उत्पादन जनशक्ति समृद्धिको पहिलो आधार : श्रेष्ठ
“भारतले आँखा चिम्लीदाँ, हाम्रो चुल्हो बल्दैन”
हेटौंडा, १९ साउन । नयाँ शक्ति नेपाल ३ नं प्रदेशका संयोजक गंगा नारायण श्रेष्ठले जनशक्ति उत्पादनशिल भएपछि मात्र समृद्धिको पहिलो आधार पुरा हुने बताउनु भएको छ । हेटौंडामा राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा विस्तारित बैठकमा बोल्दै विगतमा राजनैतिक दलले जनतालाई बिर्सेको तर्र्फ इंगित गर्दै संयोजक श्रेष्ठले रुखले जंगललाई र जंगलले रुखलाई विर्सने परिपाटीको कारण हाम्रो देश व्यक्ति विनाको समाज र समाज विनाको राज्य जस्तो भएको बताउनु भयो । “यस्तो परिपाटीलाई अन्त्य गरि दुवै तत्वलाई एक सिक्काका दुई पाटो बनाई नयाँ शक्ति पार्टीले सन्तुलित भूमिका निर्वाह गर्नेछ” श्रेष्ठले बताउनुभयो । भारतले आखाँ झिम्क्याउँदा हाम्रो चुल्हो बल्दैन भन्दै श्रेष्ठले नयाँ शक्तिले बैचारिक, दार्शनिक र कार्यक्रमिक एजेण्डा सँगै समृद्धिको आधार तय गर्न उत्पादनलाई समन्यायिक ढंगले वितरण गर्ने व्यवस्था ल्याउने स्पष्ट पार्दै प्राकृतिक प्रचुर सम्भावनाका ८३ हजार मेघावाटको विद्युत उत्पादन क्षमता, जडिबुटि र जंगललाई उत्पादनमा बदल्नु पर्ने आवश्यकता समेत रहेको बताउनुभयो ।
संघिय जनमुक्ति पार्टी सँगको जिल्ला एकता बैठक समेत रहेको कार्यक्रममा ३ नं प्रदेशका सहसंयोजक रबिन्द्र थिङले सबै नेपालीलाई दिगो विकासको प्रक्रियामा लैजान नयाँ शक्ति पार्टी आवश्यक रहेको औल्याउनु भयो । त्यस्तै अर्का सहसंयोजक सोनाम सिं स्याङतानले सबैले जनताको मन जित्ने कार्य गर्नुपर्नेमा जोड दिनुभयो । सहसंयोजक मनु हुमागाईले पार्टीभित्र सहकारी अवधारणा विकास गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला एकता बैठकमा तेम्रेल तामाङ, पाल्साङ बज्रलामा लगायतले प्रशिक्षणात्मक भनाई राख्नु भएको थियो । जिल्ला संयोजक प्रल्हाद लामिछानेको अध्यक्षतामा भएको विस्तारित बैठकमा, मिनु वाइवा, अमृत थिङ, जीवनमान मोक्तान, टंक हिमडिङ, राजकुमार वाइवा, निबन्ध लामा, ज्योति रायमाझि, विवेक वाइवा, शेरबहादुर पहरी लगायतको उपस्थिति रहेका थियो ।
पार्टी घोषणा पश्चात पहिलो पटक सञ्चालन भएको जिल्ला विस्तारीत बैठकले पुरानो ढाँचालाई परिवर्तन गर्दै अन्तरिम जिल्ला परिषद् लाई जिल्ला परिषद् र जिल्ला सचिवालयलाई जिल्ला कार्यकारी समिति बनाएर संख्या समेत विस्तार गरेको नयाँ शक्ति मकवानपुरले जनाएको छ । संघिय जनमुक्ति पार्टी सँगको एकता बैठकमा प्रल्हाद लामिछाने नै संयोजक रहने गरि सह संयोजकत्रय ज्योति रायमाझि, विवेक वाइवा र जिवनमान मोक्तान सहित १ सय ९१ जना जिल्ला परिषद् सदस्य तथा ५१ सदस्यिय जिल्ला कार्यकारी समिति विस्तार गरेको छ । संयोजक प्रल्हाद लामिछानेका अनुसार क्षेत्रिय संयोजकहरु क्षेत्र नं १ हरि कँडेल र संयोजक प्रेम बहादुर बोम्जन, क्षेत्र नं २ संयोजक इन्द्र श्रेष्ठ र सह संयोजक धु्रब ढकाल, क्षेत्र नं ३ संयोजक मिहिन बहादुर लामा र सहसंयोजक धर्मराज पुडासैनी, क्षेत्र नं ४ संयोजक प्रकाश मैनाली र सहसंयोजकहरु अबिरल थिड र इमान सिड थिड रहेका छन् । त्यसैगरि पुर्वि हेटौंडा उपमहानगर संयोजक डिबि थापा, पश्चिमि हेटौंडा उपमहानगर संयोजक राजकुमार वाइवा र सहसंयोजक राजकुमार भेटवाल, थाहा नगर संयोजक सुजन रायमाझि र सहसंयोजक जयराम केसी लाई तोकेको छ । विस्तारित बैठकले संगठन, पुननिर्माण, राष्ट्रिय मामिला, आर्थिक, स्वास्थ्य तथा योग साधना लगायत १९ वटा विभागको संयोजक तोकेर जिम्मेबारी समेत तोकेको लामिछानेले जानकारी दिनुभयो । पार्टीको केन्द्रिय सर्कुलर अनुसार भदौ अन्तिम सम्ममा गाउँ कमिटि निर्माण गरिसक्ने र १ हजार ५ सयको संस्थापक सदस्यलाई तिनगुणा बढाएर ४ हजार ५ सय बनाउने अभियान आजै बाट शुरु भएको समेत लामिछानेले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses