फेरि, धेरै भयो– निर्धक्कसित नहाँसेको, नरोएको, ननाचेको । कसैसित घण्टौं बात मारेर पीडा नछादेको । खुसी र पीडाहरु कुस्ती खेलिरहेझैं लाग्छ– भित्रभित्रै । गाँठो झन् कसिएर होला, दुख्छ बेस्मारी । फुकाउँन खोज्दा झन् कसिन्छ क्या हो ? सुर्किनु नपरेर खुसी र पीडाको गुजुल्टोभित्र गाँठैगाँठा परेजस्ता अनुभूत भइरहेछ । कहिले, कसरी फुकाउँने होला, ती ज्यानमारा गाँठाहरु ।
0 comments
Write Down Your Responses