Powered by Blogger.
पालुङमा पेट्रोल वितरणमा सर्वसाधारणलाई जहिल्यै समस्या, उद्योगीका अध्यक्षले ‘आफ्नो कोटाको’ भन्दै एक ड्रम ल्याएपछि केही राहत


पालुङ, १९ पुस । मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिको संयोजनमा थाहा नगरपालिका लगायत आसपासका ४ सय ५५ बढि मोटरसाइकलहरुलाई प्रेटोल वितरण गरिएको छ । 

भारतले गरेको अघोषित नाकावन्दीले प्रभाव पारेको अवस्थामा थाहा नगर पालिकामा भने उद्योग वाणिज्य संघले पहल गर्दै जनतालाई सुविधा दिइरहेको छ । पेट्रोलको अभावमा धेरै सरकारी तथा गैरसरकारी संस्थाहरुलाई गाह्रो परिरहेको अवस्थालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समिति कृयाशिल भई पेट्रोल र डिजेल वितरण गरिरहेको हो । 

संघसंस्था, विद्यालय, पत्रकार, सुरक्षाकर्मी, सर्वसाधारण लगायतलाई कसैलाई काखा पाखा नगरी सबैलाई समान तरिकाले वितरण गरिएको संघका उत्तरी क्षेत्र सभापती कविराज  खत्रीकले बताए । हाल सम्म थाहा नगरमा ८० हजार डिजेल र १८ हजार पेट्रोल  वितरण भइ सकेको खत्रीले बताउनु भयो । थाहा नगरपालिका लगायत आसपालसका कृषक, सार्वजानिक यातायात, खाद्यपदार्य ढुवानी लगायतलाई आज ९ हजार डिजेल वितरण गर्ने जनाइएको छ । 

थाहा नगरपालिकामा खेत बारी खनजोत गर्ने समय भएकोले ट्याक्टरको प्रयोगको लागि कृषिकलाई पहिलो प्राथामिकतामा  राखि पेट्रोल वितरण गर्ने जनाएको छ । 

यसअघि विभिन्न कोटाको बहानामा उद्योग वाणिज्य संघका पदाधिकारी तथा केही ठालुहरुले पेट्रोल जगेडा राख्ने, कालोबजारीमा त्यही पेट्रोल पुर्याउने, कुपन वितरणमा नातावाद र आफन्तबाद लागू गर्ने गरेको भन्दै गुनासो बढेको थियो । निजी विद्यालयका नाममा केही व्यत्तिहरुले चाहेजति इन्धन लिने तर सर्वसाधारणलाई भने काखा पाखा गर्दै आएको गुनासो बढेको थियो । 

तर हिजोको वितरणमा भने सर्वसाधारणको चर्को आक्रोश पछि उद्योग वाणिज्य संघका अध्यक्षले आफ्नो कोटामा रहेको एक ड्रम पेट्रोल लाइन बसेका सर्वसाधारणलाई वितरण गरिदिएपछि उनको प्रशंसा भएको छ । एक स्थानीयले फेसबुकमा अध्यक्षको प्रशंसा गर्दै उनकै उदारताले गर्दा मोटसाइकलमा २ लिटर भएपनि तेल पाइएको र डोहो¥याएर रित्तै घर फर्कनु नपरेको प्रष्ट पारेका छन् । 

त्यसो त यस अघि कति तेल आयो, कति सर्वसाधारणलाई वितरण भयो, कति सञ्चारकर्मी, प्रहरी, निजी विद्यालय र उद्योग वाणिज्य संघको प्रतिनिधीले पाए भन्ने कुनै तथ्याङ सार्वजनिक गरिएको छैन ।



0 comments

Write Down Your Responses