काठमाडौंमा ५.५ रेक्टरस्केलको भूकम्पको धक्का, केन्द्रबिन्दु सिन्धुपाल्चोक
काठमाडौं, २२ माघ । काठमाडौं लगायत छिमेकी जिल्लाहरुमा शुक्रबार राती भूकम्पको धक्का महसुस भएको छ । राती १० बजेर ६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । सो भूकम्प ५.५ रेक्टर स्केलको रहेको जनाइएको छ । केन्द्र भने सिन्धुपाल्चोक रहेको बताइएको छ । भूकम्प धक्कापछि राजधानीवासी अतालिएर सडकमा निस्किएका छन् । सुत्ने तरखरमा रहेका बेला एक्कासी भूकम्प आएपछि मान्छेहरु त्रासमा परेका छन् ।
0 comments
Write Down Your Responses