नेपालको बैकल्पिक राष्ट्रवादी शक्ति राप्रपा नै भएको दाबी : थापा
मकवानपुर,१६ मंसिर ÷ राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउनु भएको छ । राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा भएको कार्यकर्ता भेलामा बोल्दै थापाले राजनितिक दल प्रति बितृष्णा जागिरहेको बेला नेपाली जनताले एक बैकल्पिक शक्ति खोजेको र जनताले खोजेजस्तो नेपालको बैकल्पिक राष्ट्रवादी शक्ति राप्रपा नै भएको दाबी गर्नु भयो ।
यसै क्रममा थापाले संविधान कार्यन्वयनको निमित्त स्थानिय,प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ साल माघ भित्र सम्म नभए संविधान कार्यन्वयमा अवरोध खडा हुने उहाँको भनाई रहेको थियो । उहाँले आगामी चैत भित्र स्थनयि निकायको चुनाव घोषणा गर्नको लागि राप्रपाले चाहेको बताउदै पटक पटक सरकार समक्ष आग्रह गरिरहेको र यस कार्यमा राष्ट्रिय प्रजातन्त्र पाटि नेपालले सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले मुलुकलाई हिन्दु राष्ट्र बनाउने एकिकृत राप्रपाको प्रमुख लक्ष्य भएको बताउनु भएको छ ।
0 comments
Write Down Your Responses