इलामको सौन्दर्यमा तीन दिन रमाउँदा.....
खिलनाथ ताजपुरिया |
कंक्रिटको जंगल काठमाडौंबाट टाढा हुन पाउनु सबैको आकाङ्क्षा नै हो । थोरै दिनलाई नै सही । हामीले पनि तीन दिनको लागि काठमाडौंबाट टाढा हुने योजना बनायौं ।
योजना थियो झापा हुँदै इलाम घुम्ने । रातको थकानले हामीले पहिलो दिन झापामै अलिअलि घुमेर बितायौं भने दोस्रो दिन बिहानै इलामतिर लाग्यौ ।
हामी झापाबाट १ घण्टा उकालो बाटोमा ती वन जंगलको हरियाली चुम्दै इलाम पुग्यौं । चिया बगानमा चल्ने सिरीरी हावाले हाम्रो मन मष्तिस्क नै शान्त भयो । हामी प्रफुल्लीत भयौं अनि ओठमा मुस्कानको मात्रा थपिदै गयो ।
घरैपिच्छे सुपारीको बगान देखिदै जाँदा शान्त वातावरणमा त्यो कोइलीको सुरिलो गुञ्जनले शरिरका हाम्रा हरेक अंगमा आनन्दको स्पर्श ग¥यो । राजधानी काठमाडौंको धुलो, धुवा अनि त्यो अव्यव्यस्थित फोहोरले डेरा जमाइरहेको शरिरमा स्पर्श गरेपछि हामी अर्कै स्वर्गमा पुगेको अनुभुती गर्न थाल्यौं । छिनछिनमै बदलिरहने पहाडको चिसो मौसमले हामी प्रकृतीको जन्मभूमीमै भएको महशुस गर्न थाल्यौं ।
छिनमै पानी, छिनमै हुस्सु–कुहिरोले चियाबगानमा लुकामारी खेल्दा हामी पनि मौसमसंगै लुकामारी खेल्न थाल्यौं । पानीमा भिज्दै चियाबगानमा आफ्नो शरिरलाई समर्पित गरिरहेको क्षण हामीसंगै भएका साथीहरुले आफ्नो क्यामेरामा कैद गरेको मैले पत्तै पाइन ।
झापा गौरादहबाट बिहान ६ बजे हामी इलामका लागि प्रश्थान गरेका थियौं । महाभारत र शिवालिक पर्वतश्रृखलाको पुर्व दक्षिणको काखमा अवस्थित सुदुरपूर्वी पहाडी जिल्ला इलाम बजार पुग्दा मध्यान्ह १२ बजेको थियो ।
चियाबारी , मठमन्दिर , नदीनाला तथा अन्य प्राकृतिक सजावटले भरिपूर्ण रमणीय इलामले हामीलाई भोक तिर्पा नै भुलायो । उक्त रमणीय वातावरणमा लुकामारी गर्दै आनन्द लिँदा हामीलाई भोक तिर्खाको महसुस नै भएन । रात्री समयमा त्यहाँको वातावरणमा रमाउन हामी एक चियाबारी कटेजमा बस्ने बन्दोबस्त ग¥यांै । भोक मेटाउन भनी नास्ता गर्दै गर्दा फेरी मौसमले लुकामारी खेल्न बिन्ती ग¥यो । त्यो वातावराणमा हामीले चिया टिप्दै गरिरहनुभएका दिदिहरुसंग अनि सिमसिमे पानीसंग भावना साट्यौं । त्यो आत्मिय सुमधुर सम्बन्ध गाँस्दाको क्षण वास्तवमै सम्झनालायक थियो ।
फाट्टफुट्ट देखिएका ति सुकेका सल्लाका रुखहरु अनि ति रंगिविरगीं सजिएका चिहानहरु देख्दा लाग्थ्यो स्वर्ग बनाउन उनीहरु पनि सजिएका छन् यहाँ । आहा !! स्वर्गको एक भाग इलाम सजिएको ।
झापाको समथर तातो भूभाग गौरादहमा हुर्केको मलाई इलामको चिसो हावाले जाडो नहुने कुरै भएन । त्यसमाथि सिमसिमे पानीको छर्रा । निलो आकाश , विभिन्न आकृती बनाएर बसेको त्यो सेतो बादल , अनि त्यहाँको किराती बासिन्दासंगको मिठो बोली र मिठो खानाले मन नै लठ्ठियो ।
नेपाल एकीकरण हुनु अघि इलाममा राई र लिम्बु जातीको किराँत राज्य थियो भनिन्छ । हामीले त्यहाँको बासिन्दासंग पनि घुलमिल गर्ने मौका पायौं । आस्था एवं पवित्रताकी देवी पाथिभरा माताको दर्शन गर्नका लागि धेरै वर्ष अगाडीदेखी नै मेरो मन गुम्सिरहेका थियो । त्यसैले त्यो मौका मैले खेर जान दिइन । एक हातमा फूलको थाली अनि अर्को हातमा क्यामेरा । त्यो उकालो सिँढीमा विश्राम गदै साथी उषा र रेबतीको तस्वीर क्यामेरामा कैद गर्दै गए म । त्यसो गर्दा जुकाले पनि हामीलाई माया भाव देखाउन भ्याएछ ।
दिउँसोको सम्झनालायक वातावरणले रातको समयमा पनि झल्झली याद आइरह्यो । रातको हल्का चिसोपना साथै सेतो चम्किलो जुनले फेरी पनि त्यही स्वर्गको आभास दिलाएको थियो । मनले ‘कहाँ आइपुगे म ? मलाई रमाउन दे यै स्वर्गमा ।’ आफैसंग बोलिरहेको म, साथीहरुको भोली एकाविहानै काठमाडौं फर्किने भन्ने कुराले झसंग भए ।
हामी सबै इलामको एक दिने बसाइ । तर अविश्मरणीय । काठमाडौं फर्किने योजना वास्तवमै इलामको मोहले बिर्सिएका थियौ । साथी रोहितले गितार अनि शुशिलले गीत गाँउदा चम्किलो जुन पनि हामीलाई साथ दिदै नजिक भएको अनुभुति भयो । सुन्दरताको मोहले हामीलाई यतिसम्म बाधिँसकेको थियो की हामीले काठमाडौं नै बिर्सिसकेका थियौ ।
वास्तवमै स्वर्गको आनन्द लिने हो भने इलाम गए पुग्छ । जहाँ प्रकृतिको सजावटमा कुनै कमी नै छैन । हामी भोलिपल्ट बिहान ५ बजे नै त्यहाँबाट हिड्यौ । हामी जति इलामबाट टाढा हुँदै थियौ त्यति नै निलो आकाशमा बादलले फेरी पनि विभिन्न आकृति बनाउँदै हामीलाई टाढा नजान आग्रह गर्दै थियो । हाम्रो मन वास्तवमै इलामको स्वर्गबाट टाढा हुन खोज्दा खिन्न हुँदै थियो ।
कन्याम आइपुग्दा हत्त न पत्त गाडी रोकी हाँसिरहेको बादललाई फेरी फर्किने बाचा गर्दै हामी सबैले क्यामेरामा तस्विर कैद ग¥यांै । भोलीका दिनमा बाचा निभाउँदा छिनभरमै लुकामारी खेलेको त्यो बादलले हामीलाई चिन्ला या नचिन्ला ?यो प्रश्नले मेरो मन एकाग्र भइरहेको छ ।
(ताजपुरीया मदन भण्डारी कलेजका आमसञ्चार तथा पत्रकारिता विभागका प्रशिक्षार्थी पत्रकार हुन् ।)
0 comments
Write Down Your Responses