महजोडीलाई उपाधी
काठमाडौँ । नेपाली हास्य क्षेत्रका चर्चित जोडी तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘कला रत्न’ उपाधिबाट सम्मानित भएका छन्।
नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा कतारमा सम्पन्न ‘आठौँ नेफ्टा फिल्म अवार्डमा उनीहरुलाई नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाले उक्त उपाधि प्रदान गरिएको हो ।कार्यक्रमका प्रमुख अथिति सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महजोडीलाई एक कार्यक्रमका बीच सो उपाधि प्रदान गरे ।
यसअघि यो उपाधिबाट नीर शाह, राजेश हमाललगायतका वरिष्ठ कलाकार सम्मानित भइसकेका छन् । कार्यक्रममा कलाकारद्वय शाह र वसुन्धरा भुसालले कवितामार्फत देश दुखेको र बनेको कुरा सुनाएका थिए । नेपाली चलचित्रको विश्वव्यापीकरण गर्ने उद्देश्यले विदेशी भूमिमा ‘अवार्ड’ वितरण गरिएको प्राविधिक सङ्घका सदस्य गीता पौडेलले बताइन् ।
0 comments
Write Down Your Responses