बालविकास केन्द्र व्यवस्थापनका लागि पालुङमा तालिम

पालुङ, १३ माघ । प्लान इन्टरनेशनलको सहयोग तथा जिल्ला शिक्षा कार्यालय मकवानपुरसंगको सहकार्य तथा सामुदायिक विकास संस्था (सिडिओ) नेपाल मकवानपुरको आयोजनामा प्रारम्भिक वालविकास केन्द्र व्यवस्थापन सम्बन्धि एक दिने व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
बुधबार सम्पन्न कार्यक्रम थाहा नगरपालिका ७ स्थित श्री सेतिगणेश वालविकास केन्द्रको भवनमा सम्पन्न भएको हो । थाहा नगरपालिकाको वडा नम्मर ६ देखि १० सम्मका ८ वालविकास केन्द्रका सहयोगी कार्यकर्ता तथा वालविकास केन्द्र व्यवस्थापन समितिका पदाधिकारीहरुलाई तालिम दिइएको आयोजक संस्थाका सुपरभाइजर राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा प्लान इन्टरनेशनल मकवानपुरका विकास संयोजक कान्छी श्रेष्ठले प्लानले अहिले सम्म वालविकास केन्द्रको क्षेत्रमा गरिरहेको कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभयो ।
सहभागीहरुलाई सहजिकरण गर्दै जिल्ला शिक्षा कार्यालय मकवानपुरका श्रोत व्यक्ति बुद्धरत्न मानन्धरले स्थानीय क्षेत्रमा रहेका वालविकास केन्द्रहरुलाई नमुनायोग्य बनाउनको लागि आगामी दिनमा अरुको भर नपरि आफैले स्थानीय तवरबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।


0 comments
Write Down Your Responses