अस्ताए ‘गाडी बोक्ने बुढा’
चित्लाङ् २८ पुस । राणाकालीन समयमा गाडी बोकेर राजधानीमा भित्र्याउने धनबहादुर गोले ‘गाडी बोक्ने बुढा’ को निधन भएको छ । गोलेको उपचारका क्रममा राजधानीस्थित नेपाल भारत मैत्री अस्पतालमा मुत्यु भएको हो ।
उनको मंगलबार बिहान मकवानपुरको चित्लाङमा दाहसंस्कार गरिएको छ । ९२ बर्षीय उनी लामो समयदेखि दम रोगबाट पिडित थिए । गोलेका २ छोरा र एक छोरी छन् ।
गोलेले करिब ३० वटा साना गाडी बोकेका थिए । गोले चित्लाङ गाविस–१ भण्डारखर्कस्थित नातिनीको घरमा बस्दै आएका थिए । उनले भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्दागिरी हुदै काठमाडौं सम्म गाडी बोक्ने गर्दथे ।
0 comments
Write Down Your Responses