हाम्रो शिक्षा नीतिमै समस्या छ
डा.रामहरि लामिछाने, सदस्य सचिव, सीटीईभीटी |
२०७० बैशाख १५ गते सदस्य सचिवका रुपमा कार्यभार प्राविधीक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटीइभीटी सम्हालेका लामिछाने ०४६ साल चैतमा लेखा अधिकृतबाट सीटीईभीटीमा प्रवेश गरेका हुन् । मकवानपुर चित्लाङका लामिछानेसँग प्रशिक्षक, प्रमुख प्रशिक्षक हुँदै निर्देशक भएको अनुभव छ । काठमाण्डु विश्वविद्यालयबाट गरिव तथा विपन्न बर्गको प्राविधिक शिक्षामा पहुँच विषयमा विद्याबारिधि गरेका उनले अमेरिकाबाट एजुकेशन प्लानिङ् एण्ड पोलिसीमा प्रोफेसनल कोर्ष समेत गरेका छन् । उनी मुलुकमा रहेका थोरै प्राविधीक तथा व्यवसायीक शिक्षाका ज्ञाता मध्येमा पर्छन । प्रस्तुत छ उनले परिषद सम्हालेपछिका चुनौती र नयाँ योजनाबारे उनीसंग गरिएको कुराकानीः
सीटीईभीटीले अहिले के गरिरहेको छ ?
हामीले मुख्य गरी ४ वटा काम गर्छौं । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा सरकारलाई नीतिहरू परिवर्तन गर्न, नीति निर्माण गर्न, नयाँ नयाँ परियोजनाहरूको पहिचान र विकास गर्न र तथा कार्यान्वयनमा सहयोग गर्ने गर्छौ । दोस्रो काम भनेको एकमहिने अवधिदेखि १ वर्षसम्मका विभिन्न व्यावसायिक तालिम देशैभरि सञ्चालन गर्ने, टीएसएलसी तथा डिप्लोमा तहका कोर्सहरू सञ्चालन गर्ने र आफैंले औपचारिक तथा अनौपचारिक रूपमा सिकेका सीपहरूलाई परीक्षण गरेर प्रमाणित गर्ने काम पनि सीटीईभीटीले गर्दै आएको छ ।
जसको परिणाम स्वरुप २०५० सालमा जम्मा ६–७ वटा टेक्निकल स्कुल भएको नेपालमा अहिले सरकारी तहमा झन्डै ४० वटा स्कुल सामुदायिक विद्यालयहरूमा ७५ वटा स्कुल र प्राइभेट सेक्टरमा झन्डै ५ सय वटा प्राविधिक शिक्षालय नेपालभरि छन् । त्यसकारण अहिले सीटीईभीटीको नेटवर्क भनेको ज्यादै ठूलो छ । किनभने विभिन्न तहमा गरेर वर्षमा झन्डै १ लाख ग्र्याजुएट्सहरू उत्पादन हुन्छन् ।
तालिम दिएजति सबैले रोजगारी पाएका छन्् त ? त्यसको अध्ययन गर्नुभएको छ कि छैन ?
त्यसको बेलाबेलामा हामीले ट्रेसर स्टडीहरू गरेका छौं । अहिले हेर्दा छोटो अवधिको प्राविधिक तालिममा लगभग ६० प्रतिशतले रोजगारी गरेका छन् । चाहे त्यो सेल्फ इम्प्लोएमेन्ट वा वेज इम्प्लोएमेन्ट जे होस् । र, टीएसएलसी तथा डिप्लोमा तहको कुरा गर्ने हो भने रोजगारीको प्रतिशत ८० प्रतिशतभन्दा माथि छ । तर, अहिले आएर अरू विषयमा रोजगारीको अवस्था एकदम राम्रो देखियो भने नर्सिङमा रोजगारी घटिरहेको छ । यो इन्ट्रेस्टिङ विषय छ ।
किन यस्तो भइरहेको होला ?
नेपालको बजारमा नर्सिङ रोजगारी घटिरहेको छ तर पढ्न आउने डिमान्ड चाहि“ बढिरहेको छ । तपाईंले भर्खरै हेर्नुभयो ३०–४० हजार नर्सले सडकमा जुलुस गरे । ‘२ वर्षदेखि भोलेन्टियर छौं । तलब पाएन, पा“च हजारमा, २ हजारमा काम गरिरहनुपरेको छ’ भन्ने उनीहरूको गुनासो थियो । त्यत्रो खर्च गरेर पढेका थिए । बजारले एब्जर्ब गर्ने क्यापासिटी भन्दा उत्पादन बढी भएर यो समस्या आएको हो । हामी प्रोडक्सन रोक्न खोज्छौं तर मार्केट मान्दै मान्दैन । तर, अधिकांश पढ्न आउनेहरू विदेश जाने चाहनाले पनि पढ्न आएका छन् । नर्सिङको नेपालको श्रम बजारमा भर्खर ८–१० वर्षपछि पहिलोचोटि लोकसेवाले यो साल नर्सको भर्ना लियो । नत्र मागेकै थिएन । प्राइभेट हस्पिटलमा सा“च्चै भन्ने हो भने श्रम शोषण छ नर्सका लागि । किनभने एक वर्षसम्म त उनीहरूले भोलिन्टियर नै गरेर बस्नुपर्छ ।
एक वर्षपछि सामान्यतया ५–८ वा दस हजार रुपिया“मा काम लगाउ“छन् । हुन त वेल स्टाबलिस्ड हस्पिटलले त राम्रै तलब पनि दिएका छन् । तर, नर्सिङ पेसामा अहिले बढी उत्पादन भएको कारणले शोषण छ । अनमी माग्या ठाँमा स्टाफ नर्सले आवेदन दिइरहेका छन् । स्टाफ नर्स मागेको ठाँउमा बीएनले एमएनले आवेदन हालिरहेका छन् । त्यसकारण नर्सिङ ग्र्याजुएटहरू चाहि मार्केटमा धेरै तर तिनीहरूको जब एकदम कम छ । तर, अन्य क्षेत्रमा भने प्राविधिक पढाइको जागिर एकदम राम्रो छ ।
अहिले सीटीईभीटीको समस्या र चुनौतीहरू के देखिएको छ ?
अहिले पहिलो कुरा त दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा फैलाउनका लागि हाम्रो काम केन्द्रित भएको छ । र, पिछडिएको वर्गलाई यो क्षेत्रमा पहु“च बढाउन हामीलाई कठिन भएको छ । किनकि साधन स्रोतको परिचालनमा समस्या छ । एकातिर अब नीति र कार्यक्रमहरूले प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको छ भनिएको छ तर बजेट त्यति आइरहेको छैन । सीटीईभीटीले दूरदराजमा प्राविधिक शिक्षा र व्यावसायिक तालिम दिने चाहना छ तर राज्यबाट बजेट नआएपछि त्यो तहमा दिन सक्दैन । त्यसकारण कहिलेकाही“ सीटीईभीटीलाई आरोप पनि लाग्छ प्राइभेट क्षेत्रमा बढी गयो भनेर । सरकारले दुर्गम पिछडिएको क्षेत्रलाई चाहि“ जसरी पनि कम्तीमा पनि पढाउन दिने भनेर बजेट दियो भने त प्राइभेट क्षेत्रमा धेरै जा“दै जा“दैन नि †
कार्यक्रममा भन्ने तर पर्याप्त बजेट नदिने गरेपछि त समस्या हुन्छ नि ? त्यसैले साधान–स्रोतको पहिलो समस्या छ भने दोस्रोमा टेक्नोलोजीको परिवर्तन स“गस“गै हामीले हाम्रा पाठ्यक्रमहरू, हाम्रा ल्याबहरू र हाम्रा टेक्निकल स्कुलको इक्विपमेन्टहरू परिवर्तन गर्न सक्या छैनौं । जसले गर्दा कता–कता डिमान्ड र सप्लाइको ग्याप भएको छ ।
त्यस्तै, दुर्गम क्षेत्रका प्राविधिक शिक्षालयमा योग्य प्रशिक्षकहरूलाई लान सकिएको छैन । अहिले जुम्लामा योग्य इन्जिनियर एग्रिकल्चरको बीएससी, एमएस्सी ग¥या शिक्षकहरूलाई राख्नुप¥यो भने ठूलो कठिनाइ छ । एकदम हाई टर्न ओभर छ । किनभने सहरी क्षेत्रमा नै उहा“हरूको जब अपच्र्युनिटी धेरै भएको हुनाले दुर्गम क्षेत्रमा प्रशिक्षक जानै मान्दैनन् । अर्को सीटीईभीटीले भन्दा पनि राज्यले ध्यान दिनुपर्ने कुरा क्वालिफाइड स्किल वर्करलाई राज्यले देशमा राख्न सकेको नै छैन । उनीहरू बजारमा आएका छैनन् । बाहिर गइरहेका छन् ।
तपाईं सदस्य–सचिव भएर आएपछि गरेका कामहरू के–के हुन् ?
अबको ४–५ वर्षमा राष्ट्रिय व्यावसायिक योग्यताका ढा“चाले हरेक प्राविधिक शिक्षा मापन गर्ने फ्रेमवर्क बनाउने तयारीमा छौं । हामीले स्विस विकास सहयोग नियोगस“ग त्यो काम गर्दैछौं । त्यसैगरी, विभिन्न नया“ परियोजनाहरू चलिरहेको छ । एडीबी, वल्र्ड बैंक, इयूस“ग पनि मिलेर हामीले धेरै नया“ कामहरू गर्दैछौं । सात वर्षदेखि कर्मचारी पदपूर्ति थिएन पहिलोचोटि प्रथम चरणमा पदपूर्ति ग¥यौं ।
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई किन मतलब नदिएको होला ?
नेपालको समाजले अझै पनि सीपमूलक अर्थात् गरिखाने शिक्षालाई दोस्रो दर्जामा राखेको पाइन्छ । आम नागरिक युवा र अभिभावकहरूले बेसिक तहको विद्यालय शिक्षापछि प्राविधिक तथा व्यावसायिक शिक्षा छान्नुप¥यो र त्यही विषय पढ्नुप¥यो । अर्थशास्त्र, अंग्रेजी विषय पढ्यो । त्यसमा अब्बल हुन्छ भने क्रिम अफ द क्रिमले मात्र एकेडेमिक क्षेत्रमा जाने हो । त्यसबाहेक सतही पढ्नेहरू प्राविधिकतिर लाग्नुपर्छ । बीए, एमए पढें भनेर मात्र हु“दैन । एमए गरेर ३ महिनाको व्यावसायिक तालिम लिन आउने परिपाटी छ । त्योभन्दा एसएलसीपछि आफ्नो योग्यता राम्रो भएन भने प्राविधिक शिक्षातर्फ मोडिनु पर्छ ।
हाम्रो सन्दर्भमा करिकुलमको समस्या छ, सिंगो शिक्षा नीतिमै समस्या छ । बेरोजगार उत्पादन गर्ने युनिभर्सिटी डिग्रीमा होइन, प्राविधिक शिक्षामा जोड दिऔं । समाजले हेर्ने दृष्टिकोण पनि अब्बल दर्जामा राखिनुप¥यो । एउटा मोटर ग्यारेजमा काम गर्ने मेकानिक्सले अहिले महिनाको १ लाख कमाउँछ तर अर्को एमए गरेको बेरोजगार छ भने हाम्रो समाजमा छोरी दिनुप¥यो भने प्राविधिकलाई होइन, एमएम पढेको बेरोजगारलाई छान्छौं । त्यसो भएकाले समाजको दृष्टिकोणमा परिवर्तन ल्याउनुप¥यो ।
0 comments
Write Down Your Responses