प्राधिकरणले सुचना दिएन, पत्रकार हुमागाँइद्धारा पुनः उजुरी
हे
टौंडा । राष्ट्रिय सूचना आयोगले सूचना दिनु भनेर आदेश दिँदा समेत नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाले पत्रकार हरि हुमागाँईलाई सूचना दिएको छैन ।
सूचना आयोगको आदेश पत्र दर्ता गरेको सात दिन भित्रमा हुमागाँईलाई सूचना दिनु भनेर दिइएको आदेशको आठौ दिन सम्म पनि विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख ईन्जिनियर पद्मकान्त झा र सूचना अधिकारीले सूचना उपलब्ध नगराएका हुन् ।
मकवानपुर आमभन्ज्याङ ३ निवासी हुमागाईले मागेको सूचना दिनु भनेर राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयूक्तहरु किरण कुमार पोख्रेल र यशोदादेवि तिम्सिनाले आदेश दिनुभएको थियो ।आयोगले दिएको आदेश यही असोज ४ गते नेपाल बिद्युत प्राधिकरणको क्षेत्रिय कार्यालय हेटौडामा ५ सय ३३ नंम्बरमा दर्ता समेत भएको थियो ।
दर्ता भएको मितिले सात दिन भित्र सुचना उपलब्ध गराउनुपर्ने भएपनि प्रमुख ईन्जिनियर झाले सूचना आयोगलाईला नै सूचना उपलब्ध गराएको झुट्टो जवाफ दिएका छन् । आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले भने प्राधिकरणले हुमागाँईलाई दिनुपर्ने सूचना आयोगमा नपठाएको बताउनुभएको छ ।
बितेको आर्थिक बर्ष अर्थात आर्थिक बर्ष २०७२।७३ मा क्षेत्रिय कार्यालय अन्तरगतका जिल्लाको फिडरै पिच्छे बितरण भएको बिद्युत युनिट, खपत गरेको युनिट र चुहावट युनिट कति हो ? भनेर हुमागाँईले सूचना माग गर्नुभएको थियो ।
त्यो सूचना मौखिक रुपमा माग्दा उपलब्ध नगराएपछी लिखीत रुपमा मागिएको थियो ।आयोगको आदेशको पालना नभएपछी पत्रकार हुमागाँईले राष्ट्रिय सूचना आयोगलाई संबोधन गरेर सूचना नदिने बिद्युतका प्रमुख झा र सूचना अधिकारीलाई कार्बाहीका लागि माग गर्दै निबेदन दर्ता गराउनुभएको छ । सूचना नदिदा भोग्नुपरेको कठिनाईको क्षतिपुर्ति, जरिवाना रकम तिराउन समेत निबेदनमा माग गरिएको छ ।
कानुन अनुसार सूचना नदिने कार्यालय प्रमुख र सूचना अधिकारीलाई कार्बाहीका लागि आदेश दिने प्रमुख सूचना आयुक्त बाँस्कोटाले बताउनुभयो । कार्बाहीको लागि पत्र लेखिसकेपछी पनि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई आयोगबाट पत्र लेखेर समेत सूचना उपलब्ध गराईने सूचना आयोगका उपसचिब बाबुराजा श्रेष्ठले बताउनुभयो ।
0 comments
Write Down Your Responses