उनले जानकारी दिए । ‘हामी अहिले परीक्षणको क्रममा नै रहेका छौं । २४ घण्टै धारामा पानी आउँदा स्थानीय निकै खुसी छन्’, उपभोक्ता समितिका सचिव किरण मोक्तानले जानकारी दिंदै भने, ‘पानी पुग्दो छ । हामी रेगुलर २४ घण्टा नै सबैको घरघरमा पुग्ने गरी पानी वितरण गर्न सक्षम छौं ।
’ अधिकांश तामाङ समुदायको बाहुल्यता रहेको हाँडीखोला–४ र ३ नम्बर वडाका बासिन्दाले बर्षौंदेखि खेप्दै आएको समस्या हल भएकोमा निकै खुसी लागेको सचिव मोक्तानले सुनाए । यसअघि निर्माण भैसकेका खानेपानी ट्याङ्की तथा पाइपहरुमा समेत भूकम्पको कारण क्षती पुगेकोले अहिलेदेखि नै केही समस्या देखिन थालेको भन्दै उनले यस बिषयमा डिभिजन खानेपानी तथा सरसफाई कार्यालयमा जानकारी गराइएको जानकारी दिए ।
0 comments
Write Down Your Responses