‘प्रेम गीत’ अब संसारभरी, रनवे फेसनले लियो ओभरसिज राइटस्
काठमाडौं, ११ चैत । रनवे फेसन हाउसले चर्चित फिल्म ‘प्रेमगीत’को ‘ओभरसिज राइट्स’ लिएको छ । फेसन र मोडलिङ क्षेत्रमा कार्यरत संस्था रनवे फेसन हाउसले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै, फिल्मको ओभरसिज बिजनेस शुरु गरेको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको तर्फ बाट आशुसेन फिल्मस्का अध्यक्ष तथा निर्माता सन्तोष सेन र रनवे फेसन हाउसका तर्फबाट अध्यक्ष सुवाससिंह ठकुरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने प्रदिप खड्का र पूजा शर्मा लिड रोलमा छन् ।
नेपालमा छोटो समयमै राम्रो बजार पाएको प्रेम कथामा आधारित यो फिल्म अब रनवे फेसनका तर्फबाट अध्यक्ष सुभाषसिंह ठकुरीले विश्वका विभिन्न देशहरुमा बजार विस्तार गर्नेछन् । फेसन हाउसका अध्यक्ष ठकुरीले फिल्मलाई सिंगापुर, मलेशिया, थाईल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, न्यूजिल्याण्ड, युएई, कतार, बहराईन, ओमान, कोरिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, भारत, यूकेमा र आशुसेन फिल्मको व्यवस्थापनमा अमेरिका, हङकङ, यूके, अष्ट्रेलिया, भारत र युरोपको देशहरुमा प्रदर्शन गरिने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फिल्मको ओभरसिज प्रदर्शन सिङ्गापुरबाट शुरु हुने ठकुरीले बताए ।
‘आगामी दिनमा नेपाली फिल्महरुलाई विदेशी बजारमा प्रबर्द्धन र प्रदर्शन गर्न हाम्रो कामले निरन्तरता पाइरहने प्रतिवद्धता जनाउछौं, ठकुरीले भने, ‘हामीले ओभरसिज राइटको अवधारणालाई विकास गरेर अझ विस्तृत रुपमा लैजादा त्यसको फाइदा समग्र नेपाली फिल्म उद्योगलाई नै हुनेमा विश्वास लिएका छौं । ओभरसिज राइट्समार्फत नेपाली कला, संस्कृतिलाई विदेशमा चिनाउन मद्धत पुगोस् भन्ने हाम्रो चाहना हो।’
आशुसेन फिल्मस्का तर्फबाट अध्यक्ष तथा निर्माता सेनले आफ्नो सोचले बनाएको फिल्म सफल भएकोमा खुशी लागेको बताए। ‘जुन सोचले मैले फिल्म बनाउने योजना बनाएको थिए, आज आएर पुरा भयो, मेरो लक्ष्य भनेको अन्तर्रा्ष्ट्रियस्तरको नेपाली फिल्म बनाउने हो । ’
रनवे फेसन हाउसले नेपालमा ‘मोडल अफ द इयर’ र ‘रनवे फेशन विक शो’ जस्तो प्रतिष्ठित फेसन इभेन्ट आयोजना गरिसकेको छ भने यसले इभेन्ट मेनेजमेन्टको काम पनि गर्दै आएको छ । सुवास विगत छ वर्षदेर्खि याम्प मोडलिङ क्षेत्रमा सक्रिय छन्। उनले सन् २०११ मा सम्पन्न पेरिस, फिलिपिन्सको फेशन शोमा उपस्थिति जनाईसकेका छन्।
लामो समयदेखि फेसन र मोडलिङ क्षेत्रमा कार्यरत ‘रनवे फेसन हाउस’ अब फिल्म क्षेत्रको अन्तराष्ट्रिय बजार प्रबद्र्धन गर्न अघि बढेको छ । नेपालमा पछिल्लो समयमा फिल्मको क्यामरा, साउण्ड, सम्पादन, स्क्रिप्ट र मेकिङलगायतका कामहरु उत्कृष्ठ भईरहेको र ती फिल्मलाई विदेशी बजारमा प्राथमिकता दिइने भएकाले पनि आफुहरुको चासो ओभरसिज राइटमा गएको ठकुरीले बताए । उनले ओभरसिज राइट्समार्फत नेपाली कला, संस्कृतिलाई विदेशमा चिनाउन मद्धत पुग्ने दावी गरे ।
‘२१ औं शताब्दीको पुस्ताले अब पक्कै पनि गुणस्तरीय चलचित्र खोज्छ । हामीले नेपाली फिल्म उद्योगलाई मुम्मईको हाराहारीमा अहिल्यै लैजान नसके पनि त्यसको राम्रा पक्षहरुको अवश्य सिको गर्न जरुरी छ । ’ उनी भन्छन् ‘पछिल्लो समय नेपाली फिल्मको माग अन्तराष्ट्रिय बजारमा पनि केही हदसम्म बढीरहेको महशुस भएको छ ।’अन्तराष्ट्रिय बजार र प्रतिश्पर्धामा नेपाली फिल्म स्थापित गराउनकै लागि ओभरसिज डिस्ट्रव्युसनको ट्रेन्ड बसाउन खोजेको ठकुरी बताउँछन् ।
0 comments
Write Down Your Responses