भुल्नै नसकिने उत्तरी क्षेत्रको भ्रमण (फोटो फिचर सहित)
रुपक कालिराज |
हेटौडा, ४ मंसिर मकवानपुरको हेटौँडामा अवस्थित सामाजिक कार्यमा क्रियाशिल रहेको लियो क्लव अफ हेटौडा भुटनदेविले पिकनिकको कार्यक्रम आयोजना ग¥यो । लियो क्लवका सकृय जवान लियो सुविन डंगोलको नेतृत्वमा मंसिर ३ गते हेटौडाबाट मकवानपुरको थाहानगर,मार्खु र कुलेखानीका रमणीय दृश्य अवलोकन गर्नका लागि लियो क्लव अफ हेटौडा भुटनदेविका सदस्यहरुको सहभागितामा हेटौँडाबाट त्रिभुवन राजपथ भैँसे, चुनियाँ, नामटार हुँदै २ हजार ६ सय मिटर उचाईमा रहेको सिमभन्ज्याङमा पुग्यौँ । सिमभन्ज्याङको चिसो र मनोरम हावासँगै एसिया कै पहिलो अडियो टावरबाट सञ्चालित रेडियो, रेडियो पालुङको वारेमा बुझ्ने प्रयास गर्दै उच्च आठ हिमशृंखला अवलोकनका लागि भ्यु टावर पुग्यौँ ।
हामी त्यहाँ पुग्दा धेरै आन्तरिक तथा वाह्य पर्यटकको घुइचो रहेको थियो । त्यहि घुइचोमा हामी हेटौडाका सामाजिक कार्यमा अग्रसर रहेको लियो क्लवका मेम्बरहरु भ्यू टावरमा चढ्ने प्रयास ग¥यौँ । म (रुपक कालिराज) त थाहानगरमा विगत लामो समय सम्म कर्मको थलो बनाएर वसोवास गर्दै आइरहेकोले मलाई नै सबैले थाहानगर तथा आसपासका ठाँउहरुको वारेमा सबैले सोध्ने प्रयास गर्नु हुन्थ्यो र मैले आफुले जानेको सुनेको र विगतमा आफुले लेखिएका वारेमा सबैलाई बुझाउने प्रयासरत थिए ।
मकवानपुर जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय तथा कृषि क्षेत्र हो । भरपूर प्राकृतिक दृष्टिकोणले पनि लोभलाग्दो छ । यस ठाउँमा घुम्न वर्षेनि लाखौं आन्तरिक एवंम बाह्य पर्यटकहरू आउने गर्दछन् । दामनमा अवस्थित भ्यू टावरबाट सगरमाथा हिमाल प्रष्ट हेर्न सकिने भएकाले पनि यस दामन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । हिमालमा हिउँसँग खेल्दाको रमाइलो देखि देश नेपालको उच्च स्थानमा रहेको अग्लो अनि चुचुरो सगरमाथा हेर्न पाउँदा पर्यटकहरू वर्षेनि यस ठाउँमा आएर बस्ने, घुम्ने, खाने गर्दछन् भन्दै बुझाउदै गर्दा लियो क्लव अफ हेटौडा भुटनदेविका सह–सचिव अनिल अधिकारीले दामनबाट देखिने दृश्य र शहरका कोलाहल र तनावबाट मुक्ति लिनको लागि एउटा केन्द्रविन्दु भएकोे भन्दै यस क्षेत्रको बयान गर्नको लागि कुनै शब्द समेत नरहेको बताउनु भयो ।
हामी त्यस ठाउँमा केहि समय विताए पश्चात् थाहानगरको शिखरकोट तर्फ प्रस्थान ग¥यौँ । त्यहाँको वारेमा केहि जानकारी गराए पश्चात् हामी थाहानगर (दामन,पालुङ,वज्रबारही) हुदैँ मार्खु गाविसका लागि हिँडियो । बाटोमा गीत गाउदैँ , नाच्दँै र रम्दैँ हिड्याँै । विहान ७ वजे हिडेको हामी मार्खुमा लगभग दिउँसो २ वजे पुग्यौँ । हामी मार्खु पुग्दा निकै थाकेका थियौँ ।
नेपालमा महत्वपूर्ण विद्युत आपूर्ति गर्दै आएको इन्द्रसरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयबाट निस्कने कुलेखानी जलविद्युत सँगै प्रकृतिले बनाएका जलाशय र तालहरु बाहेक यति ठूलो ताल नेपालमा मान्छेले बनाउन सकेका छैनन् । त्यहि ताल सँगै जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्र मार्खुमा घुम्नको लागि सबै हतार गर्दै हुनुहुन्थ्यो । र हामी मार्खु पुग्नासाथ हाम्रा आत्मिय साथी सुविन डंगोलले वास वस्ने होटेलको लागि बुझ्न हिड्नुभयो ।
र त्यो दिन हामी सबै मार्खुको ताल छेवैमा रहेको होटेलमा वस्ने निर्णय ग¥यौँ । त्यहि वस्ने निर्णय पश्चात् हामी कोठा हेर्नतर्फ लाग्यौँ । कोठा चारैतिर सुन्दर ताल देखिने ठाउँमा रहेछ । त्यस होटेलमा केहिछिन आराम गरेपश्चात् हामी मार्खुको सुन्दर तालमा ढुङगा चढ्नको लागि हिड्यौँ । कुलेखानी मार्खु यति सुन्दर छ कि जसको व्याख्या गरिरहनु सूर्यका सामु दियो देखाउनु जस्तो हुन्छ ।
त्यस तालमा ढुङगा खियाउदै रमाउदै हामी करिव ३० मिनेट विताएका थियौँ । साथीहरु भने मोवाईलमा फोटो कैद गर्नमै व्यास्त थिए । त्यहाँ फोटो खिचाउदै गर्दा म भने मार्खुको बारेमा त्यहाँका स्थानियसँग बुझ्ने प्रयासरत थिए । केहि जानकारी लिए पश्चात हामी त्यहि दिन नै चर्चित क्षेत्र भेडाफाम तर्फ लाग्यौँ ।
मार्खुबाट लगभग २० देखि २५ मिटर अग्लो तथा डरलाग्दो उकालो बाटो जानुपर्ने रहेछ । मलाई त सानै देखि हिडेर विताएको मान्छे त्यति गाह्रो भएन तर हाम्रा साथीहरुलाई भने निकै नै गाह्रो भएको थियो । त्यस उकालो पैदल यात्रामा जादैँगर्दा भेडाफार्म सम्म पुग्न हामीलाई ३० मिनेट भन्दा वढि लाग्यो ।
मार्खुको उपत्यका, थाहानगर तथा वज्रवराहीको दृश्य अवलोकन गर्न सकिने स्थान भेडाफाम , धेरै पटक सुनियो,समाचार पढियो तर पनि म भने गएको थिइन सारै रमाइलो रहेछ ।
त्यस ठाउँमा धेरै आन्तरिक तथा वाह्य पर्यटकहरु हेर्दै हुनुहुन्थ्यो । चारै तिर घुमे पश्चात् मलाई यतै तिर घर बनाएर बसैँझै पनि लाग्यो त्यस रमाइलो दृश्य देखेर । सम्भव नभए नि यो मनले सोच्न भने मज्जाले सोच्यो ।
त्यसै बखत त्यस ठाउँमा घुम्नको लागि ललितपुरको निम्स कलेजका साथीहरु पनि आएका रहेछन्् । उहाँहरुसँग चिनजान गरेँ सँगै आ–आफ्नो मोवाइलमा हामी सबैको तस्विर आउने गरि कैद ग¥यौँ र समाजिक सञ्जालमा जोडिने प्रयास समेत ग¥यौँ ।
त्यसपछि हामी रमणीय संसारमा हराउँदै २ घण्टा जति त्यस ठाउँमा वितायौँ । त्यस पछि पूनः बासस्थान मार्खु वजारमा गयौँ ।
हामी आ–आफ्नो कोठामा वस्ने तयारी गर्दै गर्दा हाम्रो योजना भने त्यस ठाउँमा रमाइलो गर्ने नै थियो । हामी सबै मिलेर दाउरा बाली खानोकुरा खाँदै केहि समय विताउने सोच बनायौँ । सो अनुरुप दाउरा जोहो गर्ने तर्खरमा लाग्यौँ र दाउरा पनि सहजै मिलिहाल्यो । हामी क्याम फाएर गर्न तर्फ लाग्यौँ । थकाइ भने अत्याधिक लागेको महशुस भइरहेको थियो तर पनि गाउदै नाँच्दै रमाउँदै करिव ४ घण्टा वितेको पत्तै भएन ।
त्यस पछि सबैको सल्लाहमा आआफ्नो विस्तारामा गयौँ र सुत्यौँ । त्यस दिन पनि रमाइलोसँग वित्यो ।
भोलिपल्ट विहान साथीहरु मार्खुको अर्को रमणीय दृश्य जव कि मार्खु जाँदा त्यस ठाउँमा नजाने कमै होला, जुन स्वीस नेपालको सहयोगमा बनाएको रहेछ । तपाईलाई नि के होला भन्ने जिज्ञासा भने पक्कै उब्ज्योे होला, त्योे २ सय २६ मिटर लामो झोलुङ्गे पुल हो । झोलुङ्गे पुलबाट हेर्दाको मज्जा बेक्लै थियो ।
त्यो पल म कहिले विर्सिन्न होला । सार्थीहरु त्यस ठाउँको पनि फोटो कैद गरिसके पश्चात् हामी खाजा खानको लागि होटेलतिर गयौँ । खाजा तयार भई नसकेकोले हामी आराम गर्नको लागि रुम तिर गयौँ ।
र खाजा केहि समय पछि तयार भयो र खाजा खादँै रमाइलो गफ गर्दै थाहानगरको रमणीय दृश्य पानोरामा जाने निर्णय स्वरुप हामी १० वजे गाडि चढि रमाइलो गर्दै थाहानगर हाकियौँ ।
थाहानगर शंकमुल तथा रमनिय दृश्य हेदै दामनको मेरा आत्मिय दाई शिवकुमार खत्रीको गौरी शंकर होटेलमा एक्कासी बाटोमा खाना खाने निर्णय भयो सोहि अनुरुप खाना खायौँ र उत्तरी भेगकै एक मात्र सुविधा सम्पन्न रिर्सोट पानारोमामा गयौँ र त्यस ठाउँको वारेमा मैले जानेको सम्पूर्ण साथीहरुलाई बुझाउने प्रयास गरँे ।
खिचे पश्चात लागियो अब हेटौडा ।
त्यति सुन्दर ठाउँ छोडेर आउदा सारै नरमाइलो लाग्यो भन्ने साथीहरु पनि भेटेँ । यसरी कुरा गर्दै गीत गाउँदै नाँच्दै रमाउँदै एक रात दुई दिनको यात्रा पछि पुनःमकवानपुर हेटौडांको कोलाहलमा छिर्यौं ।
आँखा, मन मस्तिष्क भरि रमाइला सम्झनाले भरिएका छन । लियो क्लवका सकृय सदस्य तथा रेडियो निकासका कोषाध्यक्ष समेत रहेका अर्जुन सञ्जेलले भने छोटो समयमा यति धेरै अनुभव कहिल्यै भएको थिएन । अब मलाई जहाँ जान पनि सक्छु भन्ने आँट आयो सर । मकवानपुर जिल्ला विचित्रै छ है र लाग्छ पनि उहाँले भन्नु भयो । यसरी घुम्ने रस बसेपछि फेरि पनि जाने हो भन्दै हुनुहन्थ्यो । अब अर्को नयाँ ठाउँमा जाने योजना बनाउदै छुट्टियौं हामी आ–आफ्ना घरतिर ।
पिकनिक कार्यक्रममा रेडियो निकासका कोषध्यक्ष अर्जुन सञ्जेल,रेडियो आकाश गंगाका समाचार प्रमुख तथा लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष अर्जुन लामिछाने,उपाध्यक्ष रोहित गुप्ता, जनसम्र्पक अधिकृत रुपक कालिराज, सह सचिव अनिल अधिकारी सिम्रिक व्याण्डका संयोजक आषिश लामा लगायको सहभागिता रहेको थियो ।
र त्यो दिन हामी सबै मार्खुको ताल छेवैमा रहेको होटेलमा वस्ने निर्णय ग¥यौँ । त्यहि वस्ने निर्णय पश्चात् हामी कोठा हेर्नतर्फ लाग्यौँ । कोठा चारैतिर सुन्दर ताल देखिने ठाउँमा रहेछ । त्यस होटेलमा केहिछिन आराम गरेपश्चात् हामी मार्खुको सुन्दर तालमा ढुङगा चढ्नको लागि हिड्यौँ । कुलेखानी मार्खु यति सुन्दर छ कि जसको व्याख्या गरिरहनु सूर्यका सामु दियो देखाउनु जस्तो हुन्छ ।
मार्खुको उपत्यका, थाहानगर तथा वज्रवराहीको दृश्य अवलोकन गर्न सकिने स्थान भेडाफाम , धेरै पटक सुनियो,समाचार पढियो तर पनि म भने गएको थिइन सारै रमाइलो रहेछ ।
हामी आ–आफ्नो कोठामा वस्ने तयारी गर्दै गर्दा हाम्रो योजना भने त्यस ठाउँमा रमाइलो गर्ने नै थियो । हामी सबै मिलेर दाउरा बाली खानोकुरा खाँदै केहि समय विताउने सोच बनायौँ । सो अनुरुप दाउरा जोहो गर्ने तर्खरमा लाग्यौँ र दाउरा पनि सहजै मिलिहाल्यो । हामी क्याम फाएर गर्न तर्फ लाग्यौँ । थकाइ भने अत्याधिक लागेको महशुस भइरहेको थियो तर पनि गाउदै नाँच्दै रमाउँदै करिव ४ घण्टा वितेको पत्तै भएन ।
त्यस पछि सबैको सल्लाहमा आआफ्नो विस्तारामा गयौँ र सुत्यौँ । त्यस दिन पनि रमाइलोसँग वित्यो ।
भोलिपल्ट विहान साथीहरु मार्खुको अर्को रमणीय दृश्य जव कि मार्खु जाँदा त्यस ठाउँमा नजाने कमै होला, जुन स्वीस नेपालको सहयोगमा बनाएको रहेछ । तपाईलाई नि के होला भन्ने जिज्ञासा भने पक्कै उब्ज्योे होला, त्योे २ सय २६ मिटर लामो झोलुङ्गे पुल हो । झोलुङ्गे पुलबाट हेर्दाको मज्जा बेक्लै थियो ।
र खाजा केहि समय पछि तयार भयो र खाजा खादँै रमाइलो गफ गर्दै थाहानगरको रमणीय दृश्य पानोरामा जाने निर्णय स्वरुप हामी १० वजे गाडि चढि रमाइलो गर्दै थाहानगर हाकियौँ ।
त्यति सुन्दर ठाउँ छोडेर आउदा सारै नरमाइलो लाग्यो भन्ने साथीहरु पनि भेटेँ । यसरी कुरा गर्दै गीत गाउँदै नाँच्दै रमाउँदै एक रात दुई दिनको यात्रा पछि पुनःमकवानपुर हेटौडांको कोलाहलमा छिर्यौं ।
आँखा, मन मस्तिष्क भरि रमाइला सम्झनाले भरिएका छन । लियो क्लवका सकृय सदस्य तथा रेडियो निकासका कोषाध्यक्ष समेत रहेका अर्जुन सञ्जेलले भने छोटो समयमा यति धेरै अनुभव कहिल्यै भएको थिएन । अब मलाई जहाँ जान पनि सक्छु भन्ने आँट आयो सर । मकवानपुर जिल्ला विचित्रै छ है र लाग्छ पनि उहाँले भन्नु भयो । यसरी घुम्ने रस बसेपछि फेरि पनि जाने हो भन्दै हुनुहन्थ्यो । अब अर्को नयाँ ठाउँमा जाने योजना बनाउदै छुट्टियौं हामी आ–आफ्ना घरतिर ।
पिकनिक कार्यक्रममा रेडियो निकासका कोषध्यक्ष अर्जुन सञ्जेल,रेडियो आकाश गंगाका समाचार प्रमुख तथा लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष अर्जुन लामिछाने,उपाध्यक्ष रोहित गुप्ता, जनसम्र्पक अधिकृत रुपक कालिराज, सह सचिव अनिल अधिकारी सिम्रिक व्याण्डका संयोजक आषिश लामा लगायको सहभागिता रहेको थियो ।
सेल्फि हान्दै ललितपुरका नयाँ साथीसँग |
सुन्दर झोलुङगे फुलमा रमाउदै |
संस्थाका उपाध्यक्ष रोहित गुग्ताको साथमा ढुङगा खियाउदैँ |
मार्खुमा खाना खाँदै |
मानव निर्मित ताल |
markhu |
0 comments
Write Down Your Responses