मकवानपुरमा नयाँ शक्तिको संगठन बढ्दै , युवा संगठनको संयोजकमा रिमाल
हेटौँडा, २० चैत । नयाँ शक्ति नेपाल मकवानपुरको युवा संगठन गठन गरिएको छ । शनिबार हेटौँडामा भएको भेलाले सुवोध रिमालको संयोजकत्वमा ६३ सदस्यीय तदर्थ समिति निर्माण गरेको हो ।
युवा संगठनको सदस्यमा लक्ष्मण न्यौपाने, सागर न्यौपाने, अनिल राई, ध्रुव देवकोटा, राम पुडासैनी, रघुनाथ लामिछाने, महेश राई, जनक राई, पाल्साङ गुरुङ, चण्डिका ढकाल, राजु दुलाल, विजय गौतम लगायत रहेका छन् । नयाँ शक्ति मकवानपुरका संगठन विभाग प्रमुख शेरबहादुर पहरीले युवा संगठनको संयोजकसहित सदस्यहरुको नाम वाचन गरेर सुनाएका थिए ।
यसैबीच नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य एवम् युवा संगठनका ३ नम्बर प्रदेश इन्चार्ज सन्देश कार्कीले मुलुकको विकासको निम्ति नयाँ शक्ति आवश्यक रहेको बताउनुभयो । साथै उहाँले बन्द भएको उद्योग खुलाउन पहल गरिने बताउनुभयो । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले तत्कालै चुनाव भएपनि प्रतिस्पर्धात्मक तेस्रो पार्टीको हैषियतमा आफ्नो पार्टी पुग्ने ठोकुवा गर्नुभयो ।
नयाँ शक्ति मकवानपुरका संयोजक प्रल्हाद लामिछानेले आर्थिक हिसाबले मुलुक सम्पन्न नहुञ्जेल कुनैपनि उपलब्धि चीरस्थायी नहुने बताउनुभयो । जनतालाई प्रभाव पार्ने किसिमको योजना युवा संगठनबाट नयाँ शक्तिले चाहेको उहाँको भनाई छ ।
यस्तै अर्का केन्द्रीय परिषद् सदस्य निबन्ध लामाले नयाँ शक्ति वैकल्पिक शक्तिको रुपमा आएको दावी गर्दै एकसय ८० वटा दल रहेको नेपालमा एकसय ८१ बन्नको लागि मात्र नयाँ शक्ति नभएकोमा जोड दिनुभयो । भेलामा युवक संगठनका केन्द्रीय सदस्यद्वय निरज लामा र निरज प्रधानको पनि आतिथ्यता रहेको थियो ।
यसैबीच नयाँ शक्ति नेपाल नामटार अन्तरिम गाउँ परिषद गठन भएको छ । शनिवार नामटारमा भएको भेलाले उदय प्रसाद हट्टवालको संयोजकत्वमा २१ सदस्यीय गाउँ परिषद गठन गरेको हो । परिषदका सदस्यहरुमा तिलक घलान, राजु बिक, करण स्याङ्तान, ज्ञानेन्द्र गोले, सुरज नेपाली, सुनिता तिमल्सिना, उर्मिला बर्तौला, निर्मला हट्टवाल, ज्ञानु कँडेल, निर्मला गौङ्बा लगायत रहेका छन् ।
भेला नयाँ शक्ति नेपाल मकवानपुर चार नम्बर निर्बाचन क्षेत्रका संयोजक प्रकाश मैनालीको सभाध्यक्षता तथा जिल्ला पार्टीको राजनीतिक बिभाग प्रमुख ज्योती रायमाझीको प्रमुख आतिथ्यतामा भएको थियो । साथै नामटार गाविसमा नयाँ शक्ति सम्बद्ध अखिल नेपाल सामाजवादी किसान संगठन निर्माण भएको छ । रामकुमार रेग्मीको अध्यक्षतामा २१ सदस्यीय अन्तरिम संगठन गठन गरिएको हो । संगठन उपाध्यक्ष करुणा कँडेल, सचिव ज्ञानबहादुर गोले, कोषाध्यक्ष प्रकाश मिश्र रहेका छन् ।
सदस्यहरुमा उर्मिला बर्तौला,लक्ष्मण कँडेल,चन्द्रकला रुम्बा,हनुमान नेपाली,गणेश थोकर लगायत रहेका छन् । –अन्देव कठायत
0 comments
Write Down Your Responses