Powered by Blogger.
नाट्टामा आयो एमाले निकट टिम


काठमाडौं, ६ माघ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टामा अध्यक्ष लगायत सबै पदमा नेकपा एमाले निकट मधुसुूदन आचार्य समुह बिजयी भएको छ ।

मधुसूदन आचार्य १ सय ९१ मत ल्याएर अध्यक्ष पदमा बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी मिहिका धाख्वा २७ मतले पराजीत भएकी हुन् ।

त्यस्तै प्रथम उपाध्यक्ष सिएन पाण्डे १ सय ९०, द्वितिय उपाध्यक्ष डिके शर्मा २ सय १५, महासचिव भिम प्रसाद पन्त १ सय ७९ , सचिव सुधिर कुमार उपाध्याय २ सय १२, कोषाध्यक्ष चित्र बहादुर गुरुङ २ सय २१ र सह कोषाध्यक्ष सविता भट्टराई के.सी. २ सय १२ मत ल्याएर बिजयी भए । 

यसैगरी सदस्यहरुमा युवराज सुवेदी १ सय ९७, लक्ष्मण लम्साल २ सय १४, राम कुमार बराकोटी १ सय ७८, घनश्याम घिमिरे १ सय ८९, विनय बस्नेत २ सय ८, हरि भक्त श्रेष्ठ १ सय ८८, वरुण मेहता १ सय ७९ र शितल कुमारी शर्मा पौडेल २ सय ३३ मत ल्याएर बिजयी भए । 

संस्थाको ५२ औं साधारणसभासँगै सम्पन्न निर्वाचनमा ४ सय ५४ मत संख्या  रहेको थियो । त्यसमध्ये खसेको मत संख्या ४ सय ३२ रहेको थियो । 

टिम संयोजन र परिचालनका लागि एमाले केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सुर्य थापाले कुशल भुमिका निर्वाह गरेका थिए । 

0 comments

Write Down Your Responses