Powered by Blogger.
धर्म निरपेक्ष, सापेक्षता, स्वतन्त्रता वा समानता ?


सरोजमोहन लामा तामाङ

विषय प्रबेश 

दोस्रो संविधान सभाले संविधानको पहिलो÷प्रारम्भिकि मस्यौदा जब सभासद्हरु मार्फत जनताकाँह राय, सल्लाह, सुझाब संकलन गर्न लगे तब संघीय प्रदेश विनाको संविधान आयो भनी विरोध जनायो अधिकांसले । प्राय सबैले कम्तिमा प्रदेशको सिमाङ्कन छुट्टयाई संविधान बनाउदा बेस भनी राय, सल्लाह, सुझाब दिईयो । त्यही राय, सल्लाह, सुझाब अनुसार अहिले जब संघिय प्रदेशको सिमांङ्कन ६ प्रदेश भनेर कोरियो, बनाईयो तब त्यसैको निउपारी हाम्रो देशका विभिन्न ठाउँहरुमा अधिकांश जनतको विरोध स्वरुप आगोको झिल्का देखा परेका छन् । उक्त आगोको झिल्काको कारण यो स्तम्भ लेख्दासम्म ३ जनाको ज्यान लिईसकेका छन् । ६ प्रदेशभित्र सिमांङ्कन, नामाङ्कन, खण्ड, अखण्ड, पहिचान, सामाथ्र्य, धर्म, संस्कृति, भाषा, विभिन्न आधिकारहरु आदिको मागमै देखिएका हुन् त्यी झिल्काहरु । कोहीलाई ६ प्रदेश ठीक छैन, कोहीलाई ठीक छ, कोहीले पहिलाकै पाँच विकास क्षेत्रनै प्रदेशको सिमाङ्कन गर्दा ठीक हुन्छ भनिरहको छन् । त कोही फेरि त्यस्तो भए यो त आगोको झिल्का मात्र देखिएको छ त्यस्तो (पहिलाको पाँच विकास क्षेत्र) भएमा देशमा डडेलो लाग्छ भनिरहेकाछन् ।
यसै संदर्भमा मुख्य राजनीतिक दलहरुको प्रमुख नेतहरु माझ धर्मको सवालमा अन्तरिम संविधानमानै उल्लेख गरिसकेको राज्य धर्म निरपेक्ष भन्ने शब्द हटाई धार्मिक सवतन्त्रता उल्लेख गर्ने वा त्यही निरपेक्ष भन्ने शब्द नै उल्लेख गर्ने भन्ने बहष, छलफल विवाद भईरहेका कुरा बाहिरा मिडियाहरुमा आईरहेका छन् । विशेष गरी एनेकपा माओवादीले धर्म निरपेक्षताको पक्षमा र नेपाली काँग्रेस तथा नेकपा एमालेले धार्मिक स्वतन्त्रता उल्लेख गर्नुपर्ने भन्ने पक्षमा धर्मको सवालमा विवाद भईरहेका, गरिरहेका देखिन्छन् । त्यही विवाद, बहष र छलफल देशभर भईरहदा राज्यलाई धर्मको सवालमा के उल्लेख गर्ने त ? धर्म भनेको के हो त ? राज्य धर्म निरपेक्षता किन ? राज्य धर्म निरपेक्षता भयो भने राज्यको धर्मप्रति भूमिका के ? धार्मिक स्वतन्त्रता राज्य भनेको के हो ? धार्मिक समानता राज्य भनेको के हो ? आदि प्रश्नहरुमा केन्द्रित भई मेरो विचार यस आलेखमा व्यक्त गरिएको छ ।
  
धर्म भनेको के हो ?

धर्म भनेको एउटा मानिसको आस्था हो, अनि विश्वास हो । तर त्यो मानिसहरुको धर्मप्रतिको विश्वास अन्धविश्वास पनि हुनसक्छ । धर्मलाई सकरात्मक, सिर्जनात्मक, प्रगतिशील र व्यवाहारिक तरिकाले विश्वास गर्नेले अनुशासन, नियम, रितिरिवाज वा परम्पराको रुपमा पनि बुझ्न सक्दछ, भने अन्धविश्वासको रुपमा बुझ्नेले अफिमको रुपमा पनि लिन सक्दछ धर्मलाई ।
  
धर्म भनेको समाजको एउटा सामाजिक संस्था हो मानवशास्त्री ‘ई.वी.टेलर’ “आध्यात्मिक अलौकिक शक्तिमाथि, पवित्र, अपवित्रताको भावना सहित सामाजिक क्रियाकलापको व्यवहारमा विश्वास गर्नु नै धर्म हो” भनी भन्दछन् । त्यसैगरि अर्का विद्घान ‘जे.मिल्टन यिङयर’ ले “धर्म आस्था र व्यवहारको एक पद्घति हो, जसद्घारा मानिसको एक समुह मानव जीवनका अत्यावश्यक समस्या सित जुध्छ” भनी धर्मको परिभाष दिन्छन् । समग्रमा धर्म एउटा समाजिक संस्कार हो । धर्मको सामाजिक संस्कार अनुरुप पनि समाजमा सामाजिकीकरणको प्रक्रिया विकास भएको हुन्छ । संस्कृति समाजका हरेक सामाजिक क्रियकलापसँग सम्बन्धित भएकाले संस्कृतिका अभौतिक वा अध्यात्मिक क्रियाकलाप धर्मसँग जोडिन्छन् । धर्मको सम्बन्धमा समाजशास्त्री धारणानुसार फरक फरक अबधारणहरु पनि छन् ।
संरचनागत प्रकार्यात्मक धारणअनुसार धर्मलाई मानिसको सर्वकालिन र प्राकृतिक गुणका रुप र समाजिकीकरण प्रक्रियामा एकिकरण, नियन्त्रण एवं एकताका रुप पनि मान्दछन् । प्रकार्यावादी समाजशास्त्री ‘इमाइल दुर्खिम’ का अनुसार “धर्म पवित्र बस्तुहरुसित सापेक्षीत विश्वास र व्यवहारहरुको एकिकृत व्यवस्था हो” भन्दछन् । भने अर्का प्रकार्यावादी विद्घान ‘मेलिनोस्की’ “धर्म विश्वास एवं कार्यप्रणालीको स्वरुप र व्यक्तिगत अनुभवका साथै समाजशास्त्रीय घटनाक्रम हो” भन्दछन् ।

फेरि द्घन्द्घात्मक भौतिकवादी अबधारणा राख्ने कार्लमाक्र्सले “धर्म भनेको अफिम हो, यसले कतिपयलाई लठ्याउछ भने कतिपयलाई मार्ने काम पनि गर्दछन्” भनी धर्मको परिभाषा दिन्छन् । यस धारणालाई माक्र्सवादी वा कम्युष्टि धारणा पनि भनिन्छ । यस धारणा अनुसार धर्म शोषण गर्ने भरपर्दो माध्यम हो । धर्मले समाजमा एकता नभै द्घन्द्घ, संघर्ष र विवाद पैदा गराउछ भन्छन् । यसै सन्दर्भमा अर्का माक्र्सवादी अवधारणका विद्घान ‘फ्रेडरिक एन्जेल्स’ ले “धर्म भनेको मानव कल्पनाको उपच हो । त्यस्तो परिकल्पनाले गर्दा समाजमा खास वर्ग (शाषक वर्ग) को नेतृत्व हुने गर्दछ । जसले शाषक वर्गको मात्रै हित गर्दछ अरु वर्गको वास्ता नै गर्दैन” भनी धर्मको परिभाषा दिन्छन् । 

राज्य धर्म निरपेक्षता किन ?

राज्य भनेको सबैको हो, तर कसैको पनि होइन । भनाईको मतलब राज्य सबै धर्म मान्नेहरुको हो । कुनै पनि एक धर्म वा धर्म मान्ने समुदायहरु वा नागरिकहरु वा जनताहरुको मात्र होइन । धर्मनिरपेक्षा राज्य भनेको राज्यले कुनैपनि धर्मलाई प्राथमिकता नदिई वा नगरी विल्कुलै निरपेक्ष वा तटस्थताको भूमिका निभाउनु हो । त्यसैले व्यवाहारिकतामा राज्य तटस्थता वा न्यूट्रल हुन्छ, हुनुपर्दछ । तटस्थता वा न्यूट्रल भनेको निरपेक्षता हो । धर्मलाई राज्यले सपेक्षतामा सोच्दैन निरपेक्षतामा नै सोच्दछ, सोच्नुपर्दछ ।
यद्यपी राज्यमा शाषन गर्ने जोकोहीको पनि कुनै न कुनै एउटा धर्म मान्नसक्छ, हुनसक्छ । तर राज्यको शाषाक वा कुनैपनि पदको हैसियतले राज्यलाई नै उसले मान्ने धर्म राज्य बनाउनु हुन्न । तथापि उनी वा तिनीहरु कुनै पनि धार्मिक समुदायमा हुर्केका बढेका हुनसक्छन, हुन्छन् । तर शाषक भएपछि उनी÷तिनीहरु साझा मानिस हुनुपर्दछ, अरु धेरै सवालहरुमा र विशेष त धर्मको सवालमा । किनकी धर्म भनेको मानिसको आस्था हो, जुन धेरैले वा थोरैले जतिले मानेपनि बराबर हुन्छ । त्यसैले राज्य धर्म निरपेक्षता हुँदा राम्रो । 

राज्य धर्म निरपेक्षता भयो भने राज्यको धर्मप्रति भूमिका के ?

खासमा सिद्घान्त त राज्य धर्म निरपेक्षता भयो भने धर्मप्रतिको उसको भूमिका तटस्थता नै हुन्छ । हुनुपर्ने त्यही हो । तर हाम्रो देश नेपालको सवालमा कुनै धर्मलाई धेरैमानिसहरुले मान्ने भएर उसलाई हाल राज्यले सहयोग, संबद्र्घन, संरक्षण र प्रबद्र्घन नै गर्नु नपर्ने स्थितिमा छ भने कुनैलाई गर्नुपर्ने स्थितिमा छ । त्यसो हुँदा कतै राज्य धर्म निरपेक्षता भयो भने त्यो सानो वा थोरै मानिसहरुले मान्ने धर्मलाई राज्यको तर्फबाट हुने सहयोग, संबद्र्घन, संरक्षण र प्रबद्र्घन नपाउन नी सकिन्छ । पाईन्दैन नै सिद्घान्त त । यद्यपी अन्तरिम संविधानमा धर्म निरपेक्षता उल्लेख गरेर पनि त्यस्तो स्थिति र क्रियाकलाप भने भएको वा देखिएको छैन आजको दिनसम्म पनि ।

यदि त्यसो हो भने त राज्यलाई धर्म निरपेक्षता भनेर संविधानमा उल्लेख गर्दा खसै केही नहुने भयो । हाल राज्यलाई संविधानमा धार्मिक स्वतन्त्रता भनेर उल्लेख गर्नुपर्ने भन्ने केहि पक्षले संविधानमा धर्म निरपेक्षता उल्लेख गर्दा राज्यले धर्मलाई वा कुनै पनि धर्म मान्ने समुदायहरु वा नागरिक वा जनताहरुलाई सहयोग, संबद्र्घन, संरक्षण र प्रबद्र्घन गर्न नपाउने पो होकी भन्ने डरले पनि धार्मिक स्वतन्त्रता उल्लेख गर्नुपर्दछ भनी भनिरहेका होलान् । तथापि धार्मिक स्वतन्त्रता राज्यलाई नभई राज्यमा बसोबास गर्ने नागरिक वा जनताहरुलाई चाहिने अधिकार हो । जसलाई मानव अधिकार पनि भन्न सकिन्छ । अनि राज्यले चाहि राज्यमा भएका वा मानेका सबै धर्म बराबर हो भनेर धार्मिक समानताको नीति अख्तियार गर्नुपर्ने हो र हुन्छ । त्यो हो खाट्टी धार्मिक समानता ।
  
धार्मिक स्वतन्त्रता राज्य भनेको के ?

धार्मिक स्वतन्त्रता राज्य भन्दा नी राज्यमा बसोबास गर्ने नागरिक वा जनताहरुलाई चाहिने अधिकार हो धार्मिक स्वतन्त्रता । धार्मिक स्वतन्त्रता राज्य होइन । फेरि धार्मिक स्वतन्त्रता धर्म निरपेक्ष भित्रकै एउटा बिशेषता भन्दा कुनै फरक नपर्ला । धर्म निरपेक्ष भित्रनै धार्मिक स्वतन्त्रताको अधिकार निहित हुन्छ । त्यसो हुँदा धार्मिक स्वतन्त्रता राज्य भन्दानी राज्यमा बसोबास गर्ने धार्मिक समुदाय, वा नागरिक वा जनताहरु धर्म मान्ने वा नमान्ने सवालमा धार्मिक स्वतन्त्रता हुनुपर्दछ । 

धार्मिक समानता राज्य भनेको के हो ?

धर्मको सवालमा राज्यले वा राज्यमा शाषन गर्ने शाषकहरुले निभाउनु पर्ने भुमिका हो धार्मिक समानता भनेको । सबै धार्मिक सुमदायलाइ राज्यले वा राज्यमा शाषन गर्ने नागरिक वा व्यक्तिहरुले राज्यमा मान्ने वा भएका विभिन्न धर्महरु सबै समान हुन् भनेर व्यवाहर गर्नुपर्दछ । नीति बनाउनु पर्दछ । त्यही नीति अख्तियार गर्नुपर्दछ राज्यले वा राज्यमा शाषन गर्ने शाषकहरुले । धार्मिक समानता राज्य भनेको त्यही हो । खासमा राज्य सबै धर्म समानता हो भन्ने खालको हुनुपर्दछ । किनभने राज्यमा प्रायः एकै धर्म मान्ने समुदाय, नागरिक वा जनताहरु हुन्नन् ।

उपसंहार

धर्म भेनेको आस्था हो । विश्वास हो । अनि अन्धविश्वास पनि हो । राज्यको कुनै धर्म हुन्न । राज्यमा बस्ने जनता वा नागरिक वा जनताहरुले आस्थाको आधारमा विभिन्न धर्म मध्येकै एक धर्म मान्ने हो । त्यसमा पनि संसारमा दुई वटा दर्शन हुन्छन् । पहिलो दर्शन धर्म नमान्ने अर्थात नास्तिकवाद हो, भने दोस्रो धर्म मान्ने अर्थात आस्तिकवाद हो । पहिलोलाई ऐतिहासिक द्घन्द्घात्मक भौतिवाद पनि भन्न सकिन्छ भने दोस्रोलाई आध्यात्मिकवाद । यसलाई अलि निरपेक्षतामा भन्ने हो भने पहिलोले भगवानप्रति विश्वास गदैन भने दोस्रोले भगवानप्रति विश्वास गर्दछ । पहिलोले भौतिवाद अर्थात पदार्थ नै यस धर्तिमा प्रथम उत्पति वा पदारपन भएको हो भन्नेमा विश्वास गर्दछ, भने दोस्रो आध्यात्मिकवादले अर्थात आस्तिकवादले होइन चेतना नै यस धर्मिमा प्रथम उत्पति वा पदारपन भएको हो भन्दछन् । त्यसोहुँदा भौतिकवादसँग नजिक नहुने वा विश्वास नगर्नेहरु आध्यात्मिकवादसँग नजिक हुन्छन् । उनीहरुले धर्ममा विश्वास गर्दछन् । उनीहरु ऐतिहासिक द्घन्द्घात्मक भौतिकवादी वा नास्तिकवाद दर्शन नबोकेका पार्टीभन्दा बेग्लै पार्टीमा आबद्घता हुन्छन् । अर्थात नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीभन्दा बेग्लै पार्टीमा आबद्घता हुन्छन्, किनभने कम्युनिष्ट पार्टीको दर्शन नै ऐतिहासिक द्घन्द्घात्मक भौतिकवादी वा नास्तिकवाद हो ।

किन मैले यो सन्दर्भ जोडिएको भने खासमा आस्तिक वा आध्यात्मिकवादीहरु त धर्म मान्ने नै भए, धर्मको विषयमा चासो लिने नै भए । तर आजकल ऐतिहासिक द्घन्द्घात्मक भौतिकवादी वा नास्तिकवाद दर्शनमा विश्वास गर्ने केहिव्यक्तिहरु समेत धर्ममा विश्वास गरी धर्मको विषयमा बढी चासो लिएको वा गरेको देख्दा पो उदेक लागिरहेको छ । त्यसको कारण कि त उनीहरुले÷लाई कम्युनिष्ट दर्शन नबुझिकनै÷नबुझाईकनै कम्युनिष्ट पार्टीमा लागे÷लगाईए, कि त बुझेरै पनि नबुझिएको जस्तो गरी बुझपचाई रहेका छन् । कि त एउटै दर्शनलाई एउटा पक्ष (जो भौतिकवादी भएर पनि धर्मलाई धेरै महत्व दिनेहरु वा धर्म सापेक्ष पक्षधर, गाईलाई राष्ट्रिय जनवार हुनपर्दछ भन्नेहरु) लाई एक तरिकाले प्रशिक्षण÷बुझाईएको र एउटा पक्ष (जो भौतिकवादी भएर पनि धर्मलाई महत्व नदिनेहरु वा धर्म निरपेक्ष पक्षधरहरु) लाई अर्को तरिकाले प्रशिक्षण÷बुझाईएको, दिईएको हुनुपर्दछ । नत्र किन एउटै दर्शन मानेका, विश्वास गरेकाहरु धर्मका सवालमा फरक फरक विचारहरु राख्छन् आउँछन् त ?

हिजोदेखिनै यसमा केही षडयन्त्रहरु कतै लुकेको त छैन ? मनमा आसंख आउनु स्वभाविकै हो । त्यसैले राज्य धर्म निरपेक्ष हुनुनै बेस हुन्छ । यदि राज्यमा एउटैमात्र धर्म मान्ने समुदाय वा नागरिक वा जनताहरु मात्र छन् भने मात्र एक धर्मको राज्य हो, भन्न सुहाउछ । नत्र कदापी सुहादैन फेरि संसारमा धर्म निरपेक्ष भएका राज्य वा देशहरु नै धरै छन् नी कसो ? सबैलाई चेतना भया । 

0 comments

Write Down Your Responses