एमाले मकवानपुरको ४ महिने अभियानका कमाण्डर को को ?
हेटौंडा, ३० कात्तिक । नेकपा(एमाले) मकवानपुर जिल्ला कमिटीले चार महीने पार्टी अभियान सञ्चालन गर्ने भएको छ । हालै सम्पन्न पार्टी जिल्ला कमिटी बैठकले अभियान सञ्चालनका लागि कमाण्डरहरु तोकेको छ ।
उपाध्यक्ष बद्रीप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधान कार्यान्वयन एमालेको अभियान’ नारा तय गरेको छ । संविधान कार्यान्वयनका लागि हरेक टोलटोलका जनतासम्म पुग्ने अभियान अन्तर्गत यो अभियान ल्याइएको बताइएको छ ।
एमाले मकवानपुरको बैठकबाट अभियानका संचालनका लागि मकवानपुरका प्रस्तावित नगरपालिका र गाउँपालिमा अभियान संयोजक र उपसंयोजक तोकेको छ । एमालले मकवानपुरको थाहानगरमा संयोजक विष्णु ढकाल र सहसंयोजक रामचन्द्र बललाई तोकेको छ भने इन्द्रसरोवर गाउँपालिकामा संयोजक मदनकुमार दाहाल, सहसंयोजक हिदम लामालाई तोकेको छ ।
त्यस्तै भीमफेदी गाउँपालिकामा संयोजक श्रीधर पोखरेल, सहसंयोजक भगवती पुडासैनी, कैलाश गाउँपालिकामा संयोजक लालबहादुर थापा, सहसंयोजक गौतमबुद्ध लामालाई तोकेको छ ।
यसैगरी बाग्मती गाउँपालिकामा संयोजक अणराज जर्घामगर, सहसंयोजक तिलक अधिकारी, बकैया गाउँपालिकामा संयोजक कमल विष्ट, सहसंयोजक अनिल बानियाँ, हर्नाहटिया विशेष इलाका कमिटी संयोजक गोपाल श्रेष्ठ, सहसंयोजक पद्मा पौडेल, पूर्वीनगर विशेष इलाका कमिटी संयोजक हरिबहादुर महत, सहसंयोजक गायत्री सुवेदी, पश्चिम विशेष इलाका कमिटी संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक फुर्वा दोर्जे लामा, मकवानपुरगढी संयोजक बद्रिप्रसाद लम्साल, सहसंयोजक नवीन सिग्देल, राक्सिराङ संयोजक गोविन्द चेपाङ, सहसंयोजक नवराज सुवेदी तोकिएका छन् ।
बैठकले मनहरी संयोजक मिना लामा, सहसंयोजक राजाराम स्याङ्तान, मोर्चा संगठन संयोजक जुनेली श्रेष्ठ, सहसंयोजक सुनिल मुक्तान, पेशागत विशेष इलाका कमिटी संयोजक टिपी रुपाखेती, सहसंयोजक शार्दुल शर्मा, मजदुर विशेष इलाका कमिटी संयोजक मधुसुधन खतिवडा, सहसंयोजक अर्जुन ढुङ्गेल तोकिएको छ ।
नेकपा एमाले मकवानपुरले पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समितिबाट सिफारिस गरिएको गाउँपालिका र नगरपालिकालाई केन्द्रहरुलाई समर्थन गरेर अघि बढ्ने बताएको छ । पार्टीको केन्द्रीय कमिटिद्वारा सञ्चालित संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान–२०७३ प्रभावकारी ढंगले सञ्चालन गर्न सोही अनुसार जिम्मेवारी बाँडीएको बताइएको छ ।
अभियानका टोलीमा जिल्ला सदस्यहरु, निर्वाचन कमिटी र लेखा कमिटीका सदस्यहरु, जिल्ला विभागका सदस्यहरु, पार्टी नगर, इलाका कमिटीका सदस्यहरु, शाखा कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्षहरु रहने जिल्ला कमिटीका सचिव एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले केन्द्रीय सल्लाहकार सदस्य ललित बस्नेतको संयोजकत्वमा १५ सदस्यीय अभियान अनुगमन समिति समेत गठन गरिएको एमाले मकवानपुरले जनाएको छ ।
0 comments
Write Down Your Responses