Powered by Blogger.
आन्दोलनलाई नयाँ शिराबाट उठाउन पहल गर्नेछु

महेश बर्तौला, उपाध्यक्षका प्रत्यासी, अनेरास्ववियु
यही माघ २७, २८ र २९ गते काठमाडौंमा अनेरास्ववियुको २२ औ महाधिवशेन हुँदैछ । महाधिवशेनले नयाँ नेतृत्व चयन गर्ने छ । विभिन्न व्यत्तिहरुले वभिन्न पदमा उमेद्वारी घोषणा गरिरहेका छन् । त्यसमध्ये उपाध्यक्ष पदमा महेश बर्तौलाको नाम सशक्त ढंगले आएको छ । व्यवस्थापनमा स्नातकोत्तर तह र कानुनमा स्नातक गरेका वर्तमान सचिव बर्तौला सबै विद्यार्थीबीच चर्चित, लोकप्रिय र मिलनसार नेताको पहिचान बनाउन सफल भएका छन् । 

२०५३ सालबाट अखिलमा आवद्ध उनी अखिलभित्र इमान्दार, कर्मठ र लगनशील नेताको रुपमा समेत चिनिन्छन । मकवानपुरमा जन्मिएका बर्तौला अखिलको, प्राक अध्यक्ष,क्षेत्रीय उपाध्यक्ष, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, सचिवालय हुदै अहिले सचिव रहेका छन् ।

२०६२ र २०६५ सालमा  मकवानपुर बहुमुखी क्याम्पसको दुई पटक सभापतिमा निर्वा्चित उनी स्वबियु काउन्सिल नेपालको संयोजक समेत हुन् ।  प्रश्तुत छ अहिले उपाध्यक्षका उम्मेदवार बनेका बर्तौलासंग दामन पोष्टले गरेको कुराकानीः

तपाँई विद्यार्थी राजनीतिमा किन आउनु भएको ?

अग्रगामी परिवर्तनको झन्डा बोकेर आम नेपाली विद्यार्थीहरुको हक हित र अधिकार प्राप्तिको लागि म अखिलमा आवद्ध भएको हुँ । र  राष्ट्रियता, सामाजिक, न्याय , समानता, जनजिबिका, लोकतन्त्र र सुशासनका लागि दृढताका साथ आन्दोलनको अगुवाई गर्ने संगठन अनेरास्ववियु भएको हुँदा मैले यसमा संगठित भई राजनीतिक जीवन सुरु गरे । यसैमा रमाइरहेको छु । तन मनले भ्याएसम्म आम विद्यार्थी र जनताको पक्षमा काम गर्दै आइरहेको छु ।

महाधिवेशनमा उपाध्यक्षमा नै  किन  उम्मेदवारी  ?

म सधै  संस्थागत मूल्य मान्यता ,विधि विधान र निर्णयलाई स्वीकार गर्ने भएकोले अनेरास्ववियु को २२ औं महाधिवेशनमा उपाध्यक्ष मा उम्मेद्बारी दिने सोच बनाएको छु । मैले अखिललाई चलायमान बनाएर र विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट उठाउनका लागि पहल गर्नेछु । 

चुनाव जित्नुहुन्छ त  ?

महाधिवेशनमा सहभागी हुन आउने आमप्रतिनिधिहरुको भावना अनुसार संगठनको अगुवाई गर्न सक्छु । मेचीदेखी महाकालीसम्मका सबै साथीहरुले कुनै हालतमा पछाडी हट्नुहुन्न भनिरहनु भएको छ ।  आम साथीहरुको म प्रतिको भरोसा र  बिश्वास नै मैले चुनाव जित्ने आधार हो । 

अखिललाई कस्तो बनाउने सपना छ ?

उपाध्यक्षमा मेरो बिजयपछि संगठनलाई विधि प्रक्रिया र सस्थागत निर्णयका आधारमा मात्र सञ्चालन गर्ने कुरामा लाग्ने छु ।   संगठनका उर्जावान् साथीहरु सबैलाई पर्याप्त काम दिइन्छ ।  कसैलाई पनि लालापाखा लगाइँदैन । संगठनलाई विधि विधान अनुसार सञ्चालन गर्ने छु । संगठन भित्रको गुटबन्दी सधैका लागि  अन्त्य गरि योग्यता, क्षमता र   निन्तरता तथा  आन्दोलनप्रतिको निष्ठा ,लगनशीलता आधारमा सम्पूर्ण कार्यकर्ताहरुलाई जिम्मेवारी दिन प्रयत्न गर्नेछु । 

विधान लाई पूर्णत कार्यान्वयन गरि बिधान अनुसार कमिटी संचालन गरि सोही अनुसार  सम्मेलन बैठक  आदि गरिनेछ । आन्तरिक अनुशासन कायम गर्न दण्ड र पुरस्कारको नीति बोकिने छ । जस अनुसार अराजक गतिविधि गर्नेलाई कारबाही र कुशलताका साथ जिम्मेवार पुरा गर्नेलाई थप जिम्मेवारी सहित  पुरस्कृत गरिनेछ । अनि सबैभन्दा महत्वपूर्ण कुरा आज  संगठनको मुल्य मान्यता बिधानलाई लत्याउँदै गुटगत मनोविज्ञानको शक्ति पैदा भएको छ, त्यसलाई अन्त्य गर्ने गरिनेछ । 

सन्तुलनको आधारमा संगठन भित्र  जथाभावी निर्णय गर्ने बेथिति बढिरहेको छ । यसलाई आउदो कार्यकालमा पूर्णत अन्त्य गरिनेछ । महाधिवेशनको परिणाम आएको भोलिपल्टदेखि नै अनेरास्ववियु भित्रको गुटबन्दीलाई अन्त्य भएको  घोषण  गरि विद्यार्थी आन्दोलनलाई नयाँ उचाई र गतिका साथ अगाडि बढाइने छ ।

उपाध्यक्षमा तपाई मात्र योग्य भन्ने के आधार छ  ?

अनेरास्ववियुको बिधानमा ब्यवस्था भएका केन्द्रिय कमिटी मातहतका सम्पूर्ण कमिटिको मैले नेत्तृत्व गरिसकेको छु । आजसम्म संगठनले दिएका जस्तो सुकै र जहाँसुकैको जिम्मेवारीहरुलाई अस्विकार नगरी सबै हिसाबले पुरा गरेको छु । 

अनेरास्ववियुका कमिटीहरुमा मात्र होइन म स्ववियुको मोर्चामा समेत दुई पटक सभापति  र स्वबियु काउन्सिल नेपालको केन्द्रिय संयोजकको जिम्मेवारी पनि पुरा गरिसकेको छु । अहिलेको केन्द्रिय कमिटीमा म कोही भन्दा पनि जुनियर होइन ।

२०५३ सालदेखि निरन्तर अनेरास्ववियुका विभिन्न जिम्मेवारीमा रहि आन्दोलनमा सक्रिय भूमिका निर्बाह गर्दै आइरहेको छु । अनेरास्ववियुका कोही पनि नेता वा कायकर्तालाइ लज्जित हुने कुनै गतिविधि गरेको छैन । आजसम्म निष्ठाका साथ संगठनले बोकेको लक्ष्य र कार्यभारहरु पूरा गर्न निरन्तर लगिरहेको हुनाले उपाध्यक्ष को जिम्मेवारी पाउने कुरामा म पूर्ण विश्वस्त छु । यो नै मेरो बिजयको आधार हो ।

 र,  महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिहरुले मलाई मेरो  योगदान र योग्यताका आधारमा नै मतदान गर्नुहुनेछ भन्ने आशा छ । 



0 comments

Write Down Your Responses