Powered by Blogger.
नयाँ शक्तिको चार नम्मरमा गौतम


हेटौंडा, बैशाख १२÷ नयाँ शक्ति नेपाल हेटौंडा ४ नं वडा भेला सम्पन्न भएको छ । भेलाले प्रेम नारायण गौतमको संयोजकत्वमा १२ सदस्यीय अन्तरिम वडा परिषद् गठन गरेको छ ।


नव गठित परिषद्को सदस्यहरु ढलक बहादुर केसी, रामकुमार विष्ट, लक्ष्मी थापा, रमेश न्यौपाने, सुमीत्रा कोइराला, चन्द्रकुमारी भट्टराई, चन्द्र बहादुर घिसिङ, मनिता राना, लक्ष्मीमाया घलान, बद्री नारायण गुप्ता, सिमा लामा थिङ रहेका छन् ।

गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अन्तरिम केन्द्रीय परिषद् सदस्य सोनामसिङ स्याङतान रहनु भएको थियो । 

कार्यक्रमका अन्तरिम केन्द्रिय परिषद् सदस्य निबन्ध लामा, जिल्ला संगठन विभाग संयोजक शेरबहादुर पहरी, ३ नं क्षेत्रिय संयोजक मिहिन बहादुर लामा, नगर संयोजक डिबि थापा लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses