Powered by Blogger.
संगठन बचाउन पनि साथीहरुले मलाई अघि सारे

दीपक गौतम, अध्यक्षका प्रत्यासी , अनेरास्ववियु

अहिले विद्यार्थी आन्दोलनका मुद्दा ओझेलमा परेको हो ?

हामीले विद्यार्थी आन्दोलनबाट विगतमा ठूला उपलब्धि हासिल गरिसकेका छौ । नेपालमा प्रजातन्त्र लोकतन्त्र हुदै गणतन्त्र विद्यार्थी आन्दोलनकै कारण आएको हो । भारतीय विस्तारबादका विरुद्ध पनि हामीले आबाज उठाएका छौ । त्यतिमात्र होइन सरकार जनताका विरुद्ध गर्ने  हरेक काममा अखिलले औला उठाउने गरेको छ ।
हामीले राज्य सरकारका विरुद्ध सडक गर्जेर धेरै काम ग¥यौ ।  तर त्यसले हाम्रा सबै माग पुरा गर्न  सकेनन् ।  जसले गर्दा हामी विद्यार्थीका धेरै मुद्दा अहिले ओझेलमा परेका छन् ।

अखिलको शाख पनि कमजोर भएको भनिन्छ नी ?

अखिलको साख अहिले केही कमजोर भएको अवश्य छ । अब त्यो साख जोगाउन महाधिवेशनबाट नयाँ इतिहास निर्माण गर्नुपर्दछ । विद्यार्थी परिवर्तनका संवाहक हुन् । त्यही संवाहकलाई अव आन्दोलन होइन शिक्षाको हिसावले चलायमान गराउनुपर्दछ । शिक्षा विकासको मेरुदण्ड हो । शिक्षा विना हाम्रो देशको विकासको परिकल्पना गर्न सकिदैन । हाम्रा अहिलेको शिक्षा प्रणाली सुधार गरेर पढेलेखेका युवा विद्यार्थीलाई देश विकासमा लगाउनु पर्दछ ।

शिक्षा  सुधार्ने के छ योजना  ?

हाम्रो देशमा दुई खाले शिक्षा रहेको छ । एउटा हुने खाने र अर्को हुन नखानेका लागि । हो त्यही हुने खाने र नखाने बीच देखिएको खाडल पुर्न आवश्यक छ । अर्को कुरा हाम्रो देशको  शिक्षा माफियाहरुको हातमा छ । शिक्षाका नाममा  व्यापार गरेर उनीहरु मोटाइरहेका छन् ।  शिक्षामा माफियाकरणको अन्त्य हुन जरुरी छ । त्यसको लागि प्राइभेटहरुलाई विस्तारै राष्ट्रियकरण गर्न आवश्यक छ । उनीहरुलाई मुआब्जा दिएर राष्ट्रियकरण गरे हाम्रो शिक्षामा सुधार आउछ ।

राज्यले कुल बजेटको ३० प्रतिशत शिक्षामा छुट्टाउनु पर्दछ त्यसको पहल म अध्यक्ष  हो भने हाम्रो शिक्षा सुधारमा आउछ ।

तपाई जित्नुहुन्छ त ?

म अखिलमा लामो समयदेखि आवद्ध छु । म स्कुल कमिटीहुदै जिल्ला,अंचल,केन्द्रीय हुदै अहिले उपाध्यक्ष छु । मैले अखिलभित्र  सवै च्यानल पार गरेर आइसकेको एउटा इमान्दार, लोकप्रिय भनेर आफूलाई चिनाउनु चाहन्छु । अखिलभित्र सवैलाई मिलाउन सक्ने र सुखदुःखको सारथी दिपक गौतम हो । त्यसैले नजित्ने कुरै छैन ।

किन तपाईकै नेतृत्व आवश्यक छ ?

अखिल अहिले कमजोर र  सुस्ताएको छ । हो, त्यही कारणले अखिले हाम्रा कतिपय मुद्दा ओझेलमा परेका छन् ।  शिथिल भएको विद्यार्थी आन्दोलनलाई पुर्नजागरण ल्याउन र अखिललाई सवै विद्यार्थीको मनमस्तिष्कमा पु¥याउनका लागि म अखिलको अध्यक्ष बन्न थालेको हँु ।

जित्ने आधार के छ त ?

पहिलो कुरा त अखिल बनाउने जुन दृष्टिकोष बनाइरहेको छु त्यो अरुमा छैन । अर्को कुरा अंकगणितिय हिसावमा पनि अहिले छनौट भएका प्रतिनिधी अधिकांश मेरो पक्षमा छन् । म  अंकगणितिय हिसाव मात्र नभएर अखिल बनाउने सुत्र नै मेरो जितको आधार हो ।

अरु शैक्षिक एजेण्डा के  के छन् ?

म विगत ५ बर्षदेखि हुन नसकेका स्ववियु चुवाव गराएर विद्यार्थीको हक अधिकार स्थापित गराउन चाहन्छु । त्यसको लागि प्रगतिशिल समावेशी मोडेलको स्ववियु निर्वाचन हो । अर्को कुरा लाखौ बालबालिका अझ पनि विद्यालयबाट बन्चित रहेका छन । तिनिहरुलाई विद्यालयसम्म पु¥याउने । शैक्षिक उन्नयनका लागि विद्यार्थी जागरण अभियान संचालन गर्ने । विश्वविद्यालय सुधार अभियान संचालन गर्ने,विगतमा विद्यार्थीसंग कार्यन्यवन गर्छु भनेर गरिएका प्रतिवद्धता  ती पुरा गर्न म अखिलको अध्यक्ष हुन थालेको हो । सरकारले  प्रविणता तह ‘फेजआउट’ गर्दा प्रत्येक क्षेत्रमा सरकारले एकवटा विज्ञान उच्चमावि खोल्छु भनेको थियो तर अहिलेसम्म गरेको छैन । त्यो पुरा गराउनका लागि  म अध्यक्ष बन्न थाले हो ।

अर्को  जहा विद्यार्थी त्यहा अखिल पु¥याउनका लागि । र शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक लोनको व्यवस्था गरि पढेका विद्यार्थीलाई आफै स्वरोजार बनाउनका लागि । मेरा यी अखिल जित्ने यीनै सुत्र हुन । यसैको आधारमा म अखिलको अध्यक्ष हुने हो ।

अखिलभित्र डनवाद, धनवाद हावी भएको हो ?

आजभोलि म  अखिल बनाउने सपना देखिरहेको छु । त्यो सपना पुरा गर्नका लागि म अखिलको अध्यक्ष बन्न खोज्दैछु । अखिल अहिले रोगी छ । अखिलको रोगी जिवनले संगठनलाई गतिशील दिन सकेको छैन । त्यसैले संगठनको जीवनलाई गतिशिल बनाउन र  निरोगी तथा  तन्दुरुष्ठ  संगठन बनाउन मेरो पहिलो काम हुने छ । अर्को कुरा अखिललाई  सवैको साझा फुलबारी बनाउनेका लागि विधि प्रक्रियाले संगठनलाई संस्थागत ढंगबाट चलाउन चाहन्छु । संगठनभित्र राम्रा काम गर्नेलाई  स्थापित गराउछु ।

काम गर्ने र नगर्ने बीचको धु्रवीकरण गराउन चाहन्छु ।  कार्यकर्ता संरक्षण कोष निर्माण गरेर संगठनमा लागेकालाई दुःखसुखको सारथी बनाउन चाहन्छु । र अखिलभित्र रहेको डनबाद, धनबाद र गुटबादको अत्य गरि अखिललाई आम विद्यार्थीको संगठन बनाउन चाहने सपना बुनिरहेको छु ।

तपाई प्रतिस्पर्धी नविनालामा भनदा के फरक हुनुहुन्छ ?

पहिलो कुरा म स्कुल कमिटीदेखि अहिलेसम्म म अखिलको सवै च्यानल पार गरेर खारिएर आएको छु । दोस्रो कुरा म संघर्षको इतिहासको गाथाले भरिएको मान्छेु हु म कार्यकर्ताको दुःखसुखको सारथी हो । प्रष्ट वोल्ने र जुझारु मेहनती मान्छे हो म । कुनै पनि संकटमा जस्तोसुकै परिस्थितिमा पनि विचलन नहुने निरन्तर लाग्ने योग्य विद्यार्थी नेता मै नै हो  ।  राजनीति व्यापार होइन सेवा हो भन्ने भावना राख्ने । पार्टीको ९ औ राष्ट्रिय महाधिवेशनबाट अर्थसामन्ती र अर्थउपनिवेशहोइन अव पुजिबादीतर्फ गइरहेको पुजिबादलाई जोड्नुपर्दछ । र विद्यार्थीलाई पनि अव उत्पादनसंग जोडेर स्वरोजगार बनाउने मेरा योजना छ । यीनैनै नविनासंग ट्यागले गर्ने मेरो क्षमता हो ।

उमेद्वार बन्नुभन्दा अघि सल्लाह भयो कि भएन ?

म अध्यक्षको उमेद्वारका रुपमा प्रश्तुत हुनु भन्दा अगाडि देशैभरीका साथीहरुसंग राय लिए । छलफल चलाँए । वहश चलाए । साथीहरुले यदी आन्दोलनलाई जोगाउने हो, अनेरास्ववियुलाई बचाउने हो भने तपाँई अघि बढ्नुपर्छ भन्ने सुझाव दिनुभयो । त्यही आधारमा मैले आफुलाई अधयक्षको रुपमा प्रश्तुत गरें । अर्को कुरा आज अंकगणीतीय हिसाव किताव गरेर मात्र हुँदैन । आज संगठनहरु र पार्टीहरु गुटबन्दीले थिलथिलो भएका छन् । उठ्न नसक्ने गरी थला परेका छन् । यस्तो थिलथिलो भएको संगठनलाई उठाउनुपर्नेछ ।

अखिलको गुटभित्र पनि उपगुट छ । यसले पनि समस्या ल्याउँछ भन्छन् नी ?

जसरी संगठनहरु गुटबन्दीले थिलथिलो भएको छ, यो गुटबन्दी गर्ने कुरा नै गलत हो । गुट पनि काम गर्नेहरुको गुट बन्नुप¥यो । कामचोरहरुको गुट होइन । म यो महाधिवेशनबाट एउटा फैसला गर्न चाहन्छु की अब अनेरास्ववियुमा सबै गुटहरुको निमिट्यान्न पारेर काम गर्ने र नगर्नेहरुको बिचको ध्रुवीकरण गरेर कामचोरहरुलाई विश्थापित गर्दै काम गर्नेहरुलाई स्थापित गर्ने महाधिवेशनको रुपमा लैजानुपर्छ भन्ने मलाई लागेको छ । जव १८ औं महाधिवेशनबाट अनेरास्ववियुले प्रत्यक्ष निर्वाचनको प्रतिश्पर्धा अंगीकार ग¥यो तब यसलाई हार्दिक र स्वस्थ खालको प्रतिश्पर्धाको रुपमा लिन सकिएन ।

 अराजकतातर्फ उन्मुख छ । मान्छेको फेर समातोर हिँड्ने चलन बढ्यो । अहिले योग्य र अयोग्य एउटै बास्केटमा छ । गुट बलियो भयो भने त्यसले नराम्रो भएपनि जित्छ । त्यसो भएकाले आज हामी जुन ढंगले अघि बढ्न खोज्दैछौं यसले संगठन धरासायी बन्दैछ । पार्टी कमजारेर बन्दैछ । त्यासो भएकाले हाम्रो सेटलमेन्टको कुरा मुख्य कुरा हो । समाज परिवर्तनको आन्दोलन जुन जुन मोर्चाबाट सम्हाले पनि हुन्छ नी तर यहाँ एउटा व्यत्तिको फेर समातेर, गुटको फेर समातेर नेता हुने प्रचलन छ । म आफैं यस्तो गुटबन्दीको पनि बिरोधी हो । म काम गर्नेहरुको पक्षमा बन्ने गुटको पक्षधर छु ।

अखिल पछिल्लो समय भ्रष्टीकरण र चन्दा आतंकतिर गएको गुनासो छ  नी ?

म यो अनेरास्ववियुलाई चन्दामुक्त अनेरास्ववियु बनाउन चाहन्छु । अब अनेरास्ववियुका नेता कार्यकर्ताहरु उत्पादनसंग जोडिनुपर्छ र उद्यमशिल हुनुपर्छ । उत्पादनशिलतामा जोड दिएर उद्यमशिल भएपछि मात्र राजनीति गर्नुपर्छ । राजनीतिलाई जागिरको रुपमा हामीले लिनुहुन्न । राजनीति सेवा हो । त्यसो भएकाले अब आफ्नो खुट्टामा आफैं उभिन सक्ने गरी हाम्रा कार्यक्रमहरु हामीले त्यही ढंगले जोड्नुपर्छ ।

आम प्रतिनिधीहरुलाई के भन्न चाहनुहुन्छ ?

अहिले राजनीतिमा आफूले राम्रो काम गरेर देखाउने भन्दा पनि अरुको नराम्रो कुरा देखाएर आफू राम्रो ठान्ने प्रवृती छ । अनावश्यक ढंगले व्यत्तिको चरित्र हत्या गरेरपद हत्याउने जुन प्रयाशहरु गरिँदैछ, ति सपनामा मात्र सिमित हुनेछन् । म यो संगठनको एउटा इमानदार सिपाही हुँ । इमानदार ढंगले आफूलाई अगाडि बढाइरहेको छु । यस्ता कुराले मलाई विचलीत बनाउँदैन । व्यत्ति आफैंमा सही हुनुपर्छ ।

म ठिक छु । अन्त्यमा आम विद्यार्थीहरुको भाग्य र भविश्य जोडिएको अनेरास्ववियुको यो २२ औं राष्ट्रिय महाधिवेशनमा आज हामीले गरेको निर्णयले भोली पछुताउनु नपरोस् । यो अनेरास्ववियुमा विवेकी साथीहरु हुनुहुन्छ । साथीहरुबाट विवेकपूर्ण निर्णय होस् ।




0 comments

Write Down Your Responses