Powered by Blogger.
सहीद सुनिता स्मृति लिग फुटबलमा पाथीभरा विजयी



बज्रबाराही, ११ कात्तिक  । सहिद सुनिता स्मृति मुल समारोह समिति थाहानगर वज्रवाराहीको आयोजनामा सम्पन्न मकवानपुरको उत्तरीभेग क्षेत्र स्तरीय सहिद सुनिता गोपाली स्मृति लिग फुटवल प्रतियोगिताको उपाधि पाथिभरा यूवा क्लव पालुङले जितेको छ । 

वज्रवाराही स्थित बाराही चौरको फुटबल मैदानमा भएकोे फाइनलमा नमुना यूवा क्लव गोगनेलार्ई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पाथिभरा यूवा क्लवले उपाधि जितेको हो । प्रथम भएका पाथिभरा यूवा क्लवले  नगर २० हजार शिल्ल,मेडल तथा प्रमाण प्रत्र प्राप्त गरेको छ । निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको आयोजक सहित सुनिता स्मृति मुल समारोह समिति थाहानगर वज्रवाराहीका अध्यक्ष इन्द्रबहादुर क्षेष्ठले बताउनु भयो । 

उपविजेता बनेको नमुना यूवा क्लव गोगनले नगद १० हजार रुपियाँ सहित शिल्ल,मेडल तथा प्रमाण प्रत्र प्राप्त गरेको छ भने ऋशेश्वर ए तेस्रो स्थान हासिल गर्न सफल भएको हो । तेस्रो भएका क्रशेश्वर ए ले  ५ हजार नगर सहित मेडल तथा प्रमाण प्रत्र प्राप्त गरेको छ । प्रतियोगिता पाथिभरा यूवा क्लवका अर्जून मगर सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन्  । 

त्यस्तै प्रतियोगितामा पाथिभरा यूवा क्लवका देवराज लामा उत्कृष्ट डिफेन्डर, राजु मोक्तान उत्कृष्ट गोलरक्षक, भएका छन । प्रतियोगितामा १३ गोल गरेको आयोजकका जितन मोत्तान सर्वाधिक गोलकर्ता भएका थिए ।

असोज २६ गतेबाट सुरु भएको प्रतियोगितामा उत्तरी भेगका थाहानगर, चित्लाङ, आग्रा, टौखेल, विसिङखेल लगायत १८ टिमको सहभागिता रहेको थियो । मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आथित्यता तथा सहित सुनिता स्मृति मुल समारोह समिति थाहा नगर वज्रवाराहिका अध्यक्ष इन्द्रबहादुर क्षेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 

प्रमुख अथिति समेत रहेका तिमल्सीनाले खेलकुद प्रतियोगिता शहर केन्द्रित मात्र भएकोले अब गाँउ गाउँमा लुकेका खेलाडीहरु उत्पादन गर्नको लागि आफु सकृय भएर लाग्ने बताउनु भयो । आयोजक सहित सुनिता स्मृति मुल समारोह समिति थाहानगर वज्रवाराहिका अध्यक्ष इन्द्र बहादुर क्षेष्ठले प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने बताउनु भयो ।



0 comments

Write Down Your Responses