इजरायलमा बस्ने पर्वतेहरुमा नयाँ नेतृत्व
इजरायल, ७ माघ । पर्वत जिल्लामा घर भइ रोजगारीको क्रममा इजरायलमा रहेका पर्वतबासीहरु आबद्ध ‘पर्वत सेवा समाज इजरायल’को प्रथम वार्षिक अधिवेशन सम्पन्न भएको छ ।
इजरायलको तेलअभिव यशोधामालामा सम्पन्न अधिवेशनले अनिरुद्र सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ ।नवगठीत कार्यसमितिकोे वरिष्ठ उपाध्यक्षमा अर्जुन पौडेल ‘गाउँले’ तथा उपाध्यक्षमा नरेन्द्र क्षेत्री चयन भएका छन् भने महासचिवमा दिया चापागाई तिवारी, सचिवमा दीपक क्षेत्री, कोषाध्यक्षमा हिरादेवी श्रेष्ठ र सहकोषाध्यक्षमा शान्ता सुवेदी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा कुसुम कुमाल, साबित्री गौडेल, नारायण गौडेल, राधा जोशी, सुशीला हमाल, निर्मला सुवेदी, कोपिला भुसाल र गायत्री रेग्मी रहेका छन् ।समाजमा चार जना सल्लाहकार रहने प्रावधान भएपनि हाल एकनारायण सुवेदी र कृष्ण लम्साल चयन भएका छन् । बाँकी दुई जनालाई पछि चयन गर्ने नवनिर्वाचित महासचिव दिया चापागाई तिवारीले जानकारी दिईन् ।
कार्यक्रममा इजरायलका लागि नेपालका राजदूत प्रल्हादकुमार प्रसाईले पर्वत सेवा समाज इजरायलले स्थापनाको छोटो अवधिमै आफ्नो गाउँठाउँ तथा समाजका लागि उल्लृखनीय काम गरेको भन्दै अझै निरन्तरताको कामना गरे ।
एक वर्षअघि स्थापित पर्वत सेवा समाजले जिल्लामा दैबीप्रकोपबाट पीडित, असहाय, अशक्त दीनदुखीहरुलाई आर्थिक लगायतका सहयोग गर्दैआएको महासचिव चापागाईले बताइन् ।
समाजका अध्यक्ष भोजराज क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन निवर्तमान कार्यसमितिकी महासचिव दिपिका भुसाल गरेकी थिइन भने स्वागत मन्तब्य नवनिर्वाचित महासचिव दिया चापागाई तिवारीले गरेकी थिइन ।
0 comments
Write Down Your Responses