खुफिया एजेन्सीलाई बढी महत्त्व दिएर समस्या आएको छ
दीपकुमार उपाध्याय, भारतका लागि नेपाली राजदूत |
भारतीय ‘नाकाबन्दी’ खुल्न नसक्नुको कारण के होला ?
यस्तो हुनु हुँदैन थियो, तर भयो। अब समाधान खोजिनुपर्छ। भारतले ‘नाकाबन्दी’ नभने पनि सामान सुरक्षाको कारण देखाएर नपठाएको स्पष्ट हो। यसबाट हामीलाई असर परेको छ। यो कतै न कतै बुझाइमा कमजोरी हो। यसमा मैले पनि बुझाउन सकिन होला। नेताहरूले के–के हुन्छ भन्नुभएको थियो, त्यो गर्न सक्नु भएन होला। यो समस्या राजनीतिक हो, समाधान निकाल्नुको विकल्प छैन।
लोकतान्त्रिक मुलुक भारतले नेपालले लोकतान्त्रिक विधिबाटै ल्याएको संविधानलाई किन खुला हृदयले स्वीकार्न सकेनरु यसमा भारतीयहरूको सोच के होला ?
संविधान जारी भएपछि भारतको सीमामा हाम्रा केही तराईरमधेस दलले असन्तुष्टि देखाएको कारण समस्या आएको हो। दशगजामा बसेर उनीहरूले विरोध गरेको कारण समस्या उत्पन्न भएको छ। संविधानप्रति भारतले आफ्नो सीमा जोडिएका जिल्ला मात्र होइन, समग्र नेपाललाई हेरेर दृष्टिकोण बनाउनुपथ्र्यो। त्यो कमजोरी भएकै हो। भारतजस्तो लोकतान्त्रिक मुलुकले सानो छाती बनाउनु हुने थिएन। यो कतै न कतै उनीहरूका विभिन्न माध्यमबाट गएको गलत सूचनाको कारण हो।
नेपालका राजनीतिक दलका नेताहरू भारत गएर गर्ने प्रतिबद्धता अर्को कारण हो। भारतको केन्द्रीय तहमा नेपाललाई नियतवश बिगार्ने राजनीतिक चासो देखिँदैन। तल्ला तहमा रहेको कुनै समूहले त्यहाँको राजनीतिक माहोललाई भ्रमित पारेको हुन सक्छ। नेपालमा भारतको चासो शान्ति, स्थायित्व र विकास नै छ। उनीहरूले नेपालले जलविद्युतमा कुरा धेरै, विकास कम भएकामा चासो व्यक्त गरेका छन्। दिएको सहयोग उपयोग गर्न नसकेकामा गुनासो गरेका छन्। जागिर प्रवेश हुँदा गरिने भनिएका आयोजनाहरू सेवानिवृत्त हुँदा पनि नभएको सुनाउन थालेका छन्। कमजोरी उतामात्र होइन, हामीकहाँ पनि छन्।
त्यसो भए नेपाली नेताहरूकै कारण यो समस्या आएको हो त ?
यसमा कतै न कतै हामी पनि दोषी छौं। तर, त्यसो भनेर पन्छिने अवस्था छैन। किनकि हुन्छ भन्ने तर काम नगर्ने प्रवृत्ति हाम्रो हो भने आश्वस्त पार्ने काम उताबाट पनि भएको हो। भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सम्झौता तथा सहमति कार्यावन्यनको अवस्था के छ, त्यो केलाए मात्र पुग्छ। सोही कारण हामीले भारतलाई मात्र दोष दिएर हुँदैन।
यतिबेला तपाईं दिल्लीमा हुनुपर्ने होइनरु किन काठमाडौं आएर व्यस्त रहनुभएको ?
मैले दिल्लीमै बसेर काम गर्ने हो। तर, कतै न कतै समस्या यता पनि भएको र सन्देश नपुुगेजस्तो लागेर म यहाँ आएको हुँ। यहाँ आएर पनि धेरै विषय स्पष्ट पार्ने काम गरेको छु। दलहरूसँग छलफल गरिरहेको छु। यताको सन्देश लिएर दिल्ली फर्किने र थप स्पष्ट पार्ने प्रयास गर्नेछु। म यहाँ रहेर मुलुकलाई घाटा छैन। कतै न कतै मुलुकलाई सेवा नै गरेको जस्तो लागेको छ। विभिन्न च्यानलबाट हुने छलफलले केही न केही प्रभाव पारेको हुन सक्छ।
भारतमा विशेष दूत पठाउने भन्ने थियो, के भयो ? उताबाट पनि आए ?
भारतले विशेष दूत नेपाल पठायो। त्यसबारे मैले समयमा जानकारी पाइनँ। भारतबाट उनी नेपाल आउँदा म पनि आउन पाएको भए केही सहज हुन्थ्यो किरु कतै न कतै संवादमा कमजोरी भएको हो। नेपालमा सक्रिय रहेका केही एजेन्सी र कर्मचारीतन्त्रले दिने सूचना र राजनीतिक तहको बुझाइमा रहेको भिन्नताले समस्या परेको हो। यो विषय स्पष्ट पार्न सफल भएजस्तो लाग्छ। म यसैमा काम गरिरहेको छु। हामीले दूत पठाउने विषयमा कुरा गर्यौं तर पठाउन सकेका छैनौं।
यसमा कुरा भएको होला। तर, टुंग्याउन सकेका छैनौं। यस्तै कमजोरी हाम्रो हुने गरेको छ। मोदीजी फर्किनुभएको छ। अब पठाउने टुंगो लाग्छ वा यतैबाट सल्टाउने काम हुनेछ।
हाम्रा वरिष्ठ नेताहरूबाट भारततर्फ हुने भ्रमणलाई कसरी हेर्नुभएको छरु अहिलेको समस्या त्यसकै प्रभाव त होइन ?
लैनचौरस्थित दूतावासको कैयौं पहलमा हुने भ्रमण राम्रो होइन। त्यो नभए हुने हो। तर, भारत जान पाए, नेता भेट्न पाए हुन्थ्यो भन्ने चाहना सबै वरिष्ठ नेताको हुनाले यसमा समस्या भएको हो। यो बुझिदिए राम्रो हुने हो। भेट्नै जाने हो भने पनि हाम्रै दूतावासमार्फत गर्दा राम्रो हो।
हाम्रा नेताहरू त्यहाँ पुगेर केही प्रतिबद्धता गरेकै कारण यस्तो समस्या आएको हो ?
कतिपय भेटमा म पनि रहँदिनँ। त्यस्तो अवस्थामा के भन्छन्, मैले थाहा पाउन सक्ने कुरा पनि भएन। यसमा सबैको भेट हुन्छ। त्यहाँ के भन्छन् या गर्छन् भन्ने नै हो। जे पनि हुन्छ भन्ने गरेका छन्। मुुलुकका लागि भन्दा पनि आफू वा त्यसभन्दा माथि दल केन्द्रित भएका हुन्छन्। यसले पनि पक्कै असर पारेको हुन्छ।
यस्तो अवस्थामा हामीले अब के गर्नुपर्ला ?
हामी भूपरिवेष्टित भनिए पनि भारतवेष्टित नै हौं। त्यसैले भारतसँगको सम्बन्धलाई ध्यान दिएर काम गर्नु जरुरी छ। नेपालमा संविधान बनेको छ। त्यो प्रस्थान विन्दु हो, अन्तिम होइन। यो कुरा बुझाएर हामी अघि बढ्नु आवश्यक छ। म पनि तराईको मान्छे हुँ। तराईमा कतै न कतै सम्बोधन हुन नसकेकै हो। यसलाई समाधान गरेर अघि बढ्नु जरुरी छ। गर्नु पनि पर्छ। तराई मधेसमा आन्दोलनरत दलले पनि यसमा ख्याल गरिदिन आवश्यक छ।
तर, त्यसो भन्दैमा भारतले ‘नाकाबन्दी’ नै गर्न मिल्छ ?
भारतले नाकाबन्दी भनेको छैन र नेपाल सरकारले पनि औपचारिक रूपमा नाकाबन्दी नभनेकाले यसलाई त्यही शब्द प्रयोग गर्न मिल्दैन। तर, उताबाट सामान नआएको हो। हाम्रा गाडी लाइन लागेर बसेका छन्। त्यो हो या होइन सबैले हेरेर बुझ्ने कुरा हो। तर, भारतले चाहँदा दशगजाबाट आन्दोलनरतलाई लखेटेर नेपालसम्म ल्याउन सकिने थियो। त्यसो हुन सकेन र समस्या परेको हो। यसमा भारतले ख्याल गरेर त्यो विषय समाधान गर्छ भन्ने लागेको छ। राजनीतिक स्तरमा यसबारे पूर्ण जानकारी छैन। तल्लो स्तरबाटै यस्तो भएको छ। यसलाई राजनीतिक तहबाट समाधान हुन्छ भन्ने मेरो बुझाइ छ।
भारतीय कर्मचारीतन्त्र र काठमाडौंमा सक्रिय रहने खुफिया एजेन्सीको गलत रिपोर्टका कारण यस्तो समस्या आएको हो त ?
कतै न कतै सूचनाको कमजोरी हुन सक्छ। यसमा म पनि चुकेको हुन सक्छु। यो वा त्यो भन्दा पनि किन यस्तो भयो, अब सुधार गर्दै जानुपर्छ। जीवन पाठशाला हो, सिक्दै जाने हो। म यसैमा विश्वास गर्छु। अब दुईपक्षीय धेरै विषय स्पष्ट हुँदै गएका छन्।
लामो समय खाली रहेको दूतवासमा तपाईं राजदूत भएर भारत गएको पनि यति समय भयो, कतै न कतै तपाईंको पनि कमजोरी रह्यो कि ?
हो मेरो पनि कमजोरी भयो होला। भारतीय विदेश सचिव आउँदा म पनि सँगै आउन पाएको भए केही हदसम्म समाधान हुन्थ्यो किरु तर त्यसो हुन सकेन। जे हुनु भइसक्यो, अब दुई प्रधानमन्त्रीबीच टेलिफोन वार्ता गराएर समस्याको समाधानमा छलफल गराएर फर्किनेछु। यसमा काम गरिरहेको छु।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछिको द्विपक्षीय सम्बन्ध र अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ ?
मोदीजीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध निकै उचाइमा पुगेको थियो। अहिले पनि नेपाललाई उनले प्राथमिकतामा राखेको पाएको छु। यो समस्याले मोदीजीलाई पनि सहज भएको जस्तो लाग्दैन। भारत आफैं ठूलो र विभिन्न समस्या रहेको मुलुक हो।
त्यही भएर हाम्रो समस्या सम्बोधन गर्न सकेको छैन। हामीले यहाँ भारतीय दूतावासका वा भारतबाट आउने कोही साना कर्मचारीलाई पनि भारत भनेर हेर्ने गर्दा समस्या बढेको छ।
हाम्रो परराष्ट्र नीति वा सञ्चालनमा कमी हो कि वा अन्य केहीरु हामी कहाँ चुक्यौं ?
हाम्रो परराष्ट्र नीतिभन्दा पनि त्यो सञ्चालनमा कहीं कतै कमजोरी पक्कै छ। आफ्ना कुरा सिधा राख्न नसक्ने, छिटो हुने कार्यलाई पनि घुमाउरो पाराले राख्ने चलन छ। राजनीतिक दलहरूको मुख ताक्ने नीति नै हाम्रो असहजता हो। अहिले चुकेको भारतलाई बुझाउन नसकेर र कर्मचारीतन्त्र एवं खुफिया एजेन्सीसँगको सम्बन्धलाई बढी महत्त्व दिएर हो।
कान्तिपुर दैनिकबाट
0 comments
Write Down Your Responses