समाजवाद र साम्यवाद कहाँबाट शुरु हुन्छ र कसरी आउँछ ?
सानोभाई कार्की |
विश्व ब्रह्माण्डको उत्पत्तिको बारेमा विविध तर्कहरु भएको भए पनि सर्बसम्मत तर्क चाहिँ सुर्यको टुक्राबाट ग्रह उपग्रह र आकासीय पिण्ड बनेकोलाई मान्नेहरु बढी छन् । हुनपनि त्यही कुरा सत्य यस मानेमा पनि हो कि वस्तुको सबैभन्दा सानो स्वरुपबाट संग्रह हुँदै विशाल बन्ने र विशाल स्तुलाई सानोरुपमा ल्याउदा परमाणु बन्ने कुरा प्रमाणित भइसकेको छ ।
यसरी सामान्यतया विश्वब्रह्माण्डको निर्माण र विनाश वस्तु संयोग तथा वियोगका कारण हुने गर्दछ । व्रहमान्ड मात्र होइन कि सम्पुर्ण चराचर जगतको उत्त्पति ,विकास र विनाश विविध अनुकूल वस्तुहरुको संयोजनमा निर्माण र तिनै वस्तुहरुको वियोजनमा अन्त्य हुने तथ्य सहि साबित भैसकेको छ ।
संसारको सृष्टि र विकासलाई आजसम्मको तथ्यको आधार लिँदा के पाइन्छ भने जब पृथ्वीको टुक्रा सुर्यबाट चोइटियो, त्यसपछी क्रमश तातो र रातो डल्लो सेलाउन थल्यो । स्वभावतः एउटा बलिरहेको ज्वालाबाट उछिट्टिएको टुक्रा निरन्तर ताप स्रोतको अभावमा सेलाउनु सामान्य प्रक्रिया नै हो ।
यसरी तातो सेलाउने क्रममा बाफ आउनु र सेलाउँदा खुम्चिनु पनि विज्ञानसम्मत प्रक्रिया नै हो । यो सिलसिला लामो समयसम्म रह्यो, यद्यपि छँदै छ ।
यस क्रममा दुईवटा कुरा संगसंगै चलेको पाइन्छ । (१) सेलाउने क्रममा उडेको बाफ माथितिर जानु र त्यो निश्चित क्षेत्रमा तहगत भइ रहनु, जसबाट बादलको जन्म हुनु । (२)पृथ्वी सेलाउँदा चिसोमा खुम्चिने र तातोमा फैलने क्रियाले सतहमा हालको आकारको निर्माण हुनु । जसबाट कतै अग्लो ,कतै होचो ,कतै समथर हुनु ।
यसो हुँदा बाफ बन्ने क्रम निरन्तर रहिरह्यो एकातिर भने अर्कोतिर जम्मा भएको बादलबाट एकाअपसमा टक्करकै कारण बर्षा हुन थाल्यो फलतः परेको पानी जम्मा हुनु आबश्यक थियोे , भयो ।
पानी जम्मा हुनको लागी उपयुक्त्त ठाउँ खाल्डाखुल्डी, गहिरो र मुलतः समथर ठाउँको जरुरी पर्दथ्यो ,तत् तत् ठाउँहरु परेको पानीले भरिए । तिनका नाम पोखरी देखी सागर महासागरसम्म कायम भयो ।पृथ्वी सेलाउने क्रममा उठेको बाफ, बाफबाट बनेको बादल, बादलबाट परेको पानी र पानीका कारण बनेका महासागरसम्मको संरचना बन्यो, तर त्यस समयमा सुर्यबाट पृथ्वीमा सोझै बैजनी किरण आउने कारण थप सिर्जना सम्भव थिएन र भएन पनि ।
कालान्तरमा समुद्रको पिँधमा एक कोषबाट बनेको प्राणिको जन्म भयो । जस्को मुख्य काम पानीलाई हाईड्रोजन र अक्सिजनमा विभाजन गर्न शुरु गर्यो । यसरी बनेको अक्सिजन पनि उडेर गयो, जसबाट एक तह बन्यो, जसलाई ओजोन तह भनियो ।
यो तहले सुर्यबाट आउने वैजनी किरणलाई रोक्ने महत्वपुर्ण काम गर्यो । अब सुर्यबाट पृथ्वीमा सोझै खतरनाक वैजनी किरण आउन नसक्ने भएकोले प्राणीको जन्मको वातावरण बन्न पुग्यो । सोही अवसरको अनुकुलताका कारण समुद्रको पिँधमा क्रमश एक कोषबाट दुई र सोबाट नै बहुकोशीय जीवको जन्म अनि विकास हुदै गयो ।
यसरी समुद्रमा अब स–साना देखी भयंकर र भिमकाया प्राणी (डाइनोसर)हरुको जन्म, विकास अनि सामुन्द्रीक जलचरको शासन नै चल्यो एकछत्ररुपमा ।
भनिन्छ समुद्रलाई एकछत्र शासनाधिकार क्षेत्र मान्ने जलचर डाईनोसरले एक करोड बिस लाख बर्ष चकचकी ग¥यो । यसरी समयको चक्रसंगै जलचर प्राणिहरु विस्तारै जमिनमा पनि आउ जाउ गर्न थाले । प्राणीको अब अर्को प्रकारको पनि जन्म भयो जुन जल र जमिन दुबैमा रहन बस्न सक्ने भए । यसलाई उभयचर भनियो । यहाँ सम्मा आईपुग्दा अब जल तथा जमिन दुबैमा प्राणीहरुको विकास तथा विस्तार हुन थाल्यो भने जमीनमा थुप्रै प्रकारका वनस्पतिहरुको पनि सृष्टि हुन थालेको पाईन्छ ।
यहाँ प्राणीको मात्र चर्चा गर्दा समुद्रबाट जमिनमा अवतरण गरेकाले तत् समयका ती प्राणीहरु घस्रेर हिड्ने भए । जसलाई सरिसृप (छातिले घर्सने जाति ) भनियो । यी जातिहरु छातिको सहायताले हिँड्दा हिँड्दै उफ्रने र हिड्ने जस्ता क्रियाकलापमा सरिक हुन थाले ।
यहि क्रममा समयको व्यतितसंगै थुप्रै प्रकारका जीव जन्तुहरुको उत्पत्ति, विकास र विनाश हुँदै गयो ।मानवमात्रको जन्म चीनको मन्चुरियामा पशुवत स्वरुपमा नै सुरु भएको पाईन्छ । रुपमा जनावर अनि काम खानेकुरा खोज्ने र खाने । खोज्न हिँड्नु पर्ने, बासको ठेगाना निश्चित नभएको हुँदा जहाँ अनुकुल त्यहाँ नै बास बस्ने हिँड्ने भएकोले यस युगलाई फिरन्ते युग भनियो । खानाको हतियार ढुङ्गा हुँदा ढुङ्गाको हतियारको युग पनि भनियो। समय अघि बढ्दै गयो ।
मानिसमा चेतनाको विकास हुँदै गयो,यसैको आधारमा उसका आवस्यकताहरु पनि वृद्धि भयो । जहाँ आवश्यकता त्यहाँ उत्पादन ,दजहाँ उत्पादन त्यहाँ श्रोत ,साधन,दविवेक वुद्दी ,चेतना ।यि सबैको संयोगमा उपाय । यहि उपायको चिन्तन, मनन र कार्यान्वयनकै उपज मान्नु पर्दछ कि मनिसले फिरन्ते युग, ढुंगाको हतियारको युग वा शिकारी युग जे भने पनि खोजेर पेट पाल्ने जमानाबाट कृषि युगमा पदोन्नती भयो ।
एउटा युगबाट अर्को युगमा जाँदै गर्दा पहिलोमा देखापरेको असजिला अप्ठेराहरुको विकल्पमा ल्याईने सुलभ , भरपर्दो र व्यवहारिक गतिविधिहरु नै प्रमुख तत्वहरु र तिनका स्थायी आधार हुन् । अत यी सुलभता प्राप्ति तथा उपयोगको विश्वसनियताको अमरताका लागि मानव मात्रको चिन्तनको विकास नै हो । त्यसैले मानिसको युग परिवर्तन स्वतः भएको छैन । उदाहरणको लागी (फिरन्ते युगबाट कृषियुगमा प्रवेश गर्दा उत्पादन, भण्डारण, विनिमय ,बितरण,उपभोग लगायतका क्षेत्रहरुमा ध्यान दिनु यसको उपयुक्त व्यवस्थापन गर्नु अत्यन्त चुनौतीपूर्ण पक्षहरु हुन् ।
भनिन्छ, आवश्यकता नै आविश्कारको जननी हो । तदनुरुप मानिसले युग परिवर्तनसंगै क्रमशः कृषिबाट उद्योग , उद्योगबाट विज्ञान तथा प्रविधि हँुदै नक्षेत्र र अन्तरिक्षेको युगमा पुगिसकेको छ । आजको मानिस कतिपय सभ्यताको चुलीमा चुलिएको देखिन्छ भने कतिपय जंगली युगमानै रुमल्लिएको तथ्य पनि छँदैछ । जे होस मानिसहरुमा अघि बढ्न सक्ने अबस्था, बढ्न नसकेको कारण र बढ्न सक्ने उपायबारे जानकार छ ।
यसरी मानिस मात्रको सभ्यताको विकासको एउटै आधार उसको चिन्तनको विकास हो । चिन्तन मेहनत र परिश्रमले उसको स्तर उकास्न मद्दत पु¥यायो भने उनीहरुमा आएको ‘हुने र नहुने वर्ग सिर्जना’ सामाजिक अभियन्ताको दृस्टिकोणमा आधारित छ ।
मानव पहिला आदिम साम्यवादको पक्षपाती थियो । उसलाई वस्तु र सेवाको बारेमा जानकारी थिएन, केबल उपभोगबादी चिन्तनमा सिमित भएको हुँदा उत्पादनको वृद्धि र स्वामित्वको होडबाजी पनि थिएन । अत त्यहाँ वस्तुको संग्रहबाट हुने भोग विलास ऐस आरामको मतलब नै नहुँदा संग्रहबादी प्रतिस्पर्धा नै थिएन ।
फलतः लोभ ,मोह , इश्र्या ,अहंकार र आफ्नो नियन्त्रणमा वस्तुको वर्चस्व र सोबाट हुने आनन्दको अनुभुति नहुँदा लाग्दथ्यो, सबै समान छन्, बराबर छन् । यसलाई साम्यवाद भनियो । शुरूवातको हुँदा आदीम साम्यबादको नामाकरण गरियो ।
जब जब समाजमा चेतनाको वृद्धि हुँदै गयो , उसले जान्यो कि ? सम्पतिले आफु र आफ्नो जीवन सुखमय बनाउँदछ, अरुलाई आबश्यक पर्दा दिन सकियो भने उसले फिर्ता गर्नु पर्दछ र फिर्ता गर्दा अतिरिक्त अंश थप गर्नु पर्दछ । यो पद्धतिले आफ्नो संग्रह गरेको सम्पत्तिमा मद्दत पुग्दछ । यसरी धनमाथी धन थपिदा एक पछि अर्को गरि सम्पत्तिवान हुँदै जाने जानकारीले मानिसमा पुँजिप्रतिको मोहतर्फ अगाडि बढायो । अन्तत पुँजीवादी अर्थ व्यवस्थाको जन्म हुन पुग्यो ।
यसरी पँुजीको संग्रह र सो बाट प्राप्त हुने –अत्यावश्यकीय आवश्यकताको परिपूर्ति , आरामदायी जीवन र विलासिताको जीवनशैली बिताउने मोहबाट मोहित भएर विकसित पूजिबादी अर्थ व्यवस्थाको जरो एक पछि अर्को गरी हरेक र प्रत्येक जन जनमा पसेको तथ्य छ । हरेक व्यक्ती आफ्नो सामथ्र्य वृद्धि गर्न चाहन्छ । उ हिजोको भन्दा आज र आजको भन्दा भोलि पूँजिको माध्यमबाट सबल भएको हेर्न र हुन चाहन्छ ।
यो सवाल एकातिर ज्वलन्त रुपमा जकडिएको छ भने अर्कोेतिर पूँजी सर्बोपरी होइन, मानवताको भावना नै सर्बोपरी हो । अत पूँजी हुनुपर्छ , तर त्यो व्यक्तिको नभई राज्यको हुनुपर्दछ । सबै मानब जन्मका आधारले समान हुन् । आवश्यकताको दृिष्टले पनि सबै एकै हो । अत साधन र श्रोत राज्यको हो र सबैका लागि समान तवरले राज्यबाट प्राप्त हुने यि साधन श्रोतलाई आवश्यकता अनुसार दाम र योग्यता अनुसार कामको पद्धति लागू गरिनु पर्दछ, यो पद्धतिले सबैको खाँचो पूर्ती हुन्छ, सबैमा समानताले आफ्नो राज्यलाई दिनुपर्ने योगदान बराबर भै मुलुक सिघ्र विकास हुन्छ ।
जब मुलुकको समग्रमा विकास हुन्छ ,जनताहरु स्वत विकसित हुन्छन् । त्यहाँ हुने र नहुने वर्ग हँुदैन । समग्र विकास समान हैसियत । यो नै समाजवाद हो । यसको अझै विकसित अवस्था साम्यवाद हो । जुन व्यवस्थाको सिर्जना गर्न सक्नु नै मानब निर्मित स्वर्ग हो । कारण त्यहाँ व्यक्तिगत लोभ ,लालच, घमण्ड ,अपराध केहि हुने त के कल्पना समेत गर्न सकिँदैन, यो सबैको साझा स्वर्ग हो ।
अब यहाँ प्रश्न उठ्छ कि यो कसले , कसरी र कति समयमा निर्माण हुन्छ वा गर्न सकिन्छ ? यस्को सहज उत्तर छ कि मानव मात्रको सोच , चिन्तन ,त्याग र वलिदानबाट मात्रै सम्भावना हुन्छ । मानव मात्रको स्वार्थी वा व्यक्तिवादी सोच र चिन्तनबाट माथी उठेर मानव जीवन आफु बाँच्न र भोग विलास गर्नमात्र होइन कि अरुको हित भलो गर्नका लागी हो भन्ने भावनाबाट ओतप्रोत हुन सक्नुपर्छ । वैयक्तिक भोग विलासलाई ‘मेरो लागि होइन, हाम्रो लागि हो’ भन्ने र व्यवहारमा कार्वान्वयन गर्ने प्रतिबद्धता हुन सक्नुपर्छ र यो तबसम्म जारी रहन्छ जबसम्म चाहेको समाजको निर्माण हँुदैन ।
यसको लागि तद्नुरुपको शिक्षा लागू हुन सक्नुपर्छ । तर यथार्थता हामिले सोचेको र चाहेको जस्तो छैन । यथार्थतामा अधिकाश मानिसहरु पूँजिको दर्विलो मोहमा फसेको त छँदैछ आफुलाई सर्वहारा अधिनायकवादको मसिहा सम्झने र भन्न मन पराउनेहरु पनि एक पछि अर्को गरि अन्ततगत्वा पूँजी मोह तर्फ उन्मुख भैरहेको प्रष्ट देखिन्छ ।
तर्क वितर्क र बिविध सिद्धान्तहरुको गोलमोटल परिभाषाहरुले मानव मष्तिस्कलाई दिग्भ्रमित पारेको छ । धेरै आशा जगाउने र व्यवहारको गलतले अनुयायिहरुलाई यो सिद्धान्तप्रति नै निराशा बनाउने काम गरेको छ र पनि कार्लमाक्सले प्रतिपादन गरेको यो सिद्धान्त अनुपयुक्त छैन, यो कार्वान्वयन अवश्यम्भावी छ , प्रतीक्षाको जरुरी छ कि उन्नत मानव चेतना र सो अनुरुपको स्पष्ट जनवादी व्यवहार ।
जब यसको कार्वान्वयन हुन्छ ,अनि मात्र आउँछ समाजवाद र अझै विकास भएर अघि बढ्छ साम्यवादमा । कुराले होइन व्यववहार नै यसको अपरिहार्य कसी हो ।
0 comments
Write Down Your Responses