रौतहट सम्पर्कले थाल्यो गाँउ सम्पर्क मञ्च गठन अभियान

काठमाडौं । नेकपा(एमाले) रौतहट काठमाडौं सम्पर्क मञ्चको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मञ्चका सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारी, साउदी अरेबियाका लागि प्रस्तावित राजदुत अलि अख्तर मिकरानी, नारायणी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरी, मञ्चका पूर्व अध्यक्ष गोपाल श्रेष्ठ, चिनकुमारी शिवाकोटी लगायतको उपस्थिति थियो ।
मञ्चका अध्यक्ष मिन गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रमानन्द चौधरीले गरेका थिए ।
कार्यक्रममा हिमालीबास गाउँ सम्पर्क मञ्चको अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले नबिन पोखरेलकको अध्यक्षतामा सात सदस्यीय गाँउ सम्पर्क मञ्च गठन गरिएको हो । मञ्चको उपाध्यक्षमा दिक्षा भुजेल, सचिव रञ्जिता रेग्मी, कोषाध्यक्ष अञ्जना श्रेष्ठ तथा सदस्यहरुमा प्रतिक श्रेष्ठ, निर्मल चौलागाँइ र अभिजित नेपाल रहेका छन् ।
मञ्चले संगठन विस्तारलाई तिव्रता दिएकाले अब हरेक गाउँ तथा नगरका सम्पर्क मञ्चहरु गठन हुने मञ्चका अध्यक्ष गौतमले जानकारी दिए ।

0 comments
Write Down Your Responses