समाचारः सही भए दण्ड होस्, गलत भए कारवाही होस्
अधिवक्ता रामनारायण बिडारी, सांसद |
हाम्रा देशका नेता हामी जस्तै हुनु स्वभाविक छ । किनकि उनीहरु जनताका नेता हुन् । जनता जस्ता छन्, उनीहरु उस्तै हुनु सामान्य कुरा हो । जनता जनमुखी छन् तर नेता सत्तामुखी भए । परमुखि भए । नेपालको प्रधानमन्त्री वा भुतपुर्व प्रधानमन्त्री कुनै विदेशी संस्थाको कुनै मर्यादा वा पद वा प्रसंसा वा सदस्यता लिन नेपाल राज्यको सहमति, अनुमति वा स्वीकृती आवश्यक पर्नु पर्ने हो । तर नेपालमा भने त्यस्तो पाइएन ।
माधव नेपाल, शेरबहादुर, बाबुराम आदिले त्यस्तो लिएको छन् वा छैनन ? यो बारेमा सोधखोज गर्नु पर्ने छ । केपी, प्रचण्डले पनि कतै कसैको यस्ता पगरी पाएका छन् कि भनी खोज्नु पर्ने बेला आयो । विदेश घुम्न अति मन पराउने नेपालको कर्मचारीतन्त्र , नेपालका नेता, मन्त्री आदिले विदेशीले भात खुवाए वापत, ठुला होटलमा सुत्न पाए वापत, सरकारले दिएका भत्ता जोगाउन मात्र पाए वापत विभिन्न सन्धी संझौता वा सम्मीलन वा महासन्धी वा द्धिपक्षीय, बहुपक्षीय घोषणापत्रहरुमा नेपालको तर्फवाट सहि छाप गरेका छन् कि छैनन् ? यो पनि छानविनको विषय बनेको छ ।
पद र पैसाका लागि देशका प्राकृतिक सम्पदा, पुरातात्वीक सम्पदा, भूअखण्डता, राष्ट्रिय अश्मीतालाई आँच आउने काम गरेका छन् कि छैनन् ? आइएलओ १६९ नामले चिनीने सन्धीमा चिनले, भारतले, अमेरिकाले पनि सहि गरेका छैनन् । दुवै छिमेकीको त्यसमा असहमति छ तर नेपालले किन सही गरेको ? मृत्युदण्डमा किन सहिछाप गरेको ? जहाँ दुवै छिमेकी र लोकतन्त्रको जग भनिने मुलुकले पनि सहि गरेका छैनन् ।
यस्ता धेरै काम छन्, जो नगरे पनि हुने खालका थिए । संसारका तस्करले गोल्डकोइष्ट नामक जुवा खेलाए । जसमा नेपालका नेता तथा उद्योगपति पनि सामेल भएर नेपालीलाई ठगे । युनिटी नामक संस्था खोलेर राष्ट्रका ठुला भनिएका सबै नेता गएर उपर खुट्टी लगाएर त्यो गैरकानुनी भनिएको युनिटिको रकम पचाए । अनि अहिले नेपाली ठगीए पछि आफु पन्छीए । युनिटीको मुद्दाका मतियार, जसले उद्घाटन गरे । जो प्रमुख अतिथि बने । जसले चन्दा लिए । जो सदस्य भए ति पनि अपराधी हुन् ।
यसैगरी हालै दक्षिण कोरियामा नेपालको मन्त्री सहित सासदहरु कुनै संस्थाको कार्यक्रममा गए । जानु अगाडि एक दैनिक पत्रीकामा सो कार्यक्रमको बारेमा सम्पादकीय सहित समाचार छापियो । सो समाचार सही हो भने सो संस्थाको सदस्य तथा नेपालको पदाधिकारी जो त्यसमा सामेल भए त्यसलाई राज्यले दण्ड दिनु प¥यो ।
होइन, सो समाचार गलत हो भने प्रेस काउन्सील जस्तो जिम्मेवार निकाय के हेरेर बसेको ? जवाफ दिनु प¥यो ।
यो त राष्ट्रीय मामिला हो । मन्त्री, सांसद र कर्मचारी विदेश गएका छन् । नेपालका पत्रिकाले क्रिश्चीयन धर्म प्रचार गर्न भत्ता लिएर गएका भनि छापेको छ । माधव नेपाल पनि केही महिना अगाडि सोही संस्थाको कार्यक्रममा गएका थिए भन्ने समाचार थियो ।
गतवर्ष पनि सवै नेताका आफन्त यही कार्यक्रममा गएको भन्ने समाचार आयो । समाचार प्रकाशित गर्ने पत्रिकाका केही मान्छे पनि पोहोर गएको रे । हाल वाहालवाला मन्त्री पनि पोहोर गएको रे । वाहालवाला मन्त्री अहिले पनि मन्त्री परिषदको सहमति बेगर नै गएका छन् रे । मन्त्री, सचिव, सासद निजि भ्रमणमा जान पनि सम्वन्धीत निकायलाई जानकारी दिएर जानु पर्ने कानुनी व्यवस्था छ ।
कुनै पनि धर्म पैसा लीएर प्रचार गर्न नहुने संवैधानिक व्यवस्था छ । यदि समाचार सत्य भए मन्त्री र सांसदले वर्षेनि यस्तै गरि रहेका छन् । यस्तोमा सरकार मौन किन ? सुनिए अनुसार मन्त्रीपरिषदमा यो प्रस्ताव मन्त्रालयले पेश गर्न खोज्दा मुख्य सचिवले सो प्रस्ताव ल्याउन दिएनन् रे । यो बेठिक भयो । मन्त्रीपरिषदको क्षेत्राधिकार भित्र मन्त्री जाने कुरा किन नपर्ने ?
कार्यविधी नपुगेको भए पु¥याएर ल्याउन निर्देशन दिनु पर्नेमा सो कुरा गुपचुप किन राखेको ? सांसदहरु जान नमिल्ने हो भने सो कुरा भन्नु प¥यो नि सरकारले । जब सरकारलाइ जानकारी भयो, सचिवले मुख्य सचिवलाइ पेश गरी नै सके । यसैगरी गर्न नहुने धेरै काम बितेका सरकार, पदाधिकारी, कर्मचारीले गरीसकेका हुनाले सबै छानबिन आवस्यक छ । संसदले विचार गरोस् ।
नेपाल गरिब छ । झन् झन् गरिबी वढ्दो छ । व्यापार घाटा बढेको छ । उद्योग कल कारखाना घट्दो छ । बेरोजगारीले देश आक्रान्त छ । २०४७ देखी २०६२ सालसम्म नेपालमा काँग्रेसले सरकार अत्यधिक चलाएको छ । त्यसमा पनि डा. महत अर्थमन्त्री भएका छन् । देश कंगाल भएको पृथ्वीमा बाँचेका सबैले देखेका छन् । तर विदेशी पत्रिकाले विश्व कै उच्च तथा राम्रो र सफल अर्थ मन्त्री भनेर पुरस्कार दिन्छ । उनी पनि थाप्छन् लाजै नपचाई । सरकार हेरेर बसेको हुन्छ ।
नेपालका केही बुजु्रकहरु उनलाई बधाइ भन्दै माला लगाइदिन्छन् अनि उनी पनि ङिच्च हास्दै माला लगाएर तस्बिरहरु फेसबुक तथा टुइटरमा टुइट गर्छन । नत सरकार उनलाई सोध्छ । नत उनले सरकारलाई जानकारी गराउँछन । नत विदेशीले दिएको सो ‘गलगाँड’ महतजीले जनतालाइ देखाउँछन । के महत यस्तै सफल अर्थ मन्त्री हुन त ? विदेशिले भने जस्तो काम गरेमा उसले राम्रो भन्छ । वेलायती त्यो पत्रीकाले नेपालमा पुष्टी गर्न सक्छ महत सफल मन्त्री भनेर । यस्तो हरि बिजोगमा छ देश । त्यसैले छानविन आवश्यक छ ।
अमेरिकन साम्राज्यको कम्युटर डाटा मार्फत अविकसित देशहरु उपनिवेश बन्दैछ । सिएनएन हिरो, अनि के के जाति हिरोको नाममा आइएनजिओले यहाँको तथ्याङ लाने, खर्च पनि उतैका व्यक्तिमा गर्ने, तरकारीमा बेसार हाले जति यहाँ खर्च गर्ने, बाँकी उतै पु¥याउने गरि काम गर्नेलाई हिरो तोक्ने काम यहाँकापदाधिकारी, व्यक्तीलाई विदेशी एजेन्सीहरुले गरिरहेका छन् । यसमा छानविन गर्ने कि नगर्ने ? यता पनि सोचियोस् ।
मान्छे बाँचुञ्जेल त लोभमा प¥यो । मरे पछि पनि लोभमा नै पर्ने गरि किन बाच्दछन् ? किन तिमीले यस्तो बेठिक सहेको भनेर मैले एक जना वकिललाई सोधे, उनले जवाफ दिए ‘मलामी नघटोस भनेर ।’ अर्का लेखकले भने मैले जे जति गरेको छु त्यो सवै मलामी बढाएको हुँ । मलामी बढाउन कै लागि संगठन गरेको जस्तो पनि देखिन थालेको छ ।
घुस खाएर अपराधीलाई पैसा बाँडेको , अपराध गरेर पैसा कमाएको, राजनितिको नाममा अपराध गरेको सबै कुरा मलामी बढाउन गरेको जस्तो देखिन्छ । मैले मनमोहन ,गणेशमान, गिरिजा, राजा विरेन्द्रको र कमरेड मदन भण्डारीको शव यात्रा र दाह संस्कार हेरें । यसमा मदन भण्डारीको र बिरेन्द्र राजाको मलामीमा घटनाको कारणवाट फरक पर्नु स्वभाविक हो । अरु मलामी त स्वार्थ र अन्धाहरुको योजनावद्ध मलामी जस्तो पो लागेको छ ।
त्यसमा केही प्रतिशत स्वस्फुर्त पनि थिए होलान् तर अत्याधिक प्रतिशत भने राजनीतिलाइ फोहोरमा हाल्न, आफ्नो वर्चस्व कायम राख्न, उनका हितैषीको सम्मान आफुले लिन, मर्नेको नाममा तामझाम गर्दै छन् । नमर्दै मर्नेले मलामीको चाहना राखेको कारण नै उनका हितैषीले शवयात्रा योजना गरेको देखियो ।
रुपचन्द्र विष्ट मात्र एक जना यस्तो महान् व्यक्ति हुन् जसले मर्नु अगाडि पनि मलामीको आशा राखेनन् । बाचुञ्जेल पनि मलामीको आशा राखेर काम गरेनन् । उनको अन्त्येष्टी पनि त्यसै गरि गरियो । कसैलाइ देखाउन गरिएन । अचानक जो पुगे पुगे ।
मर्नु अगाडि रुपचन्द्रले भन्नु भएको थियो । मेरो लासमा अपराध गर्न पल्केका र गर्न तम्सेकाहरुले राजनीति नगरुन् । चाँडै हल्ला नगरि अन्त्यष्टी गरिदिनु । मैले भन्नु पर्ने सबै कुरा जनतालाई जिउँदो हुँदा नै भनि सकेको छु । अबका सात पुस्तालाई पुग्ने कुरा भनि सकेको छु । सोही कुराहरु गर्न खोज्नु, जो मैले गर्न खोजेको थिए । यहि नै म माथी श्रद्धा हुनेछ । त्यसैले राजनीतिमा थाहा, चेतनामा थाहा, न्यायमा थाहा, मिडियामा थाहा अनि समग्रमा सबैको जनमनमा थाहा चाहियो ।
0 comments
Write Down Your Responses